Home / ताजा समाचार / तेह्रथुमको बसन्तपुरमा आगलागी ,डेढ करोड बढीको क्षति, तीन घर नष्ट

तेह्रथुमको बसन्तपुरमा आगलागी ,डेढ करोड बढीको क्षति, तीन घर नष्ट

तेह्रथुम / ११ माघ २०७५ – तेह्रथुमको लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुर बजारमा बिहीबार आगलागी हुँदा डेढ करोड रुपैयाँ बढीको क्षति भएको छ ।
आगो निभाउने क्रममा एक व्यक्ति घाइते भएका छन् ।

लालीगुराँस नगरपालिका–२ को मध्यबजारमा भएको आगलागीबाट लालबहादुर याख्खाको ढुंगामाटोको गाह्रो र जस्ताको छानो भएको दुईतले घर पूर्ण रुपमा नष्ट भएको छ । 

आगो नियन्त्रणका क्रममा छिमेकी रेनुका गुरुङ र फुलमाया गुरुङको घरमासमेत क्षति पुगेको छ भने स्थानीय ५० वर्षीय गोपाल गुरुङ घाइते हुनुभएको छ । उहाँको स्थानीय बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको नगरप्रमुख अर्जुन माबोहाङले बताउनुभयो । 

साँझ करिब पौने पाँच बजे मकलमा आगो तापेर बसेका व्यापारी छेतेन शाहको पसलबाट आगो निस्किएको थियो । 

पेट्रोल र ग्याँसको समेत व्यापार गर्ने शाहको पसलमा मकलको आगो भूइँमा पर्दा आगो सल्किएको र आगलागी भएको प्रहरीले जनाएको छ । 

नगरपालिकाको केन्द्रमै भए पनि समयमा दमकल नआएपछि स्थानीयवासीले सडकमा रहेको खानेपानीको पाइप फुटाएर आगो नियन्त्रणमा सक्रियता देखाएका कारण ठूलो क्षति  जोगियो । 

पछि दमकल र स्थानीयवासी तथा प्रहरीको सक्रियतामा करिब छ बजे आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ । 

उज्यालो बाट –

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...