Home / ताजा समाचार / ४ सय जेष्ठ भूटानीलाई ज्याकेट वितरण

४ सय जेष्ठ भूटानीलाई ज्याकेट वितरण

सप्तरंगी एफएम / ११ माघ २०७५

तेस्रो मुलुकमा रहेका भूटानीबाट जेष्ठ नागरिक भूटानी शरणार्थीलाई आज ज्याकेट वितरण गरिएको छ । तेस्रो मुलुक पूनर्वास भएका शरणार्थीहरुले संकलन गरेको रकमबाट ४ सय जना शरणार्थीलाई बृद्धबृद्धालाई ज्याकेट वितरण गरिएको शिविर सचीव चम्पासिंह राईले बताउनु भयो । इन्टर नेशलन होम केयर एलएलसी, एमेरीकेयर,गौतम् इन्सुरेन्स एजेन्सी लगायतका संस्थाले भूटानी समूदायबाट संकलन गरेको रकमबाट जाडोमा लगाउने ज्याकेट वितरण गरेको बताइएको छ ।

ज्याकेट शरणार्थी शिविरमा बस्ने ६५ बर्ष देखि माथि रहेका बृद्धबृद्धालाई वितरण गरिएको शिविर सचीव टिकाराम रसाइलीले बताउनु भयो । रसाईलीले कार्यक्रममा दाता भूटानीहरुलाई धन्यवाद दिँदै स्वास्थ्य र शिक्षामा धेरै समस्या भएकोले यस प्रति सहयोग गर्न आग्रह समेत गर्नु भयो ।

यस अघि पथरी शनिश्चरेका ८० जना बृद्धबृद्धालाई वितरण गरिएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । जाडोमा ज्याकेट थाप्दै जेष्ठ नागरिक भूटानी शरणार्थीले दाताहरुलाई धन्यवाद समेत दिएका छन् ।

शरणार्थी शिविरमा दातृ निकायले दिँदै आएको राहत कटौती भए पछि पछिल्लो समय तेस्रो मुलुकमा रहेका शरणार्थीहरुले जोखिममा रहेका शरणार्थीका लागि शिक्षा, खाद्यन्य, लताकपडा समेतमा सहयोग पुरयाउँदै आएका छन् ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...