Home / ताजा समाचार / बालमहोत्सवमा उत्साहजनक सहभागिता हुँदै

बालमहोत्सवमा उत्साहजनक सहभागिता हुँदै

सप्तरङ्गी एफ.एम दमक÷माघ १८ झापाको दमकमा प्रदेश भरीका बालबालिकालाई लक्षित गरी शुरु गरिएको बृहत बालमहोत्सवमा विधार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको छ । दमक वडा नं. ९ सरस्वती माविमा हिजो देखि शुरु भएको महोत्वसमा दुई दिनमा १६ हजार हाराहारीमा विधार्थी तथा अभिभावकहरुको सहभागिता भईसकेको दमक नगरपालिका सामाजिक शाखाका प्रमुख डम्बर बरालले बताउनु भयो । बालमैत्री स्थानीय शासनका लागि बाल सहभागिताको सुनिश्चित गर्दै बाल सरोकारका विषयलाई साझा बनाउने उद्देश्यले शुरु गरिएको महोत्सवमा हाजिरी जवाफ, विज्ञान प्रदर्शनी, चित्रकला, गीत, नृत्य, निवन्ध, कविता लगायतका १० वटा विधामा प्रतियोगिता समेत भईरहेको प्रतियोगिताका उपसमितिका संयोजक टेकबादुर भण्डारीले बताउनु भयो । दोस्रो दिन आज शुक्रबार भएको…

Review Overview

User Rating: 4.25 ( 1 votes)

सप्तरङ्गी एफ.एम दमक÷माघ १८
झापाको दमकमा प्रदेश भरीका बालबालिकालाई लक्षित गरी शुरु गरिएको बृहत बालमहोत्सवमा विधार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको छ ।

दमक वडा नं. ९ सरस्वती माविमा हिजो देखि शुरु भएको महोत्वसमा दुई दिनमा १६ हजार हाराहारीमा विधार्थी तथा अभिभावकहरुको सहभागिता भईसकेको दमक नगरपालिका सामाजिक शाखाका प्रमुख डम्बर बरालले बताउनु भयो । बालमैत्री स्थानीय शासनका लागि बाल सहभागिताको सुनिश्चित गर्दै बाल सरोकारका विषयलाई साझा बनाउने उद्देश्यले शुरु गरिएको महोत्सवमा हाजिरी जवाफ, विज्ञान प्रदर्शनी, चित्रकला, गीत, नृत्य, निवन्ध, कविता लगायतका १० वटा विधामा प्रतियोगिता समेत भईरहेको प्रतियोगिताका उपसमितिका संयोजक टेकबादुर भण्डारीले बताउनु भयो ।

दोस्रो दिन आज शुक्रबार भएको कार्यक्रमका प्रमुख अतिथि उच्च शिक्षालय तथा माध्यमिक विधालय संघ झापाका अध्यक्ष शुरेस बहादुर पौडेलले महोत्सवको प्रशंसा गर्नु भयो । पौडेलले संघीय संरचनामा देश प्रवेश गरे पछि पहिलो पटक गरिएको कार्याक्रमले बालबालिकाको क्षमता र ज्ञान अभिबृद्धिमा ठूलो सहयोग पुग्ने भन्दै आयोजक दमक नगरपालिकालाई धन्यवाद समेत प्रकट गर्नु भयो । आज चित्रकला, हाजिरी जवाफ, गीत गायन, विज्ञान प्रदर्शनमा समेत उल्लेख्य विधार्थीले भाग लिएका छन् ।

भोलि प्रखरबक्ता रमेश प्रसाईं, गिनिजबुकमा रेकर्ड राख्न सफल थानेश्वर राई र १ सय ५० भन्दा बढी चराको आवाज निकाल्न सक्ने प्रतिवान युवा रमेश दुलालको उपस्थिति हुने आयोजकले जानकारी दिएको छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...