Home / ताजा समाचार / विराटनगर उच्च अदालतका थप २ न्यायाधीश न्यायपरिषद् सचिवालयमा तानिए

विराटनगर उच्च अदालतका थप २ न्यायाधीश न्यायपरिषद् सचिवालयमा तानिए

सप्तरङ्गी एफ.एम. दमक माघ २९

न्यायिक विचलन भेटिएको भन्दै विराटनगर उच्च अदालतका थप २ न्यायाधीशलाई न्यायपरिषद् सचिवालयमा तानिएको छ । ३८ सय किलो सुन प्रकरणमा पक्राउ परी मुद्दा खेपेका अभियुक्तलाई धरौटी र साधारण तारेखमा रिहा गर्न आदेश दिँदा न्यायिक मर्यादा पालन नगरेको भन्दै न्यायाधीशद्व जनक पाण्डे र साधुराम सापकोटालाई न्यायपरिषद् सचिवालयमा तानिएको हो ।
यसअघि पनि ५ न्यायाधीश सारंगा सुवेदी, नागेन्द्रलाभ कर्ण, थीरबहादुर कार्की, उमेशराज पौडेल र उमेशकुमार सिंहलाई न्यायपरिषद् सचिवालयमा तानिएको थियो । योसँगै विराटनगर उच्च अदालतबाट न्यायपरिषद् तानिने न्यायाधीशको संख्या ७ पुगेको छ ।
एउटै अदालतबाट ७ न्यायाधीशमाथि छानबिन हुनु नेपालको न्यायालयको इतिहासमै पहिलो घटना हो । न्यायपरिषद् तानिएका सबै न्यायाधीशमाथि एउटै मुद्दाको सुनवाइको क्रममा न्यायिक विचलन हुनेगरी आदेश दिएको आरोप छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...