Home / ट्रेन्डिङ्ग / इलामको देउमाईमा ट्रयाक्टर दुर्घटना , एकको मृत्यु दुई घाईते

इलामको देउमाईमा ट्रयाक्टर दुर्घटना , एकको मृत्यु दुई घाईते

सप्तरंगी एफएम / २७ माघ २०७५

ईलाम / देउमाई नगरपालिकामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मेची राजमार्गमा पर्ने देउमाई नगरपालिका-१ देउरालीमा आइतबार विहान दुर्घटना हुँदा दुर्घटनामा परी २६ बर्षीय चालक सुमन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देउमाई नगरपालिका -२ का गुरुङको घटनास्थलमै ज्यान गएको हो । को १ त ४२६७ नं.को ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर झरेको थियो , घटनामा इलाम नगरपालिका ८ का १५ वर्षिय लीला आचार्य र ताप्लेजुङका १७ वर्षिय रविन शंकर घाइते भएका छन् । घाइते दुवैको बिर्तामोड स्थित मनमोहन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...