Home / ताजा समाचार / सेवीका र बेलसिटिको आयोजनामा रक्तदान कार्यक्रम

सेवीका र बेलसिटिको आयोजनामा रक्तदान कार्यक्रम

सप्तरङ्गी एफ.एम.दमक / माघ १५ , २०७५
लायन्स क्लब अफ दमक सेवीका र लयन्स क्लब अफ दमक बेलसिटिको आयोजनामा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दमक मुख्य चौमा भएको रक्तदानमा ५० पिन्ट रगन संकलन भएको लायन्स क्लब अफ बेलसिटिका अध्यक्ष प्रकास प्रसाईंले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी दमकको प्राबिधिक सहयोगमा भएको रक्तदानमा १५ जना महिला र ३५ जना परुषले रगत दान गरेको प्रसाईंले जानकारी दिनुभयो ।

अग्रज लायन्स कर्मि अजय अग्रवाल र दमकका समाजिक अगुवा शेरबहादुर भट्टराईले संयुक्त रुपमा रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । लायन्स क्लब अफ दमक सेवीकाकी अध्यक्ष रेगिना भट्टराई प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ दमक बेलसिटिका फस्ट भिपि नगेन्द्र भट्टराईले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो ।

यसै विच बुधबार माघ १६ गते शहीद दिवसको अवसर पारेर दमकमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । मेची मदिरा व्यवसायी संघ माइपश्चिम क्षेत्रीय समिति दमकले अघिल्ला वर्षझै यसपटक पनि शहिद दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्न लागेको संघका कोषाध्यक्ष राजेश पाठकले जानकारी दिनुभयो । रगतको अभाव हुन नदिन तथा रक्तदान सम्बन्धी सर्वसाधारणमा सचेतना दिने उद्देश्यले खुल्ला रक्तदान कार्यक्रम राखिएको कार्यक्रम संयोजक विष्णु सुब्बाले जानकारी दिनुभयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...