Home / ट्रेन्डिङ्ग / दमकको हिमाविलाई नमुना बिद्यालय बनाउन आएको डेढ करोड रुपैयाँमा चलखेल गर्न प्रधान अध्यापक परिवर्तन गरेको आरोप

दमकको हिमाविलाई नमुना बिद्यालय बनाउन आएको डेढ करोड रुपैयाँमा चलखेल गर्न प्रधान अध्यापक परिवर्तन गरेको आरोप

सप्तरङ्गी एफ.एम.दमक/माघ ८/
दमक –२ मा रहेको नमुना विद्यालय हिमालय माविमा प्रधानाध्यापक नियुक्ति विवादित बनेको छ । जनप्रतिनिधि र शिक्षा अधिकारीहरुले संविधानको मर्म र भावना विपरीत कार्यरत प्रधानाध्यापक विष्णुकान्त झालाई हटाएर नयाँ प्रधानाध्यापकको रुपमा ओमप्रसाद आचार्यलाई हिँजो नियुक्त गरे पछि उक्त निर्णय विवादित बनेको हो ।
नगरपालिकाले केहि महिना अघि जारी गरेको नगर शिक्षा नियमावली त्रुटीपूर्ण र संविधानको भावना विपरित रहेको जिकिरसहित स्थानीय सरकार (नगरपालिका)का विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तत्काल सो ऐन कार्यान्वयन नगर्न आदेश भएकै अवस्थामा सोहि नियमावली अनुसार व्यवस्थापन समितिको हैसियतमा नमुना विद्यालय निर्देशिका अनुसार भन्दै प्रधानाध्यापक नियुक्ति गरेको आरोप लागेको छ । सो बिषयमा कार्यरत प्रधानाध्यापक विष्णुकान्त झाले तिव्र असन्तुष्टि सार्वजनिक गर्नु भएको छ । उहाँले नमुना बिद्यालयको लागी करोडौं रकम आएकोले उक्त रकम हिनामिना गर्न आफु आफुले नसघाउने भएकोले बर्खास्त गरिएको आरोप लगाउनु भयो । त्यसैगरी नेपाल शिक्षक संघ र नेपाल शिक्षक महासंघका स्थानीय नेतृत्व समेतले नयाँ प्रधानाध्यापक नियुक्तीको प्रकृया त्रुटीपूर्ण रहेको जिकिर गरेका छन् ।
नेपाल शिक्षक महासंघका केन्द्रिय प्रतिनिधि प्रकाश भण्डारीले संघ र प्रदेश सरकारले शिक्षा ऐन जारी नगरी सकेको अवस्थामा मुलुकमा शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ जिवितै रहने भएकाले सो ऐन र नियमावली विपरित प्रधानाध्यापकको बदर वा नियुक्ति कानुन विपरीत हुने तर्क गर्नु भयो ।
नेपाल शिक्षक संघका जिल्ला सहसचिव कुमार खतिवडाले दमक नगरपालिकालाई विपक्षी बनाएर अदालतमा गरिएको रिटमाथिको सुनुवाई माघ ९ गतेका लागि तोकिएको अवस्थामा एकाएक दुई दिन अघि मात्रै नियोजित ढंगबाट प्रधानाध्यापक नियुक्तीका लागि मुल्याङकन समितिले परीक्षाको बहानामा झालाई अनुत्तिर्ण गराएको आरोप लगाउनु भयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...