Home / ताजा समाचार / झापामा खोला दोहन बढ्दै ,नहर देखि तटबन्धनमा समेत नोक्शानी

झापामा खोला दोहन बढ्दै ,नहर देखि तटबन्धनमा समेत नोक्शानी

सप्तरंगी एफएम दमक /२६ माघ २०७५ /डिकेश लामा

झापामा यस बर्ष स्थानीय स्तरबाट लगाइएको नदि तथा खोलाको ठेक्कामा अनुगमन नुहँदा चरम दोहन भईरहेको छ । संघीय संरचना अनुसार स्थानीय तहले ठेक्का लगाउने अधिकार पाए पछि भ्याट सहित गत बर्ष १३ करोड ३३ लाखमा लागेको ठेक्का यस बर्ष ७ स्थानीय तहबाट २१ करोड हाराहारीमा लागेको छ ।

हरेक बर्ष नदि तथा खोलाको ठेक्कामा मुल्य बृद्धि भएसँगै उत्खनन् कार्य समेत चरममात्रामा बढ्न थालेको छ । बार्षिकरुपमा खोला बार्षिकरुपमा उत्खनन् कार्य तिव्र बढ्दै गए पछि नदि तथा खोलाबाट निकालिएको नहर र तटबन्धनमा प्रत्यक्ष असर पर्न थालेको छ ।

यस बर्ष झापाका ७ स्थानीय तहले साना ठूला गरी १३ वटा नदि तथा खोलामा ठेक्का लगाईसकेको छ । मावा, रतुवा, कमल, कन्काई, टाङटिङ्ग, विरिङ्ग, हडिया, देउनिया, टिमाइ, निन्दा, मेची, अन्दुवा, ठूलो नेते लगायतका नदि र खोलाबाट बालुवा, ढुङ्गा, गिटीका लागि उत्खनन कार्य भईरहेको छ । यस बर्ष सवै भन्दा धेरै दमक नगर पालिकाले भ्याट बाहेक ८ करोड २३ लाख र मेची नगरपालिकाले ५ करोड २ लाखमा ठूला ५ वटा नदिमा ठेक्का लगाएको छ ।

स्थानीय तहले नै अनुगमन गर्नु पर्ने प्रावधान भए पनि चरम उत्खनन् हुँदा समेत चासो दिएको पाईदैन । यता प्रहरी प्रशासन समेत मौन बसेको देखिन्छ । प्रारम्भिक वातावरण परिक्षण अनुसार कतै आधा मिटर र कतै १ मिटर मात्र गहिराई खन्ने मापदण्ड तोकेको छ । तर मापदण्ड कति हो भन्ने ख्यालै नगरी अधिक मात्रमा उत्खनन् थालिएको छ ।

बार्षिकरुपमा चरम उत्खनन् बढ्दै जाँदा खानेपानी, सिंचाई र तटबन्धनमा ठूलो असर परेको छ । खोला दोहनले पर्याबरणमा महत्वपूर्ण क्षेत्र मानिएको चुरे संरक्षणमा समेत असर पुगिरहेको वाताबरण विदहरुको भनाइ छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...