Home / Author Archives: गिरिराज भट्टराई (page 3)

Author Archives: गिरिराज भट्टराई

झापाको बीएन्डसी अस्पतालमा उपचार गरेको १६ लाख रुपैयाँ बिल तिर्न नसक्दा बिरामी अस्पतालमै

सप्तरङ्गी एफ.एम. दमक/साउन २९/ झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले एक बिरामीको उपचारमा १६ लाख रुपैयाँको बिल तिर्न दबाब दिएको पीडितले जनाएका छन् । अस्पतालले मागेजति रकम तिर्न नसकेपछि आफन्तले बिरामीलाई अस्पतालमै छाडेका छन् । ३ लाख ‘डिपोजिट’ गर्न लगाएर १६ दिनसम्म उपचार गरी अस्पतालले एकैचोटि १६ लाख रुपैयाँको बिल तिर्न लगाएको पीडितको दाबी छ । अस्पतालले उपचार गरेको १६ दिनपछि ‘योभन्दा ...

Read More »

नेपाली नागरिककै सन्तान नगरिकता पाउनबाट बन्चित

सप्तरङ्गी एफ.एम. दमक/साउन २९/ दमक नगर पालिका वडा नं. ९ झरना टोलका उराउ समूदायमा बाबुआमाको नागरिकता भएपनि छोराछोरीको नहुँदा धेरैलाई समस्या परेको छ । अगिंकृत तथा जन्मका आधारमा बुवा आमाको नागरिकता भए पनि संवैधानिक अड्चनका कारण यो समस्या आएको हो । हिमालय चिया बगान क्षेत्रमा विक्रम सम्बत् २०१८ साल देखि बसोवास गर्दै आएका उराउ समूदायमा नागरिकता नहुँदा बालबच्चाको जन्म दर्ता ...

Read More »

इलामको चुलाचुली गाउँपालीकामा डकर्मी तालीम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/साउन २९/ इलामको चुलाचुली गाउँपालीकामा डकर्मी तालीम सम्पन्न भएको छ । चुलाचुली गाउँपालीकाको आयोजना र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एन.एस.इ.टी) को प्राविधिक सहयोगमा गत साउन २२ गतेदेखि भएको भूकम्प प्रतिरोधि सँरचना निर्माण सम्बन्धी सातदिने तालीम आज सम्पन्न भएको हो । एन.एस.इ.टी का प्रतिनिधि समीर कुमार सिँह, हेमन्त गाँई र कपील रिजालको टीमले सैद्धान्तीक र प्रयोगात्मक तालिम दिएको ...

Read More »

लेटाङ ९ जाँतेको एक विद्यालयको खानेपानी ट्यांकीमा विष , पानी खाँदा १६ विद्यार्थी विरामी ४ जना गम्भिर

सप्तरङ्गी एफ.एम. दमक/साउन २९/ उत्तरी मोरङको लेटाङ नगरपालिका ९ जाँतेको एक विद्यालयमा विषाक्त पानी खाँदा १६ विद्यार्थी विरामी परेका छन् । जसमा चारजना विद्यार्थीको अस्वस्था गम्भीर रहेको छ । लेटाङको श्रीमाविमा विषादी मिसिएको ट्यांकीको पानी खाँदा गम्भीर बिरामी भएका चार जनाको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय लेटाङका ...

Read More »

झापा गौरादह वडा नम्बर ७ को वडा कार्यालयमा बिष्फोट

सप्तरङ्गी एफ.एम. दमक/साउन २९/ झापा गौरादह नगरपालीका वडा नम्बर ७ को वडा कार्यालयमा बिष्फोट भएको छ । आज बिहान पौने ७ बजे ग्वालडुब्बा बजार पुर्व पट्टि रहेको वडा कार्यालयको भवन नजिकै बिष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिनुभयो । बिष्फोट बाट झ्यालको सिसा फुटेको र कम्पाउण्ड वालको पिल्लरमा सामान्य क्षती भएको उहाँले बताउनु भयो । सुतलि बम जस्तो चिज बिष्फोट ...

