सप्तरङ्गी एफ.एम. दमक/माघ २६/
दमक रनको आयोजनामा आज बिहान दमकमा मिनी म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । दमक रनको तेश्रो बार्षिकउत्सवको अवसर मा आज बिहान सम्पन्न प्रतियोगिको खुल्ला १५ किलोमिटरको पुरुष तर्फ भारतिय शेनाका तिर्थ पुनः प्रथम हुनु भयो । उहाँले निर्धारीत दुरी ४६.०१ मिनेटमा पार गर्दै नगद ५० हजार रुपैयाँ हात पार्नु भयो । त्यस्तै ४६.३४ मिनेटमा निर्धारित दुरी पार गर्दै दोस्रो हुने नेपाली शेनाका मिलन कार्की ले नगद ३० हजार रुपैयाँ जित्नु भयो भने ४६.४० मिनेटमा निर्धारित दुरी पार गर्दै तेस्रो हुने नेपाली शेनाकै टिका कटवालले नगद २० हजार रुपैयाँ जित्नु भयो ।
खुल्ला महिला तर्फ भने शसस्त्र प्रहरीकी कान्छिमाया कोजु प्रथम हुनु भयो । उहाँले निर्धारीत १५ किलो मिटर दुरी ५६.०२ मिनेटमा पार गर्दै नगद ४० हजार रुपैया जित्नु भयो । दोस्रो धरान रनकी निक्कि नेम्बाङले १ घण्टा ८ मिनेट ३९ सेकेण्डमा निर्धारीत दुरी पार गर्दै नगद २५ हजार रुपैयाँ प्राप्त गर्नु भयो । त्यसैगरी १ घण्टा १० मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो बनेर नेपाली शेनाकी सुमित्रा क्षेत्रीले नगद १५ हजार रुपैयाँ जित्नु भयो ।
त्यस्तै १३ देखी १६ बर्ष उमेर समुह अन्र्तगत खुल्ला १५ किलोमिटर पुरुष तर्फ किरण लिम्बु प्रथम, सागर श्रेष्ठ द्धितिय र पुजन राई तृतीय हुनुभयो । बिजेताले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार प्राप्त गरे । महिला तर्फ चन्द्रकला श्रेष्ठ प्रथम, मनिषा राई द्धितिय र आँचल मुर्मु तृतीय हुनु भयो । महिला तर्पmका बिजेताले क्रमश ः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै ७ देखी १२ बर्ष उमेर समुह अन्र्तगत ५ किलोमिटरको दौडमा पुरुष तर्फ रोदन राई, युवराज लिम्बु र समीर लिम्बु प्रथम, द्धितिय र तृतीय भएर क्रमश ः ७ हजार , ५ हजार र तीन हजार नगद प्राप्त गर्नु भयो । त्यस्तै महिला तर्फ सन्ध्या तामाङ, लक्ष्मी भुजेल र अनिशा राजबंशी प्रथम, द्धितिय र तृतीय हुदै नगद ७ हजार, ५ हजार र तीन हजार रुपैयाँ नगद प्राप्त गर्नु भयो ।
१५ किलोमिटर भेट्रानको पुरुष तर्फ धर्म महर्जन, निर्मल राई र महेन्द्र बज्रचार्य प्रथम द्धितिय र तृतीय स्थान हासिल गरि नगद ७ हजार, ५ हजार र तीन हजार नगद प्राप्त गर्नु भयो । महिला तर्फ भने रिता राई प्रथम हुनु भयो । भेट्रान तर्फको एक्लि प्रतिष्पर्धी मात्र रहेकी उहाँले निर्धारीत दुरी १ घण्टा ३० मिनेट १५ सेकेण्डमा पुरा गर्दै नगद ७ हजार रुपैयाँ जित्नु भयो ।
स्वास्थ्यका लागि दौडसहित अल्ट्राम्याराथुन दौडलाई प्रोत्साहन गर्ने उद्देश्यले समूहले वर्सेनी बार्षिकोत्सवमा मिनी म्याराथनको आयोजना गर्दै आएको दमक रनका अध्यक्ष दिवस राईले वताउनु भयो । करिव एक हजार धावकहरुको सहभागिता रहेको प्रतियोगितामा म्याराथुनका पूर्व राष्ट्रिय धावकहरु बैकुण्ठ मानन्धर, वुद्धविर लामा लगायतको समेत सहभागिता रहेको थियो ।
