Home / विजनेश (page 5)

विजनेश

झापाको गौरिगञ्जमा रहेको भन्सार कार्यालय स्तरोन्नति हुने

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ झापाको गौरिगञ्जमा रहेको भन्सार कार्यालय स्तरोन्नति हुने भएको छ । मेची भन्सार कार्यालय काकरभिट्टा कार्यालय प्रमुख टेक बहादुर अर्यालको नेतृत्वमा आएको टोलीले भन्सार कार्यालय राखिने ठाउँको स्थलगत अध्यन गरेको छ । गौरीगंजको खजुरगाछीमा रहेको भन्सार कार्यालय भवन सीमानाका बाट टाढा रहेकाले सीमाको नजिकमा कार्यालय राख्न आवश्यक रहेको भन्सार प्रमुख अर्यालले बताउनु भयो । भन्सार प्रमुख अर्यालले ...

Read More »

स्थानीय क्षेत्रमा नै फूलको उत्पादन बढे पछि व्यवसायीहरु घाटामा

सप्तरंगी एफएम / डिकेश लामा /  २१ कार्तिक २०७५ झापा÷स्थानीय क्षेत्रमा  उत्पादन बढे पछि भारतबाट फूल ल्याएर व्यवसाय गर्नेहरु घाटामा परेका छन् । झापाका ठूला फूल व्यवसायीहरुले यस बर्षको तिहारमा घाटा व्यहोर्नु पर्ने अवस्था आएको छ । आन्तरिक उत्पादनको बृद्धि र तिहार ढिलो भएको कारण व्यवसायीहरुले घाटा व्यहोर्नु परेको हो । बजारमा फूल अत्याधिक निस्किए पछि फूलको मुल्य तल झरेको ...

Read More »

झापा कमल गाउँपालीकास्थित फोनिक्स अंगे्रजी स्कुलको फुड फेस्टिवल कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/ व्यवहारिक ज्ञान र शीप विकासका लागि आज कमल गाउँपालिकामा रहेको फोनिक्स अंग्रेजी स्कुलका विधार्थीले आज फुड फेस्टिवल कार्यक्रम गरेका छन् । नजिक रहेको तिहारको अवसर पारेर विधार्थीहरुले सामुहिक भैलो गीत गाउँदै फुड फेस्टिवल गरेका हुन् । कक्षा ८ देखि १० सम्मका विधार्थीले फेस्टिवल संचालन गरेको विधालयका प्रिन्सिपल बद्री राईले बताउनु भयो । कार्यक्रममा प्याप्सन झापा जिल्लाका ...

Read More »

झापाको आलु पकेट क्षेत्रमा मेशिनबाट आलु रोप्न सुरु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/ ५ दिन लगाएर रोपिने आलु आधा घण्टा नभई रोपिसक्दा झापाका कृषकहरु दंग परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना व्यवसायिक कृषि उत्पादन केन्द्र अन्तर्गत झापाको एक मात्र आलु पकेट क्षेत्रमा मेशिनको प्रयोगबाट समूहले नै आलु खेती शुरु गरेका हुन् । १ विगाह आलु रोप्न ३० जना खेतालालाई १ दिन लाग्ने समय अव १ घण्टामा झरे पछि ...

Read More »

दमकको पाथिभरा चित्रमन्दिरमा चलचित्रहेर्न आउने दर्शकलाई बाँडियो कोल्ड कफि

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/ दमकको पाथिभरा चित्रमन्दिर दमकमा आज चलचित्र हेर्न आउने दर्शकलाई नेस्ली ब्राण्डको कोल्ड कफि निशुल्क बितरण गरिएको छ । चलचित्र भवनले नेस्ली कम्पनीको सहकार्यमा आफ्नो हलमा चलचित्र हेर्न आउने दर्शकलाई निशुल्क कोल्ड कफि बितरण गरिएको हो । आज दिनभरीका तिनै वटा शोमा चलचित्र हेर्न आउने दर्शकलाई कोल्ड कफि बितरण गरिएको पाथिभरा चलचित्र मन्दिरका व्यवस्थापक चैतन्य बरालले जानकारी ...

