Home / कला/साहित्य / ‘एउटीलाई मुटुमा घर…’ को कभर भिडियो कम्पिटिसन हुने

‘एउटीलाई मुटुमा घर…’ को कभर भिडियो कम्पिटिसन हुने

दर्जनौं फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेका बसन्त अधिकारीको डेब्यू निर्देशित फिल्म ‘जानी नजानी’ को सार्वजनिक भएको पहिलो गीत ‘एउटीलाई मुटुमा घर…’ को कभर भिडियो घोषणा गरिएको छ । बिहिबार काठमाडौंको मैतिदेवी स्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकार भेटघाट गर्दै निर्माण टिमले कभर भिडियो कम्पिटिसन घोषणा गर्‍यो ।  

 अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा स्वर अर्जुन पोखरेल र दुर्गा खरेलको छ । गीतको भिडियोमा मनिष श्रेष्ठ र सुमी मोक्तानको नृत्य छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा मनिष र सुमीसँगै डेब्यू नायिका निरिशा बस्नेतलाई पनि देख्न सकिन्छ । यो गीतको कभर भिडियो कम्तीमा एक मिनेटको हुनु पर्नेछ ।  चार मिनेटसम्मको भए पनि फरक नपर्ने यसकी निर्मात्री रोशनी केसीले बताइन् । उत्कृष्ट कभर भिडियो विजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टिभी, दोश्रो हुनेले रोवाकै फाइभ प्वाइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुक क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्ष निःशुल्क गर्न पाउने छन् । निर्देशक बसन्त अधिकारीले भने, ‘भिडियो यही २० फागुनभित्र janinajani2018@gmail.com मा पठाइसक्नु पर्नेछ ।’ यस प्रतिस्पर्धामा प्राप्त हुने भिडियोलाई ‘डिआईडी सिजन २’ का उत्कृष्ट १० मा पर्न सफर नृत्यकलाकार, नृत्य निर्देशक एवम् अभिनेता नरेशबीर कंशकारले चयन गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट भिडियो प्राप्त हुने विश्वास आफूले गरेको उनले बताए ।  

 अभिनेता मनिषले पनि यो प्रतियोगिताले धेरैलाई आफूहरुसँग जोडिन सघाउने बताए । फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।  फिल्ममा छायांकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । चैत १ मा रिलिज हुने फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ । 

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...