Home / ताजा समाचार / गौरादहमा हाड जोर्नी तथा नशा रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर

गौरादहमा हाड जोर्नी तथा नशा रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर

सप्तरङ्गी एफ.एम.दमक/ माघ १५ , २०७५
झापाको गौरादहमा हाड जोर्नी तथा नशा रोग सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । गौरादह स्वास्थ्य चौकी भवनमा सञ्चालन गरिएको शिविरमा नगरपालिका भित्रका ४१५ जना बिरामीहरुले स्वास्थ्य परिक्षण गराएका छन् ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौं, नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापा शाखा, रोटरी क्लब अफ भद्रपुरको आयोजना तथा नमस्ते बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा सञ्चालन गरिएको शिविरमा अधिकांश महिलाहरु स्वास्थ्य परिक्षण गराउन आएका थिए ।

शिविरमा बिरामीहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै औषधी समेत निशुल्क वितरण गरिएको नमस्ते सहकारीका उपाध्यक्ष पूण्य सिग्देलले जानकारी दिनुभयो । शिविरमा डा.युवराज खरेल, डा.समिर कार्की, डा.अनिष ज्ञवाली, डा.क्षितिज गड्तौला सहितको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो भने स्थानीय स्वास्थ्यकर्मीको टोलीले सहयोग गरेको थियो । शिविरमा अधिकांश ढाड, घुंडा, कुम, हात र कुहिना दुख्ने समस्याका बिरामीहरु बढि भेटिएको डा.खरेलले जानकारी दिनुभयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...