Home / अपराध (page 2)

अपराध

झापाको गौरिगञ्ज सिमा क्षेत्रको तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रिय

सप्तरङ्गी एफ.एम. दमक/असोज ११/ सशस्त्र प्रहरीबल बोर्डर आउट पोष्ट खजुरगाछीले सिमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्न सिमा क्षेत्रमा कडाई गरेको छ । लागुपदार्थ ओसारपसार र सेवन कर्ता तथा इजाजत बिनाका भारतीय नम्बर प्लेटका गाडीहरु नेपाल प्रवेश गर्न थालेको जनमानसबाट गुनासो आउनथालेपछि सिमाक्षेत्रका नाकाहरुमा सशस्त्र प्रहरीबल नेपालले कडाइगर्न थालेको छ । अबैध सामाग्री निकासी पैठारी गर्ने तस्करहरुलाई नियन्त्रण गर्न नाकाहरुमा सावधानीका ...

Read More »

झापाको हल्दिबारीमा ४ बर्षीया बालिका बलात्कृत

सप्तरङ्गी एफ.एम. दमक असोज ८ नातामा भान्जी पर्ने चार वर्षिया बालिका बलात्कार गरेको आरोपमा गएराती झापाको हल्दिबारी गाउँपालिका –३ जलथलका २१ वर्षीय युवक पक्राउ परेका छन । सोही वडाकी बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवैजनाको घरसँगै रहेकाले आरोपितको नाम नखुलाइएको जिल्लाका डिएसपी तथा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीका ...

Read More »

मोटरसाईकाल दुर्घटनामा नायब सुब्बाको निधन

सप्तरङ्गी एफ.एम. दमक असोज ७ झापाको कन्काई नगरपालीका सुरुङ्गामा आज बिहान भएको सवारी दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ । ईलामको चुलाचुली गाउँपालीकामा कार्यरत नायक सुब्बा जगत कोईरालाको सावरी दुर्घटनामा ज्यान गएको हो । ईलाम को ईलाम नगरपालीका घर भएको कोईराला ईलामबाट कार्यक्षेत्र चुलाचुली आउने क्रममा आज बिहान ९ बजे कन्काई नगरपालीकाको सुरुङ्गामा सवारी दुर्घटनामा पर्नु भएको हो । कोईराला ...

Read More »

काकरभिट्टाबाट लागुऔषध सहित दुई युवा पक्राउ

सप्तरङ्गी एफ.एम. दमक भदौ ३१ झापाको मेचीनगर नगरपालिका ५ स्थित नकलबन्दा एरियाबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिँजो दिउँसो लागुऔषध सहित दमक नगरपालिका वडा नम्बर ३ का २२ बर्षिय सुमित न्यौपाने र १९ बर्षिय मोती दर्जीलाई पक्राउ गरेको हो । उनीहरु माथी शंका लागि चेकजाँच गर्ने क्रममा लागुऔषध लुपिजेसिक १७ एम्पुल, फेनारागन १७ एम्पुल र डाईजेपाम ...

Read More »

निर्मलाका निम्ति न्याय माग्दै दमकमा प्रदर्शन

सप्तरङ्गी एफ.एम. दमक/भदौ ३०/ कञ्चनपुरकी बालीका निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा संलग्न पक्राउ पर्न नसकेकोमा दबाब दिनको लागी दमकमा आज दबाब कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नागरिकहरुको स्वतस्फुर्त सहभागीता रहेको थियो । चौतर्पफी  बिरोध हुँदापनि घटनामा संलग्नलाई अहिलेसम्म सरकारले पक्रउ गर्न नसकेको भन्दै निर्मलाका निम्ति न्याय नामक कार्यक्रम गरिएको आयोजक युथ नेटवर्क दमकका सल्लाहकार मोहन ढुंगाना (मेचि पुत्र) ...

