Home / विजनेश (page 8)

विजनेश

गजुरमुखी ट्रेड लिंक दमकले ल्यायो यामाहा कम्पनीको नयाँ स्कुटी

सप्तरंगी एफएम / २५ भदौ २०७५ गजुरमुखी ट्रेड लिंक दमकले आज यामाहा कम्पनीको नयाँ स्कुटी सार्वजनिक गरेको छ । यामाहा कम्पनीको स्ट्रिट रयाली  स्कुटीलाई आजबाट बजारमा बिक्रिको लागी सार्वजनिक गरिएको ट्रेड लिंकका सञ्चालक सुरज आचार्यले जानकारी दिनुभयो । अत्याधुनिक प्रबिधिको स्टाईलिस स्कुटीलाई सञ्चालक आचार्यकी माता मित्रमायाँ आचार्य र उद्योग बाणिज्य संघ दमकका अध्यक्ष राजेन्द्र ढकालले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो । ...

Read More »

शुभलक्ष्मी सहकारी गौरादहको अध्यक्षमा प्रकाश कार्की निर्वाचित

सप्तरङ्गी एफ.एम. दमक/भदौ २४/ झापाको गौरादह १ स्थित शुभलक्ष्मी सहकारी संस्थाको अध्यक्षमा १,११३ मत प्राप्त गर्दै प्रकाश कार्की बिजयी बन्नु भएको छ । उहाँले आफ्ना प्रतिस्पर्धि नारायण घिमिरेलाई २ सय ८ मतले पराजित गर्नु भएको हो । घिमिरेले ९०५ मत मात्रै प्राप्त गर्नु भयो । त्यसैगरी उपाध्यक्षमा घिमिरे प्यानलबाट दिलिपकुमार भण्डारी बिजयी बन्नु भएको छ । उहाँले १,२२५ मत प्राप्त ...

Read More »

गौरादह स्थित शुभलक्ष्मी सहकारी संस्थाको बीसौं वार्षिक साधारण सभाको खुल्ला सत्र सम्पन्न

सप्तरंगी एफएम / गौरादह  /२२ भदौ २०७५ झापाको गौरादह १ स्थित शुभलक्ष्मी सहकारी संस्थाको २०औँ वार्षिक साधारण सभाको खुल्ला सत्र सम्पन्न भएको छ । सामुदायिक भवनको सभाहलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष फडिन्द्रराज दाहालले पेश गरेको वार्षिक प्रतिवेदनमा ८४ वर्ष उमेर पुरा भएका शेयर सदस्यहरुलाई घरैमा गएर ५ हजार सम्मको चौरासी मनाउने प्रतिवेदनमा उल्लेख गरिएको छ । गौरादहमा सहकारी पसल सञ्चालन ...

Read More »

दमकको कान्तिपुर सहकारीको अध्यक्षमा पुनः बासुदेव भट्टराई चयन

सप्तरङ्गी एफ.एम. दमक/भदौ २२/ दमक ५ मा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको आज सम्पन्न सातौं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । सहकारीको ४ बर्षे कार्यकालका लागि अध्यक्षमा पुनः बासुदेव भट्टराई निर्वाचित हुनुभएको छ । त्यसैगरी सहकारीको उपाध्यक्षमा प्रल्हाद पौडेल, सचिवमा दिपक प्रसाद गौतम, कोषाध्य गणेश कार्की, सह–सचिव सुरेश कुमार पौडेललाई चयन गरेको नवनिर्वाचित अध्यक्ष बासुदेव भट्टराईले जानकारी ...

Read More »

होटल वण्डरल्याण्ड दमकको दशैं तिहार अफर

सप्तरङ्गी एफ.एम. दमक/२२ भदौ २०७५ दमक वडा नम्बर ४ मा रहेको वन्डल्र्याण्ड होटलले नेपालीहरुको महान पर्व दशैं र तिहारलाई लक्षित गर्दै बिभिन्न आकर्षक अफरहरु ल्याएको छ । होटलमा भएको स्विमिङपुलमा आकर्षक छुट सहितको चाडपर्व अफर ल्याएको वण्डरल्याण्डका प्रबन्ध निर्देशक बिदुर लामाले बताउनु भयो । नेपालीहरुको महान चार्डमा स्विमिङ गर्न चाहने ग्राहकहरुलाई छुट सहितको अफर ल्याएको उहाँले बताउनु भयो । यसपाली ...

