Home / विजनेश (page 3)

विजनेश

झापामा सौर्य उर्जाबाट व्यवसायीक रुपमा बिधुत उत्पादन गर्न गगन पुरीको सम्योजकत्वमा दमक स्तरिय समिति गठन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १८/ झापामा सौर्य उर्जाबाट व्यवसायीक रुपमा बिधुत उत्पादन गर्नको लागी प्रक्रिया सुरु गरिएको छ । सोलार ईनर्जि बाट १० मेघावाट सम्म बिद्युत उत्पादन गर्ने लक्षका साथ स्थापना गरिएको झापा ईनर्जि लिमिटेड प्रा. लि. को जिल्ला भरी छलफल अघि बढाईएको झापा क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य बसन्त बानियाँले जानकारी दिनुभयो । यसै क्रममा आज दमक क्षेत्रका ...

Read More »

झापालाई मदिरा नियन्त्रित बनाउने कार्ययोजनालाई प्रभावकारी बनाउन मदिरा व्यवसायीहरु आफैं सक्रिय

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १६/ माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित बनाउने कार्ययोजनालाई प्रभावकारी बनाउन मदिरा व्यवसायीहरु आफैं लागेका छन् । स्थानीय स्तरमा समेत मदिरा व्यवस्थित बनाउने सरकारी कार्यक्रमलाई शसक्त कार्यान्वयन गराउन माइपश्चिमका मदिरा व्यवसायीहरु समेत आफै अग्रसर भएका हुन् । मेची मदिरा व्यवसायी संघ माइपश्चिम क्षेत्रीय समितिका अनुसार मदिरा व्यवस्थित गराउन माइपश्चिमका पाँचैवटा स्थानीय तहमा त्यससम्बन्धी जनचेतनासहित छलफल शुरु गरिने ...

Read More »

झापा उद्योग वाणिज्य संघ गौरीगञ्जको भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १२/ झापा उद्योग वाणिज्य संघ गौरीगञ्जको भवन शिलान्यास गरिएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले आज एक कार्यक्रमका बीच संघको भवन शिलान्यास गर्नुभयो । युवा व्यवसायी केशव कुमार अग्रवालले भवन निर्माणका लागि संघलाई गौरीगज– ३ मा १ कठ्ठा जग्गा दान दिनुभएको छ । गाउँपालिकाकाले भवन निर्माणका लागि बिनीयोजन गरेको १० लाख रुपैयाबाट भवन निर्माण शुरु गरिएको ...

Read More »

पुस्तक तथा स्टेशनरी व्यवसायी संघ झापाको नयाँ नेतृत्व चयन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ११/ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ झापाको नयाँ नेतृत्व चयन भएको छ । आज कन्काई नगरपालिकामा सम्पन्न चौथो जिल्ला अधिबेशनले देशबन्धु ढुंगेलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । गठित जिल्ला समितिको उपाध्यक्ष भगिरथ राई (जिवन), सचिवमा युवराज विवस, सहसचिवमा सुमन खनाल र कोषाध्यक्षमा गोपाल बुढाथोकी चुनिएका छन् । समितिको सदस्यहरुमा खगेन्द्र सुवेदी, रविन ...

Read More »

गरिमा बिकाश बैंक दमक शाखाको उद्घाटन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ११/ गरिमा बिकाश बैंकका दमक शाखा कार्यालयको आज सुभारम्भ गरिएको छ । दमक नगरपालीकाका प्रमुख रोमनाथ ओलीले आज बिहान एक कार्यक्रमका विच बैंकको ५८ शाखाको रुपमा दमक शाखाको सुभारम्भ गर्नु भयो । १२ बर्ष अघि तिन जिल्लालाई कर्यक्षेत्र बनाएर स्थापना भएको बैंकले हाल मुलुक भरी कार्यक्षेत्र बनाउँदै बिभिन्न जिल्लाहरुमा शाखा सञ्चालन गरिरहेको छ । दमक शाखा सुभारम्भको ...