Read More »

निर्मलाका निम्ति न्याय माग्दै दमकमा आज दिउँसो १ बजे नागरिक भेला हुने

सप्तरङ्गी एफ.एम. दमक/भदौ ३०/ कञ्चनपुरकी बालीका निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा संलग्न पक्राउ पर्न नसकेकोमा दबाब दिनको लागी दमकमा आज दबाब कार्यक्रम हुने भएको छ । चौतर्पिm बिरोध हुँदा पनि घटनामा संलग्नलाई अहिले सम्म सरकारले पक्रउ गर्न नसकेको भन्दै निर्मलाका निम्ति न्याय नामक कार्यक्रम गर्न लागीएको आयोजक युथ नेटवर्क दमकका सल्लाहकार मोहन ढुंगाना (मेचि पुत्र) ले जानकारी दिनुभयो । ...

Read More »

दमकका व्यवसायी खेमराज पौडेलको हत्याको बिरोधमा गौरिगञ्ज बजार बन्द , दमकमा मौन ¥याली

सप्तरङ्गी एफ.एम. दमक/भदौ २८/ दुई दिन अघि झापाको गौरीगञ्जमा हत्या गरिएका दमकका व्यवसायी खेमराज पौडेलको शोकमा आज गौरीगञ्ज वजार वन्द भएको छ । झापा उद्योग वाणिज्य संघको आव्हानमा आज एक दिन त्यस क्षेत्रको वजार वन्द गरिएको संघका अध्यक्ष मखना महतोले बताउनुभयो । शोकका कारण गौरीगञ्ज र खजुरगाछीका वजार, पसलहरु वन्द भएका छन् । यसैगरि संघले व्यवसायी हत्याको घटनाले असुरक्षा बढेको ...

Read More »

सुनसरीमा जनप्रतिनिधिकै संलग्नतामा भारतीयलाई नागरिकता

सप्तरङ्गी एफ.एम. दमक/ २७ भदौ २०७५ सुनसरीमा जनप्रतिनिधिकै संलग्नतामा गैर नेपालीलाई नागरिकता दिइएको खुलासा भएको छ । हरिनगरा गाउँपालिका ३ का वडाअध्यक्ष अरविन्दकुमार मेहेताले आर्थिक प्रलोभनमा परी भारतिय नागरिक सन्तोष कुमार साहलार्ई नेपाली नागरिकता दिलाएका हुन् । नागरिकता लिने साह भारत बिहार राज्यको अररिया जिल्लाको फुलकाहाका नागरिक हुन । उनको भारतिय निर्वाचन आयोगको परिचय पत्र समेत छ । हरिनगर गाउँपालिका ...

Read More »

विभिन्न समयमा चोरी भएका ३४ वटा मोवाइल ईप्रका दमकद्वारा सम्बन्धित धनीलाई फिर्ता

सप्तरङ्गी एफ.एम. /दमक/ २७ भदौ २०७५ विभिन्न समयमा चोरी भएका ३४ वटा मोवाइलहरु इलाका प्रहरी कार्यालय दमकले सम्बन्धित धनीलाई फिर्ता गरेको छ । गत पुसदेखि चोरी भएका विभिन्न किसिमका मोवाइलहरु प्रहरीले खोजतलास गरि ३४ जना सम्बन्धित मोवाइल धनीलाई फिर्ता गरिएको प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिनुभयो । उहाँले चोरी भएका मोवाइलहरु प्रहरीको खोजतलासबाट वरामद गरि मोवाइल धनीलाई नै वोलाएर ...

Read More »

पसलको उधारो रकम उठाउन गएका दमकका एक व्यवसायीको झापाको गौरिगञ्जमा अपहरण पछि हत्या

सप्तरङ्गी एफ.एम. दमक/भदौ २६/ पसलको उधारो रकम उठाउन गएका दमकका एक व्यवसायीको झापाको गौरिगञ्जमा अपहरण पछि हत्या गरिएको छ । दमक वडा नम्बर ६ थाना पुर्व पट्टि कपडा व्यवसाय गर्दै आएका कमल गाउँपालिका–६ मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार हत्या गरी फालिएको पौडेलको शव ...

Read More »