Home / मनोरञ्जन / चलचित्र ‘सयकडा दश’ यहि माघ १८ गते बाट देशभरका हलहरुमा प्रदर्शनमा आउने

चलचित्र ‘सयकडा दश’ यहि माघ १८ गते बाट देशभरका हलहरुमा प्रदर्शनमा आउने

सप्तरङ्गी एफ.एम.दमक / माघ १५ , २०७५ 
भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको चलचित्र ‘सयकडा दश’ आगामी माघ १८ गते बाट देशभरका हलहरुमा प्रदर्शनमा आउने भएको छ । रामशरण पाठकको निर्देशनमा बनेको चलचित्रको प्रचारको लागी कलाकार र निर्माण टोली पुर्व आएको छ ।

दमका मंगलबार बिहान पत्रकार भेटघाट गर्दै चलचित्रका निर्देशक पाठकले भ्रष्टारलाई निर्मुल गर्न प्रेम आवस्यक छ भन्ने मुख्य बिषय रहेको चलचित्रले समाजमा सकारात्मक सन्देश दिने दाबी गर्नु भयो । चलचित्रको शीर्ष भूमिकामा कलाकार मनोज गजुरेलको अभिनय रहेको छ ।

नेपालकै नम्बर १ स्ट्यान्डअप कमेडियन गजुरेलले आफुलाई चलचित्रको बिषय बस्तु मन परेकालेनै अभिनय गरेको बताउनु भयो । आफु स्टेजको माध्यमबाट राजनिति र समाजलाई सुधार गर्न लागिरहेको बेल आफ्नो अभियान संग मिल्ने चलचित्रबाट प्रस्ताव आएकोले अभिनय गरेको गजुरेलले बताउनु भयो । बागमती सफाइ अभियन्ता र अध्यात्म क्षेत्रमा सक्रिय निर्मातासँगको सहकार्यले फिल्मलाई अझ जीवन्त तुल्याएको उहाँले बताउनु भयो ।

चलचित्रमा अभिनेता राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय रहेको छ ।

x

Check Also

मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेका छन् :गृहमन्त्री थापा

सप्तरङ्गी एफ.एम. दमक फागुन १गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर ...

विराटनगर उच्च अदालतका थप २ न्यायाधीश न्यायपरिषद् सचिवालयमा तानिए

सप्तरङ्गी एफ.एम. दमक माघ २९ न्यायिक विचलन भेटिएको भन्दै विराटनगर उच्च अदालतका थप २ न्यायाधीशलाई ...

इलाम नगरपालिका प्रयोग भइसकेका प्लाष्टिकजन्य फोहोर खरीद गर्दै

सप्तरङ्गी एफ.एम. दमक / २९ माघ २०७५ इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरीद गर्न ...

दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै उत्कृष्ठ

सप्तरङ्गी एफ.एम. दमक / २९ माघ २०७५ दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै उत्कृष्ठ ...

झापामा बर्षेनी २ अर्वको सुपारी उत्पादन हुँदै ,दक्ष प्राविधिक नहुँदा किसान समस्यामा

सप्तरंगी एफएम /२७ माघ २०७५/डिकेश लामा झापा / झापा नेपालकै सवैभन्दा धेरै सुपारी उत्पादन हुने ...