Home / ताजा समाचार / विद्यार्थीलाई सम्मान र पुरस्कार वितरण गर्दै बाल महोत्सव सम्पन्न

विद्यार्थीलाई सम्मान र पुरस्कार वितरण गर्दै बाल महोत्सव सम्पन्न

सप्तरंगी एफएम / २१ माघ २०७५ / डिकेश लामा

झापाको दमकमा भईरहेको प्रदेश स्तरीय बाल महोत्सवमा ४ हजार विद्यार्थी मध्ये उत्कृष्टलाई आज पुरस्कार सम्मान गरिएको छ । ५ दिन सम्म संचालन भएको महोत्सव ४० हजार हाराहारीका विद्यार्थी र अभिभावकले अवलोकन गरेका छन् ।

महोत्सवको अन्तिम दिन सोमबार चित्रकला, नृत्य, गायन, हाजिरीजवाफ, बतृत्वकला, म्याथ ओलम्पियाड, कविता लेखन, निवन्ध लेखन, बक्तृत्वकला प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तवनामा आउनेलाई २५ देखि ५ हजारसम्म नगद प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएकोछ ।

निवन्धमा बुधबारेका बानिया पौडेल, व्यक्तित्वकलामा दिव्या दाहाल र श्रेया शिवाकोटी, गायनमा एलिसा विक र प्रनिशा कटुवाल, हाजिरी जवाफ सम्पदा शर्मा र लोकेन्द्र दर्जी, कविता लुना न्यौपाने, चित्रकला सविन थापा, म्याथ ओलिम्पाड शिवराज सुवेदी, खुल्ला चित्रकला सहनबाज अली, विज्ञान प्रदर्शनीमा मोडल तर्फ पाणिनी मावि दमक, प्रयोगात्मक तर्फ एम्बिसन एकाडेमी र पोष्टर तर्फ हिमालय मावि प्रथम भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अन्य मेला तथा महोत्सवमा खेल तमसा, जुवा खेलाएर गरिन्थ्यो भने प्रधानमन्त्रीको क्षेत्रमा यस पटक फरक तरिकाले ज्ञानबद्र्धक र उपलव्धी मुलक शैलीको महोत्सव लगाएको बताउनु भयो ।

मन्त्री कार्कीले महोत्सवले बालबालिको शिप, क्षमता अभिबृद्धिमा ठूलो टेवा दिएको बताउनु भयो ।

कार्यक्रममा विशेष सहयोग गर्ने संचारमाध्यमहरु सूर्योदय टेलिभिजन सहित अन्य स्थानीय संचारमाध्यमलाई समेत सम्मान गरिएको छ । दमक नगरपालिको आयोजनमा भएको पहिलो प्रदेश स्तरीय बाल महोत्सव सफल र उपलव्धीपूर्ण भएको महोत्सव संयोजक नगरपालिकाकी उपमेयर गिता अधिकारीले बताउनु भयो ।

प्रतियोगितामा सहभागी हुन झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, पाँचथर लगायतका जिल्लाका विभिन्न विद्यालयबाट विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई १ दर्जन हाराहारीका बालबालिकाले पालै पालो संचालन गरेका थिए ।

कार्यक्रमको पहिलो दिन प्रधानमन्त्री केमी शर्मा ओलीले उद्घाटन गर्नु भएको थियो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...