Read More »

गौरादहका व्रोइलर कुखुरा पालक किसान संगठित

सप्तरङ्गी एफ.एम. दमक/साउन २८/ झापाको गौरादह नगरपालिका भित्रका व्रोइलर कुखुरा पाल्ने किसानहरु संगठित भएका छन् । नगरपालिका भित्र रही व्रोइलर कुखुरा पाल्ने किसानहरुलाई आइपर्ने समस्याहरुको समाधान गर्न व्रोइलर पालक किसान संघ गौरादह नगर समिति गठन गरिएको छ । गौरादह नगरपालिका वडा नं. ७ को सभाहलमा आज भएको किसानहरुको भेलाले भुपाल सिंह ताजपुरियाको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरेको छ । ...

Read More »

स्व.गणेश बस्नेत उत्कृष्ट पत्रकारीता पुरस्कार बाट बिष्णु सुब्बा पुरस्कृत हुने

सप्तरङ्गी एफ.एम. दमक/साउन २८/ मेची सहकारी संस्थाले हरेक बर्ष प्रदान गर्दै आएको स्वर्गिय गणेश बस्नेत स्मृति पत्रकारीता पुरस्कार बाट पत्रकार विष्णु सुब्बा पुरस्कृत हुनु हुने भएको छ । मेची सहकारी संस्थाका पूर्व अध्यक्ष स्व. बस्नेतको स्मृतिमा स्थापित सो पुरस्कारवाट यसवर्ष पत्रकार सुब्बालाई पुरस्कृत गर्ने निर्णय गरिएको सहकारीले जनाएको छ । सो पुरस्कार मेची सहकारी संस्थाको आगामी भदौ १२ गते हुने ...

Read More »

दमकमा रहेको मेचीसहकारी संस्थाको बार्षिक उत्सव तथा साधारणसभाका कार्यक्रमहरु सुरु

सप्तरङ्गी एफ.एम. दमक/साउन २८/ मेची सहकारी संस्था दमकले २२ बर्ष पुरा गरेको अवसरमा विविध कार्यक्रम सुरु गरेको छ । संस्थाले स्वास्थ्य जाँच, सचेतना कक्षा, पुरस्कार वितरण, रक्तदान, नेत्रदान र शरीर दान समेतको कार्यक्रम संचालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । २२ औं बार्षिकोत्सव तथा २४ औं साधारणसभाको पत्रकार भेटघाट कार्याक्रममा सो जानकारी दिइएको छ । सहकारीका बिभिन्न कार्यक्रमहरु आजै देखी ...

Read More »

ईलाममा स्कुलबस दुर्घटना हुँदा १४ बिद्यार्थि घाईते

सप्तरङ्गी एफ.एम. दमक/साउन २८/ मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका १, बाघखोरमा आज भएको स्कुल बस दुर्घटनामा १४ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको इलाममा उपचार हुन नसकेपछि झापाको बि एन्ड सी अस्पताल ल्याएर उपचार भैरहेको छ । इलाम र पाँचथरको सीमा राँकेबाट विद्यार्थी लिएर आउँदै गरेको साखेजुङस्थित आशादीप बोर्डिङ स्कुलको मे १ ख १९५५ नम्बरको बस दुर्घटना भएको हो ...

Read More »

दमकको होटल मुगामा आगलागी (फोटो फिचर)

सप्तरङ्गगी एफ.एम. दमक/साउन २८ दमक वडा नम्बर ५ मा रहेको मुगा होटलमा आज बिहान आगलागी भएको छ । बिहान साढे पाँच बजे तिर होटलको पार्टिहलमा अचानक आगलागी भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिनु भयो । बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आधा घण्टामा नियन्त्रणमा आएको आगलागी बाट होटलको पार्टिहल पुर्ण रुपमा क्षती भएको सञ्चालक ...

Read More »