Home / ताजा समाचार / नियम बिपरित दशगजामा भारतीय बस्ति

नियम बिपरित दशगजामा भारतीय बस्ति

सप्तरंगी एफएम, दमक / २४ माघ २०७५ / डिकेश लामा

झापासँग सिमा जोडिएको भारतको बिहार राज्य अन्तर्गत किसनगञ्ज स्थित फत्तेपुर दश गजा क्षेत्रमा ६० घर परिवारको बस्ती रहेको छ । यस्ता बस्तीहरु अन्य क्षेत्रमा समेत बार्षिकरुपमा बढ्दै गईरहेका छन् ।

अन्तराष्ट्रिय नियम अनुसार दशजगा क्षेत्रमा दुवैले देशले उपभोग गर्न तथा भौतिक संरचना बनाउन नपाईने नियम भए पनि बार्षिकरुपमा बस्ती बढ्दै गईरहेको छ । फत्तेपुर बस्ती जस्ता खुल्ला सिमाका अन्य क्षेत्रमा समेत खेतीपाती र बस्ती निर्माण गर्नेक्रम रोकिएको छैन ।

१ सय ४४ बर्ग किलोमिटर क्षेत्रमा झापा भारतसँग खुल्ला सिमामा जोडिएको छ । भारत तर्फ ४४ वटा बीओपी अर्थात बोर्डर आउट पोष्ट राखिएको भए पनि नेपाल तर्फ हाल ५ वटा मात्र संचालनमा रहेका छन् ।

संघीय राज्य स्थापना भए पछि सिमा सुरक्षामा ध्यान दिन थालिएको छ । केही समय अघि देखि भारत र नेपालका जिम्मेवार पदाधिकारीबीच सिमा समस्या सुल्झाउन र स्पष्ट हुन छलफल समेत हुन थालेको झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनु भयो ।

सिमा सुरक्षामा बलियो संयन्त्र नहुँदा दशगजा क्षेत्र नै अतिक्रमणमा परिरहेको छ । गएको आर्थिक बर्षमा भारतले सिमा क्षेत्रमा पिच लगाएर सडक निर्माण गर्ने तयारी गर्दै गर्दा स्थानीय नेपाली समूदायले विरोध गरे पछि भत्काएइको थियो ।

झापामा डिजिटल नक्शा र बोर्डर आउट पोष्ट स्थापनाको योजना अघि सारिएको छ । हाल प्रदेश सरकारको सहयोगमा १० स्थानमा बोर्डर आउट पोष्ट राख्ने योजना अघि सारिएको जिल्ला प्रशासन कार्यालय झापाले जानकारी दिएको छ । संवेदनशील वोर्डर क्षेत्रको सुरक्षामा सरकारले ल्याएको सिमा सुरक्षा योजना चाँडै कार्यन्वयन गर्न सके सिमा क्षेत्रको सुरक्षामा थप टेवा पुग्ने स्थानीय बासिन्दाको ठम्याई छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...