Home / अपराध / फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ


सप्तरंगी एफएम /२७ माघ २०७५ / मोरङ
अपहरण तथा कर्तव्य ज्यान मुद्दामा उच्च अदालत विराटनगरको २०७४ जेष्ठ ३० गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी रंगेली नगरपालिका ४ बस्ने ठेङवा भन्ने रमेश मण्डललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मण्डललाई रंगेली नगरपालिका ४ बाट फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरी राहदानी किर्ते मुद्धामा मोरङ जिल्ला अदालतको २०६८ साउन १३ गतेको फैसलाले १ महिना कैद सजाय ठहर भई फरार रहेकी धनपालथान गाउँपालिका ६ कदमाह बस्ने ४५ वर्षीया प्रमेश्चरीदेवि मण्डललाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ दुवैजनालाई आइतबार आवश्यक कारवाहीको लागि जिल्ला अदालत मोरङ पेश गरिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...