Home / अपराध / ईलामको चुलाचुलीबाट अबैध काठ बरामद

ईलामको चुलाचुलीबाट अबैध काठ बरामद


सप्तरङ्गी एफ.एम. दमक / २९ माघ २०७५

ईलामको चुलाचुली गाउँपालिका ५ सिंधुवा खोलाबाट आज बिहान ८० क्युविक फिट सखुवाको काठ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी पेल्टीमारी र सब डिभिजन बन कार्यालय चुलाचुलीबाट खटिएको संयुक्त टोलीले अवैध रुपमा साईकलमा लोड गरेर ल्याउदै गरेको अवस्थामा ईलाम माङ्सेबुङ गाउँपालिका ४ का १९ बर्षिय सबिन लिम्बु, २१ बर्षिय राज कुमार पाल, १३ बर्षिय सगुन लिम्बु र १५ बर्षिय सुभित राईलाई नियन्त्रणमा लिएको हो ।
काठ सहित ओसारपसारमा प्रयोग भएको २० थान साईकल समेत बरामद गरेको छ । बरामद काठ सहित चारै जनालाई आवश्यक कानूनी कारवाहीको लागि सब डिभिजन बन कार्यालय चुलाचुली पठाईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...