Read More »

चुलाचुलीमा पशुमा लाग्ने खोरेत रोगको महामारी

सप्तरंगी एफएम /कमल , २१ भदौ २०७५ पशुमा लाग्ने खोरेत रोगका कारण ईलाम चुलाचुली गाउँपालिकाका कृषकले यति वेला ठुलो आर्थिक भार सहनुपरेको छ । फाईल तस्बिर दुईवटा खुर भएका पशुमा लाग्ने  सरुवा रोग खोरेतका कारण  पशुको मुख र खुरमा घाउ हुने हुन्छ  जसका कारण पशु कमजोर हुँदै जाने दुध उत्पादनमा कमि आउने , गर्भिणि पशु तुहिने भर्खर जन्मेका पाडा वाछाको ...

Read More »

द एभरेस्टको सातौं साधारण सभा सम्पन्न,आगामी कार्यकालका लागि संचालक र लेखा सुपरिबेक्षण समिति सर्वसम्मत गठन

सप्तरंगी एफएम / दमक, २१ भदौ २०७५ दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमहरु गरि आज आफनो ७ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेशमा एक कार्यक्रम गरि उत्कृष्ट कारोवारी, कर्मचारी तथा पत्रकार पुरस्कृत गरि आफनो बर्षिक साधारणसभा सम्पन्न गरेको हो । त्यस्तै,वन्द सत्रले आगामी वर्षका लागि सञ्चालक तथा लेखा समिति समेत ...

Read More »

भूटानी शरणार्थीहरुको जिविकोपार्जनका लागि फूल खेतीको संभावना खोज्न जापानिज टोली दमकको शरणार्थि शिबिरमा

सप्तरङ्गी एफ.एम. दमक/भदौ २०/ भूटानी शरणार्थीहरुको जिविकोपार्जनका लागि फुल खेतीको संभावना खोज्न जापनिज टोलीले आज दमकमा रहेको भूटानी शरणार्थी क्षेत्रको अवलोकन गरेको छ । ओसाका कान्साई एक्पो २०२५ अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको टोली सहित शरणार्थी रेखदेख दातृ निकायका उच्च पदाधिकारीहरुले भूटानी शरणार्थी शिविर वेलडाँगी क्षेत्रको अवलोकन गरेका हुन् । शरणार्थी प्रभावित क्षेत्र दमक नगर पालिका वडा नंं ३ का वडा ...

Read More »

डाँफे सहकारीको एघारौं साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/भदौ २०/ दमकको डाँफे सहकारी संस्थाले आज आप्mनो एघारौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सहकारी महासंघका उपाध्यक्ष युवराज कंडेलको प्रमुख आतिथ्यतामा डाँफे सहकारीले आफ्नो साधारणसभा सम्पन्न गरेको हो । सहकारीका अध्यक्ष तुलाराम न्यौपानेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको सहजताको लागी डाँफे क्लब, उत्कृष्ट कारोबार गर्ने सदस्यको लागी ग्रिन कार्डको व्यवस्था, सदस्यलाई बिमा लगायतको व्यवस्था गरिएको जानकारी दिनुभयो ...

Read More »

देवेन्द्र दाहाल सहितको लगानीमा दमकमा नन फेब्रिक झोला उत्पादन फ्याक्ट्रिको सुरुवात

सप्तरङ्गी एफ.एम. दमक/भदौ १८/ दमक नगरपालीकाको प्लाष्टिक मुक्त दमक बनाउने अभियानमा सहयोग पु¥याउन नन फेब्रिक झोला उत्पादन तथा बिक्रि सुरु गरिएको छ । कसमस प्रा.लि.ले नन फेब्रिक झोला उत्पादनको लागी औपाचारीक रुपमा आज बाट आफ्नो सेवा सुभारम्भ गरेको हो । दमक वडा नम्बर ५ को भृकुटी चौकमा फ्याक्ट्रि र बिक्रि केन्द्र स्थापना गरि झोलाको उत्पादन र बिक्रि सुरु गरेको हो ...

Read More »