सप्तरङ्गी एफ.एम.दमक / माघ १५ , २०७५ – प्रदेश १ का आन्तरीक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले दमक ३ मा रहेको अन्तरसहकारी बहूद्देशीय कृषि परियोजना अन्तर्गतको कृषि उद्योग केन्द्रको अवलोकन भ्रमण गर्नुभएको छ l
कार्कीले परियोजना अन्तर्गतको दमक ३ मा साढे १२ बिघाहामा रहेको रबर खेति तथा रबर प्रसोधन केन्द्र, तिन बिगाहा क्षेत्रफलमा रहेको माछा पालन पोखरी र दुइ बिघाहा क्षेत्रफलमा निर्माणाधीन पिकनिक स्पोटको मंगलबार अवलोकन भ्रमण गर्नुभएको हो ।
भ्रमणको सहजिकरण गर्दै परियोजनाका सम्जोजक काशिनाथ पौडेलले परियोजनाले हाल दैनिक १०० किलो कच्चा रबर उत्पादन गरिरहेको र निकट भविष्यमा बोटिंग सुबिधा सहितको सुबिधा सम्पन्न पिकनिक स्पोट संचालनमा आउने जानकारी गराउनुभयो ।
अवलोकन पछी मन्त्रि कार्कीले सहकारी संस्थाहरुले कृषिमा लगानी गर्नु सकारात्मक भएको टिप्पणी गर्दै अझै लगानी बढाउनु पर्नेमा जोड दिनुभयो ।