Read More »

चाडवार्ड नसकिंदै किसानहरुलाई धान काट्ने चटारो , जनशक्ति अभाव हुँदा पाकेको धान भित्र्याउन कठिनाई

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १४/ चाडबाड सक्किन नपाउदै किसानहरुलाई धान काट्न चटारो परेको छ । नेपालीहरुको महान चाड दशैँ सकिए लगत्तै तिहारको मुखमा धान पाक्नाले किसानहरुलाई धान थन्क्याउने चटारो परेको हो । किसानहरुले असार महिनामा दुःख गरेर लगाएको धानबाली थन्क्याउने बेलामा चाडबाड मान्नुपर्ने र धान काट्ने जनसक्ति नहुँदा समस्या थपिएको हो । पछिल्लो समय परम्परागत प्रबिधीलाई विस्थापन गर्दै नेपाली कृषकहरु अत्याधुनिक ...

Read More »

धानबालीमा रोग लागेपछि गौरादहका किशान चिन्तित

सप्तरङ्गी एफ.एम. दमक /  कात्तिक १२ , २०७५ धानमा रोग लागेर उत्पादन नहुने भएपछि झापाको गौरादह नगर क्षेत्रका धेरै किसानहरु यस बर्ष निराश बनेका छन् । देशभर धान राम्रो फलेको खवर आईरहेका वेला गौरादह नगरपालिका क्षेत्रका किसानहरु भने निराश बनेका हुन् । गौरादहका विभिन्न क्षेत्रमा करिव २ सय विगाह भन्दा धेरै भागमा सरकारले सुचिकृत नगरेको रन्जित र सर्ना धान  बोट ...

Read More »

अमेरीकाको मिनिसोटामा ६ जना भुटानी–नेपाली मुलका युवाद्वारा ग्रोसरी एण्ड किचन सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक कात्तिक ९अमेरीकाको मिनिसोटामा ६ जना नेपाली मुलका युवाले संयुक्त व्यवसाय सुरु गरेका छन् । पुर्वि नेपालका भुटानी शरणार्थि शिबिरमा लामो समय बिताएर तेस्रो देश पुनर्वासको क्रममा अमेरीका पुगेका ६ जना युवाले ग्रोसरी एण्ड नेपाली किचनको स्थापना गरेका हुन । ग्रोसरी र किचनका सम्पुर्ण समानहरु सुपथ मुल्यमा बिक्रि गर्ने गरी व्यवसाय सुरु गरेको गरेको सञ्चालक तिलक पक्वालले जानकारी ...

Read More »

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १००मिटर पुर्ब सरेको छ । नयाँ बजारको आज  एक कार्यक्रमलाईको बीच आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उदघाटन गर्नुभयो l कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री कार्कीले ग्वाल्डुबा बजार सुबिधा सम्पन्न गर्न बिस्तृत परियोजना प्रतिबेदन (DPR) तयार गरि अघि बढे प्रदेस सरकारबाट आबस्यक ...

Read More »

नेशनल ईलेक्ट्रोनिक्स दमकको दशैं तिहार धमाकामा उपभोक्ता खुशी

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ दमकमा रहेको नेशनल इलेक्ट्रोनिक्सले दशंैको अवसर पारेर सञ्चालन गरेको दशैं तिहार धमाका आज सम्पन्न भएको छ । बिभिन्न ईलेक्ट्रोनिक्स सामानमा आर्कषक छुटसहितको उपहार कार्यक्रम आज सकिएको ईलेक्ट्रोनिक्सका सञ्चालक रमेश लुईंटेलले जानकारी दिनुभयो । सञ्चालक लुईटेलका अनुसार दशंैको अवसर पारेर आप्mना उपभोक्ताहरुका लागि आर्कषक अफर सहितको कार्यक्रम राखिएको थियो । दुई दिनको लागी भनेर सुरु गरिएको कार्यक्रम ...

Read More »