Home / ट्रेन्डिङ्ग / माफियामुखि चिकित्सा शिक्षा बिधेयक ल्याएको भन्दै प्रधानमन्त्रीको गृहनगर दमकमा बिद्यार्थिहरुको प्रदर्शन

माफियामुखि चिकित्सा शिक्षा बिधेयक ल्याएको भन्दै प्रधानमन्त्रीको गृहनगर दमकमा बिद्यार्थिहरुको प्रदर्शन

सप्तरङ्गी एफ.एम.दमक/माघ १३/
माफियामुखि चिकित्सा बिधेयक ल्याएको भन्दै प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा बिद्यार्थिहरुले प्रदर्शन गरेका छन् । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी संगको सहमति बिपरित मेडिकल माफियालाई फाईदा पुग्ने गरी सरकारले बिधेयक पारित गरेको भन्दै दमकमा बिद्यार्थिहरुले प्रदर्शन गरेका हुन् ।
वर्तमान केपि ओलि नेतृत्वको सरकार विरुद्ध र अनसनरत सत्याग्रही डा. गोबिन्द केसीको जीवन रक्षाका लागी नेपाल विद्यार्थी संघको अगुवाईमा विरोध कायर्क्रम भएको कार्यक्रम संयोजक भवानी काफ्लेले जानकारी दिनुभयो ।
दमकको मुख्य गणतन्त्र चोकमा भेला भएका बिद्यार्थीहरुले सरकार बिरुद्ध चर्का नरा लगाउँदै प्रदर्शन गरेकाछन् । प्लेकार्ड सहित दमक चौकमा भेला भएका बिद्यार्थिहरुले गोविन्द केसीको जिवन रक्षा र नागरिकमुखी बिधेयक ल्याउन माग गर्दै प्रदर्शन गरेका हुन् । दमकको कार्यक्रममा ने वि संघ झापाका कोषाध्यक्ष नवराज ढकाल, बिधाथिँ नेता सहदेव भट्टराई, दमक क्याम्पसमा का सभापति द्रोण दाहाल,सचिब योग बहादुर खड्का सहित अन्य बिद्यार्थिहरुको उपस्थिति रहेको थियो ।
नेविसंघ झापाले जिल्लाका काँकडभिट्टा, चारआली, बुधबारे, दुधे, कचनालबल, दमक लगायत बिभिन्न ठाँउहरुमा आज बिरोध प्रर्दशन गरेको कार्यक्रम सम्योजक भवानी काफ्लेले जानकारी दिनुभयो ।
नेविसंघ जिल्ला सभापति राजेन्द्र उप्रेती का अनुसार संघ आगामी दिनमा अझ सशक्त ढंगबाट आन्दोलन अगाडि बढाउने योजना बनाएको छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...