Read More »

झापामा सौर्य उर्जाबाट व्यवसायीक विद्युत उत्पादन गरिने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ९/ झापामा सौर्य उर्जाबाट व्यवसायीक रुपमा बिधुत उत्पादन गरिने भएको छ । सोलार ईनर्जि बाट १० मेघावाट सम्म बिद्युत उत्पादन गर्ने लक्ष लिएर झापा ईनर्जि लिमिटेड प्रा. लि. दर्ता गरिएको झापा क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य बसन्त बानियाँले जानकारी दिनुभयो । काठमाडौं लगायत देश–बिदेशमा रहेका झापाका सांसद, पुर्व सांसद, ब्यवसायि र समाजिक अगुवाहरुको उपस्थितिमा हिँजो ...

Read More »

दमकमा रोयल मुगा होटल सञ्चालनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ८/ दमक– ५ स्थित गोर्खाली टोलमा आज देखि नयाँ व्यवस्थापनका साथ रोयल मुगा होटल सञ्चालनमा आएको छ । वेलायती सेनामा कार्यरत रन्दिप राईले नयाँ व्यवस्थापनका साथ रोयल मुगा होटल सञ्चालनमा ल्याउनु भएको हो । राई ३० वर्षदेखि वेलायती सेनामा कार्यरत हुनुहुन्छ । सञ्चालक राईका अनुसार बिदेशमा रहेर कमाएको रकमल र शिपको आप्mनै ठाँउमा लगानि गरी खानपीनसहित आवास, ...

Read More »

दमकमा नेको कन्सल्टेन्सीको शाखा स्थापना

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ७/ दमकमा नेको कन्सल्टेन्सीको सुभारम्भ गरिएको छ । सुनशरीको ईटहरीमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सीको दमकमा शाखा कार्यालय स्थापना गरिएको साखा प्रबन्धक सुरज बन्जराले जानकारी दिनुभयो । यस क्षेत्रका नागरिकहरुलाई घर नक्शा डिजायन, मुल्यांकन, सर्भे लगायतका सेवा दिन कन्सल्टेन्सीको स्थापना गरिएको शाखा प्रबन्धक बन्जराले बताउनु भयो । यहाँ बाट कन्सल्टेन्सी सम्बन्धि सम्पुर्ण परामर्श समेत उपलब्ध गराईने उहाँले बताउनु ...

Read More »

नगरपालीकाले कार्यबिधि नबनाउँदा दमक बसपार्कमा निर्माण गरिएको अपाङ्गमैत्री आधुनिक टर्मिनल भवन निर्माण सम्पन्न भएको दुई बर्ष पुग्दा पनि अझै सञ्चालनमा आउन सकेन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ७/ दमक बसपार्क क्षेत्रमा निर्माण गरिएको अपाङ्गमैत्री आधुनिक टर्मिनल भवन निर्माण सम्पन्न भएको दुई बर्ष पुग्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । दुई वर्षअघिनै बसपार्कको टर्मिनल भवन निर्माण सकिएपनि हालसम्म पनि निमयीत सञ्चालनमा आउन नसकेको हो । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत सहरी पूर्वाधार विकास कार्यक्रमअनुसार एक करोड पाँच लाख ४६ हजार रुपैयाँको लागतमा टर्मिनल ...

Read More »

दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २२ औं साधारणसभा सम्पन्न , नयाँ नेतृत्व चयनको लागी निर्वाचन समिति गठन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ७/ दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आज आफनो २२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नगर प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष पशुपतिराज गौतमले संस्थाको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भयो । प्रतिवेदनमा संस्था गएका तीन वटा आर्थिक बर्षका आयव्ययसहित चालु वर्षका लागि अनुमानित लक्ष्य, नीति तथा कार्यक्रम प्रस्तुत गरीएको ...

Read More »