Home / ताजा समाचार / दमकको मेचि सहकारी संस्थाद्वारा आफ्ना सदस्यहरुलाई सदस्य शिक्षा कार्यक्रम

दमकको मेचि सहकारी संस्थाद्वारा आफ्ना सदस्यहरुलाई सदस्य शिक्षा कार्यक्रम

सप्तरङ्गी एफ.एम.दमक / माघ ११ , २०७५
दमकको मेचि सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई सदस्य शिक्षा कार्यक्रम सुरु गरेको छ ।संस्थाको बिस दिने बार्षिक कार्यक्रम अन्तर्गत पेशा र व्यवसायको आधारमा बर्गिकरण गरिएका सहकारीका सदस्यहरुको लागि शुक्रबारदेखी आगामी २० गते सम्म सदस्य शिक्षा कार्यक्र सुरु गरिएको सहकारीका व्यवस्थापक खोम प्रसाद बगालेले जानकारी दिनुभयो ।

आज सहकारीका व्यवसायी सदस्यहरुको लागि शिक्षा दिईएको छ । बिभिन्न ब्यापार व्यवसायमा संलग्न सदस्यहरुलाई आज सहकारी शिक्षा दिईएको हो । सहकारीले ११ , १७ ,१८ र २० गते व्यापारीका लागि १२ ,१६ र १९ गते कर्मचारीहरुका लागि १३,१४ र १५ गते कृषक सदस्यका लागि सदस्य शिक्षाको आयोजना गरिएको व्यवस्थापक बगालेले जानकारी दिनुभयो

व्यवस्थापक खोम प्रसाद बगाले,सहकारीका सूचना बिभाग प्रमुख चन्द्र थापा र शिक्षा तथा सदस्य छनौट उपसमिति सदस्य रुद्रबहादुर तामाङले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । सहकारीको सभाहलमा भएको कार्यक्रममा तिन सय २० जना व्यवसायी सदस्यहरु उपस्थित भएको सहकारीका सचिव लक्ष्मि प्रसाद दाहालले जानकारी दिनुभयो

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...