Home / ताजा समाचार / चंद्रगढीमा प्रमुख प्रतिपक्षी कांग्रेसको प्रदर्शन

चंद्रगढीमा प्रमुख प्रतिपक्षी कांग्रेसको प्रदर्शन

सप्तरंगी एफएम / २१ माघ २०७५

नेपाली कांग्रेस झापाले पनि आज सरकार बिरुद्ध प्रदर्शन गरेको छ । पार्टिको राष्ट्रिय कार्यक्रम अन्तर्गत झापामा पनि प्रदर्शन भएको हो । जिल्ला सदरमुकाम भद्रपुरमा भेला भएको पार्टिका जिल्ला भरिका कार्यकर्ताहरुको ¥यालीले चन्द्रगढी बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको कांग्रेस क्षेत्रीय सभापती ढुण्डीराज भण्डारीले जानकारी दिनुभयो ।
वाइडवडी विमान खरिद काण्ड, चिकित्सा शिक्षा विधेयक, निर्मला पन्त हत्याको दोषीलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेर कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो । ¥यालीका क्रममा सहभागीहरुले सरकार बिरुद्ध चर्का नारा लगाएको थिए ।
¥याली पछि चन्द्रगढी रंगशाला पश्चिम आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस नेताहरुले वर्तमान सरकार पुर्ण रुपमा असफल भैसकेको दावी गरे । कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रियसभा सदस्य सरिता प्रसाईंले आफुहरुको चर्को बिरोधका विच पनि माफियालाई फाईदा पुग्ने गरी सरकारले चिकित्सा शिक्षा बिधेयक ल्याएकोले यो सरकार नागरिकको आवाज सुन्ने पक्षमा नदेखीएको आरोप लगाउनु भयो । सत्याग्रहीको आवाजलाई नसुनेर सरकारले माफियाको पक्ष पोषण गरेको आरोप लगाउनु भयो । कार्यक्रममा संघिय संसद सदस्य महेन्द्र कुमारी लिम्बु, पुर्व सांसद शुधिर कुमार शिवाकोटी लगायतले सरकार भ्रष्ट र माफियाको पक्षमा भएको आरोप लगाउनु भयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...