Home / ट्रेन्डिङ्ग / कचनकवल ७ बालुबाडीको गगन आधारभुत बिद्यालयका बिद्यार्थिहरुलाई लायन्स क्लब अफ भद्रपुरको सहयोग

कचनकवल ७ बालुबाडीको गगन आधारभुत बिद्यालयका बिद्यार्थिहरुलाई लायन्स क्लब अफ भद्रपुरको सहयोग

सप्तरङ्गी एफ.एम. दमक/माघ २३/
झापाको पुर्वि दक्षिण गाउँपालीका कचनकवल वडा नम्बर ७ बालुबाडीमा रहेको गगन आधारभुत बिद्यालयका बिद्यार्थिहरुलाई लायन्स क्लब अफ भद्रपुरले बिद्यालय पोसाक बितरण गरेको छ । भद्रपुरका स्वर्गिय व्यवसायी ओमप्रकास गोयलको स्मृतिमा उहाँका भाई दिनबन्धु गोयलले उपलब्ध गराउनु भएका बिद्यालय पोसाक बिद्यार्थिहरुलाई आज एक कार्यक्रमका विच वितरण गरिएको हो ।
प्रदेश सभा सदस्य बसन्त बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु प्रदेशसभा सदस्य ओमप्रकाश सरावगी, गाउँपालीका अध्यक्ष अन्जार आलम, लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष याम बहादुर श्रेष्ठ लगायतले बितरण गर्नु भएको छ । उक्त बिद्यालयमा विपन्न आदिवासी समुदायका बिद्यार्थिहरु अध्ययन गर्ने हुँदा जाडोमा लगाउनको लागी स्वेटर बितरण गरिएको सोहि क्षेत्रका प्रदेशसभा सदस्य बसन्त बानियाँले जानकारी दिनुभयो । लायन्सको सहयोगले ग्रामिण भेगका विपन्न बालबच्चाहरुलाई ठुलो राहत मिलेको उहाँले बताउनु भयो ।
सोहि अवसरमा पोसाक उपलब्ध गराउने समाजसेवी दिनबन्धु गोयल, सोहि बिद्यालयको स्तर उन्नतीको लागी सहयोग गर्दै आउनु भएका झापा मेचिनगरका योगन्द्र निरौला र कार्यक्रमका प्रमुख अतिथि तथा सो क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सांसद बसन्त बानियाँलाई पनि सम्मान गरिएको बिद्यालयका प्रधान अध्यापक लिलाबल्लभ भट्टराईले जानकारी दिनुभयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...