Home / ट्रेन्डिङ्ग / हिमावि दमकमा प्रधान अध्यापक बर्खास्त र नियुक्तिको बिरोध गर्दै २२ जना शिक्षक द्वारा कक्षा बहिस्कार

हिमावि दमकमा प्रधान अध्यापक बर्खास्त र नियुक्तिको बिरोध गर्दै २२ जना शिक्षक द्वारा कक्षा बहिस्कार

सप्तरङ्गी एफ.एम. दमक/माघ ८/
दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयका प्रधान अध्यापक बिष्णुकान्त झालाई बिना कारण बर्खास्त गरिएको भन्दै उक्त बिद्यालयका शिक्षकहरुले आज कक्षा बहिस्कार गरेका छन् । प्रधान अध्यापक जस्तो म¥र्यादित व्यक्तिलाई बिना कारण बर्खास्त गरेर आफ्नो कार्यकर्ता नियुक्ति गरेको भन्दै हिमाविमा कार्यरत २२ जना शिक्षकले कक्षा बहिस्कार गरेको बिद्यालयका शिक्षक प्रकाश भण्डारीले जानकारी दिनुभयो । मुलुककै उत्कृष्ट बिद्यालयको गुणस्तर खस्काउन निजिबिद्यालय सञ्चालकहरुको योजना बमोजि नगरपालीकाले काम गरेको शिक्षकहरुले आरोप लगाएका छन् । बिद्यालयका प्रधानाध्यापक विष्णुकान्त झालाई काम चलाउ व्यवस्थापन समितिले हिँजो पदबाट हटाएर ओमप्रसाद आचार्यलाई प्रधान अध्यापक नियुक्त गरेको थियो ।
कांग्रेस क्षेत्रीय समिति र नगर समितिले प्रधान अध्यापक झालाई अपमान हुने गरि राजनीतिक आस्थाका आधारमा हटाईएको भन्दै निर्णय सच्याँउन सात दिने अल्टिमेटम दिएका छन् ।
झालाई जिम्मेवारीवाट हटाउनुको कारण खुलाईएको छैन् । यद्यपि दलीय आस्थाका आधारमा कार्यरत प्रअ झालाई हटाएको हुन सक्ने शिक्षा सरोकारवालाहरुले अनुमान गरेका छन् । कांग्रेस संग निकट रहेका झालाई हटाएर नेकपा निकट आचार्यलाई नियुक्त गरिएको हो ।
दलिय आस्था फरक भएकै आधारमा प्रअ झालाई हटाउन यसअघि समेत असफल प्रयास भएका थिए ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...