Home / ट्रेन्डिङ्ग / मुलुककै अब्बल मानिएको दमकको हिमाबिमा बिद्यालय प्रसासनको लापरवाहीका कारण ५ बर्षिय बालक विद्यालयको चर्पी कोठामा दुई घण्टा बढी थुनिए

मुलुककै अब्बल मानिएको दमकको हिमाबिमा बिद्यालय प्रसासनको लापरवाहीका कारण ५ बर्षिय बालक विद्यालयको चर्पी कोठामा दुई घण्टा बढी थुनिए

सप्तरङ्गी एफ.एम.दमक/माघ १७/
दमक २ मा रहेको मुलुककै अब्बल मानिएको हिमालय माध्यमिक बिद्यालय प्रसासनको लापरवाहीका कारण एक बालक विद्यालयको चर्पी कोठामा दुई घण्टा बढी थुनिएका छन् ।
सोहि विद्यालयमा अध्ययनरत दमक २ डाकिनीका ५ वर्षिय चेतन अधिकारी प्रशासनको लापरवाहीका कारण अस्ति मंगलवार दुई घण्टा बढी चर्पी कोठामा थुनिएका हुन् । विद्यालय छुटेर छोरा घर नआएपछि खोजी गर्दा चर्पीमा थुनिएको पाईएको वुवा मोहन अधिकारीले वताउनु भयो ।
मंगलबार बेलुका ४ बजे पछि छोरा घर नफर्के पछि अधिकारी परिवार आत्तिएका थिए । विद्यालयदेखि सधै नियमित फर्कने छोरा घर नआएको भनेर विद्यालयका शिक्षक शिक्षिकाहरुसंग सोध्न पुगेका थिए । तर शिक्षकहरुले समेत छोराको अवस्था थाहा नभएको बताएपछि यताउता खोजी गर्दा छोरालाई ताला लगाइएको चर्पीमा रुदै गरेको अवस्थामा भेटिएको बुबा मोहनले वताउनु भयो । चर्पी खोलेर हेर्दा बालक हिलाम्मे र जाडोले काम्दै गरेको अवस्थामा भेटिएको अधिकारीले बताए ।
बालक थुनिएपछि चर्पिको ढोका मुनिको खाली भागबाट छिर्ने प्रयास गरे थिए । भित्रबाट चिच्याउँदै चर्पी भित्र रहेका इटाका टुक्राहरु बाहिर फाल्दा पनि नभएपछि कैदी जस्तै रुदै बसिरहेको अवस्थामा छोरालाई भेटिएको उहाँले बताउनु भयो ।
विद्यालयमा आफ्नो छोरा सौचालयमै थुनिएको बिषयमा कुरा राख्दा समेत विद्यालय प्रशासनले चासो नदिएको अधिकारीले गुनासो गर्नु भयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...