Home / ताजा समाचार / भूटानी शरणार्थी शिविर वेलडाँगीमा आगलागी हुँदा १२ घर जलेर नष्ट

भूटानी शरणार्थी शिविर वेलडाँगीमा आगलागी हुँदा १२ घर जलेर नष्ट

सप्तरंगी एफएम , १४ माघ २०७५ / डिकेश लामा

झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा आगलागी हुँदा १२ वटा घर नष्ट भएका छन् । आइतबार अरान्ह ४ बजे तिर आगलागी हुँदा ७ वटा घर पूर्णरुपमा खरानी भएका छन् भने अन्य ५ वटा घर आगो नियन्त्रणका क्रममा भत्काइएको छ । 
बेलडाँगी २ को सेक्टर बी/४ घर नम्बर १०२ र ३ को अनिता सुब्बाको घरबाट मान्छे नभएको अवस्थामा एक्कासी आगलागी शुरु भएको शिविर व्यवस्थापन समितिका सचीव टिकाराम रसाइलीले बताउनु भयो । आगलागीबारे कारण भने खुल्न सकेको छैन । आगलागीबाट मानवीय क्षति भने नभएको स्थानीय शसस्त्र प्रहरी सुरक्षा वेश वेलडाँगीले जानकारी दिएको छ । 
दमकबाट गएको दमकल, प्रहरी र स्थानीय


बासिन्दाले झण्डै २ घन्टा पछि आगोलाई नियन्त्रणमा लिएको शसस्त्र प्रहरी निरीक्षक दिनेश आचार्यले बताउनु भयो । आगलागीबाट १ घर अशक्त भूटानीका ५ परिवार सहित ३० जना विचल्नीमा परेका छन् । आगलागीबाट भएको क्षति विवरण भने आउन बाँकी रहेको प्रहरी चौकी बाघखोरले जानकारी दिएको छ । 
आगलागीबाट विस्थापितलाई आम्दाको हलमा व्यवस्थापन गरिने तयारी थालिएको शरणार्थी दातृ निकाय यूएनएचसीआरले जानकारी दिएको छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...