Home / ताजा समाचार / दमकमा नेबिसंघको राँके जुलुस

दमकमा नेबिसंघको राँके जुलुस


सप्तरङ्गी एफएम दमक /१६ माघ / झापाको दमकमा बुधबार साँझ नेपाल विद्यार्थी संघले सरकारका विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ ।नेपाली काङ्ग्रेसको पार्टी कार्यलयबाट निस्केको जुलुसलाई प्रहरिले हस्तक्षेप गरेको छ । सरकार बिरुद्ध चर्का नाराबाजीसहित नेविसंघले दमकस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट दमक चोक परिक्रमा गरि पुन क्याम्पसमोड तर्फ जाँदै गर्दा विचैमा प्रहरीले हस्तक्षेप गरेको हो ।
चिकित्सा शिक्षा विधेयक ल्याएको विरोधमा देशव्यापी आन्दोलनमा रहेको नेविसंघले झापामा भने बुधबार स्थानीय तहस्तरमा जिल्लाभर प्रदर्शन गर्ने कार्यक्रम थियो । नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तीमा जिल्लाभर तीन दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...