Home / कला/साहित्य / ल्होसारको दिन झापामा विविध कार्यक्रम :जातीय विकृत हटाई एकतामा बाँधिन मन्त्री आङबोको आग्रह

ल्होसारको दिन झापामा विविध कार्यक्रम :जातीय विकृत हटाई एकतामा बाँधिन मन्त्री आङबोको आग्रह

सप्तरङ्गी एफएम दमक / २२ माघ २०७५

२८५५ औं सोनाम ल्होसारको दिन मंगलबार झापामा विविध कार्याक्रम गरी मनाइएको छ । तिव्बतीयन पात्रो अनुसार पुरानो कुकुर बर्ष खी ल्होलाई विदा गरी फाग ल्हो अर्थात बँदेल बर्षमा प्रवेश गरेको छ । यस अवसरमा झापामा रहेका तामाङले विभिन्न गुम्बा भेला भई पूजाआज र नाचगान सहित नयाँ बर्ष ल्होसार मनाएका छन् ।

यसैबीच ल्होसारको अवसर पारेर दमक ९ मा न्यामग्याल कुछे जिन्लव बौद्ध गुम्बाको आज सिल्यान्यास गरिएको प्रदेश नम्बर १ का अर्थ मन्त्री इन्द्र आङ्वोले सिल्यान्यास गर्नु भएको छ । सिल्यान्यास कार्यक्रममा बोल्दै मन्त्रि आङबोले विभिन्न जात भित्र भएका विकृति हटाई एकतामा बाँधिनु पर्ने बताउनु भयो । उहाँले आदिबासी जनजातिहरुको अवस्था अन्य जाति भन्दा कम्जोर भएकोले गरिव जनताको स्तर माथि उकास्न सरकारले विशेष कदमी थाल्ने दावी गर्नु भयो ।

उहाँले ५ बर्षमा गरिवी अन्त्य गर्ने, विदेश जाने अवस्था अन्त्य गरी स्वदेशमा रोजगार सृजना गर्ने समेत दावी गर्नु भयो । सिल्यान्यास गरिएको गुम्बालाई प्रदेश सरकारले वजेट समेत सहयोग गर्ने निर्णण् गरेको बताउनु भयो ।

यस्तै दमक वडा नंंं ५ मा रहेको साङ्गे छ्यौइलिङ्ग बौद्ध गुम्बा लामा गुरुको विषेश पूजापाठ सहित साँस्कृति कार्यक्रमहरु गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि बौद्ध लामागुरु खेम्पो थिन्ले दोर्जेले नयाँ बर्ष लाग्दा सकरात्मक कार्य गरेर अगाडि बढ्न हत्या हिंसा र कुविचार त्याग गर्नु पर्ने बताउनु भयो । विभिन्न स्थानमा भएको ल्होसार कार्यक्रममा प्रदेश सांसद अर्जुन राई, दमक नगरपालिकाका मेयर रोमनाथ ओली, तामाङ समाजका अगुवा लगायतले ल्होसारको शुभकामना व्यक्त गर्नु भएको छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...