Home / ताजा समाचार / बालमहोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार ११ बजे उद्घाटन गर्ने

बालमहोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार ११ बजे उद्घाटन गर्ने


सप्तरंगी एफएम दमक / १६ माघ २०७५
झापाको दमक नगरपालिकाको आयोजनामा पहिलो पटक हुने प्रदेश स्तरीय बृहत बालमहोत्सवको तयारी पूरा भएको छ । भोलि १७ गते ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महोत्सव सम्पूर्ण तयारी पुरा भएको आज गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको छ ।
दमक वडा नं. ९ सरस्वती माविमा हुने महोत्सवमा देखि २१ गतेसम्म हुने महोत्वसमा १५ हजार बालबालिकाले विभिन्न प्रतियोगितामा भाग लिने कार्य तालिका तय गरिएको दमक नगरपालिकाकी उपमेयर महोत्सव संचालन संयोजक गीता अधिकारीले बताउनु भयो ।
बालमहोत्सवमा बालबालिकाले नृत्य, गायन, हाजिरीजवाफ, बतृत्वकला, म्याथ ओलम्पियाड, तारामण्डल, चित्रकला, विज्ञान प्रदर्शनी, साँस्कृतिक बाल झ्याँकी, कविता लगायतका विभिन्न प्रतियोगिता समेत गरिने तयारी रहेको छ ।
प्रधानमन्त्रीले नै उद्घाटन गर्ने कार्यक्रम भएकोले सुरक्षा व्यवस्था मजवुत बनाउँन प्रदेशबाट समेत सुरक्षाकर्मीहरु परिचालन गर्ने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाईसकेको प्रहरी नायव उपरिक्षक श्यामुयल सुब्बाले जानकारी दिनु भयो । कार्यक्रममा मेयर रोमनाथ ओलीले सवैले जिम्मेवारी पूरा गरेर काम गर्ने हो भने महोत्सव सफलपूर्वक ढंगले सम्पन्न हुने भन्दै सरोकारवाला सवैलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
बालबालिका भित्र रहेका क्षमता र प्रतिभालाई उजागर र जोखिममा रहेका बालबालिकाका हितमा कोष स्थापनार्थ आयोजना गरिएको भनिएको महोत्सवमा बाल चलचित्र, बृत चित्र, व्यवसायिक स्टल समेत राखिने बताइएको छ । महोत्सवलाई आकार्षित बनाउँन राष्ट्रिय स्तरका कलाकारहरु सत्यराज आचार्य, स्वरुपराज आचार्य, मनोज गजुरेल, राजेन्द्र पोखरेल, विल्सन विक्रम राई, अशोक दर्जी, रमेश प्रसाई, रमेश भट्टराई, सेड्रिना शर्मा, निलम ढुङगाना समेतको प्रस्तुती मिलाइएको आयोजकले जानकारी दिएको छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...