Home / ताजा समाचार / दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै उत्कृष्ठ

दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै उत्कृष्ठ

सप्तरङ्गी एफ.एम. दमक / २९ माघ २०७५

दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै उत्कृष्ठ खानेपानी संस्थाका रुपमा छनौट भएको छ ।
नगर विकास कोषले ऋण लगानी गरेका देशभरिका खानेपानी तथा सरसफाई आयोजनाहरु मध्येबाट दमक यसवर्ष उत्कृष्ठ संस्थाका रुपमा छनौट भएको हो । कोषमार्फत देशभरि ९० वटा खानेपानी आयोजना सञ्चालित छन् ।
कोषले संस्थाको कार्यसम्पादनलाई मूल्याङ्गकन गरेर उत्कृष्ठ छनौट गरेको संस्थाका अध्यक्ष रोशन कुमार गौतमले जानकारी दिनुभयो । कोषको साना शहरी खानेपानी आयोजनामार्फत संस्थाले ऋण लगानीमा थप खानेपानी आयोजना विस्तार गरिएको थियो ।
कोषको काठमाण्डौमा यहि फागुन २ गते हुने ३१ औं बार्षिकोत्सव समारोहका बीच संस्थालाई उक्त सम्मान गर्ने जनाईएको छ ।
यसैवीच, संस्थाले खानेपानी महषुल भुक्तानीमा अव आधुनिक प्रविधि मार्फत बुझ्ने प्रणाली विस्तार गर्ने भएको छ । भोलि फागुन १ गते इविलिङ्गमार्फत महषुल संकलन गर्न लागिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । उपभोक्ताहरुलाई महषुल भुक्तानीमा सुविधा पुरयाँउन संस्थाले सेवाप्रदायक एक निजी कम्पन्नीको समन्वयमा उक्त सेवा शुरुवात गर्न लागिएको अध्यक्ष गौतमले बताउनुभयो । संस्थामा हाल करिव ७ हजार वढी उपभोक्ता छन् ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...