Home / अपराध / नेकपाका विद्यार्थी नेता विश्वकर्मालाई दश दिन म्याद थप

नेकपाका विद्यार्थी नेता विश्वकर्मालाई दश दिन म्याद थप

सप्तरंगी एफएम, दमक / २४ माघ २०७५

गोलिसहित पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता नरेन्द्रबहादुरसिंह विश्वकर्मालाई मोरङ प्रहरीले १० दिन म्याद थप गरेर अनुसन्धान थालेको छ । नरेन्द्र गत बिहीवार साँझ काठमाडौं जाने क्रममा तीन राउण्ड गोलीसहित विराटनगर बिमानस्थलबाट पक्राउ परेका थिए । उनीविरुद्ध गत शुक्रबार सात दिनको म्याद थप गरेको प्रहरीले बिहीबार थप अनुसन्धानका लागि भन्दै १० दिनको म्याद थप गराएको हो । मुलुकी अपराधसंहिता २०७४ अनुसार अनुसन्धानका लागि जिल्ला अदालतबाट दश दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

नरेन्द्र नेता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)का छोरा हुन् ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...