Home / राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

प्रदेश एक सरकारको “एनिभर्सरी”,बहुमत २ तिहाई उपलब्धि शुन्य

सप्तरंगी एफएम /३ फागुन २०७५  प्रदेश नम्बर १ मा सरकार गठन भएको हिँजो फागुन २ गते एक बर्ष पुगेको छ । मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा दुईतिहाई बहुमत प्राप्त सरकारको एक बर्षको उपलब्धी भने शून्य देखिएको छ । विडम्वना त के छ भने सरकार गठन भएको एक वर्ष पूरा हुँदासम्म प्रदेश मन्त्रिमण्डले पूर्णता समेत पाउन सकेको छैन भने प्रदेशको नाम र ...

Read More »

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरकाे यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको ज्यान गएको छ ।  बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजीकबाट बस भेरीमा खसेको हो । बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ...

Read More »

मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेका छन् :गृहमन्त्री थापा

सप्तरङ्गी एफ.एम. दमक फागुन १गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । मन्त्री थापाले आज कर्मचारीसँग जिल्ला प्रशासन कार्यालय झापामा गरिएको भेटघाट कार्यक्रममा राज्य विरोधी शक्ति सल्बलाउन थालेका कारण सजग रहनसमेत निर्देशन दिनुभयो । उहाँले झापामा पृथकतावादीको त्यति धेरै बिगबिगी नभए पनि जाति, धर्मका नाममा देशलाई ...

Read More »

विराटनगर उच्च अदालतका थप २ न्यायाधीश न्यायपरिषद् सचिवालयमा तानिए

सप्तरङ्गी एफ.एम. दमक माघ २९ न्यायिक विचलन भेटिएको भन्दै विराटनगर उच्च अदालतका थप २ न्यायाधीशलाई न्यायपरिषद् सचिवालयमा तानिएको छ । ३८ सय किलो सुन प्रकरणमा पक्राउ परी मुद्दा खेपेका अभियुक्तलाई धरौटी र साधारण तारेखमा रिहा गर्न आदेश दिँदा न्यायिक मर्यादा पालन नगरेको भन्दै न्यायाधीशद्व जनक पाण्डे र साधुराम सापकोटालाई न्यायपरिषद् सचिवालयमा तानिएको हो । यसअघि पनि ५ न्यायाधीश सारंगा सुवेदी, ...

Read More »

इलाम नगरपालिका प्रयोग भइसकेका प्लाष्टिकजन्य फोहोर खरीद गर्दै

सप्तरङ्गी एफ.एम. दमक / २९ माघ २०७५ इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरीद गर्न थालेको छ । वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो १५ रुपैयाँ का दरले प्लाष्टिकजन्य फोहर खरीद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । प्लाष्टिक खरीद गर्न माघ एक गतेबाट ...

Read More »

दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै उत्कृष्ठ

सप्तरङ्गी एफ.एम. दमक / २९ माघ २०७५ दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै उत्कृष्ठ खानेपानी संस्थाका रुपमा छनौट भएको छ । नगर विकास कोषले ऋण लगानी गरेका देशभरिका खानेपानी तथा सरसफाई आयोजनाहरु मध्येबाट दमक यसवर्ष उत्कृष्ठ संस्थाका रुपमा छनौट भएको हो । कोषमार्फत देशभरि ९० वटा खानेपानी आयोजना सञ्चालित छन् । कोषले संस्थाको कार्यसम्पादनलाई मूल्याङ्गकन गरेर उत्कृष्ठ छनौट गरेको ...

Read More »

झापामा बर्षेनी २ अर्वको सुपारी उत्पादन हुँदै ,दक्ष प्राविधिक नहुँदा किसान समस्यामा

सप्तरंगी एफएम /२७ माघ २०७५/डिकेश लामा झापा / झापा नेपालकै सवैभन्दा धेरै सुपारी उत्पादन हुने जिल्लाको रुपमा चिनिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ सुपारी जोन झापाको तथ्याङ्क अनुसार ६८ हजार मेट्रिक टन बार्षिकरुपमा सुपारी उत्पादन हुने बताइएको छ । अहिलेको बजार मुल्यमा २ अर्व भन्दा धेरै रकम सुपारीले साट्न सक्छ । तर पछिल्लो समय सुपारीमा आएको विभिन्न रोग ...

Read More »

झापामा खोला दोहन बढ्दै ,नहर देखि तटबन्धनमा समेत नोक्शानी

सप्तरंगी एफएम दमक /२६ माघ २०७५ /डिकेश लामा झापामा यस बर्ष स्थानीय स्तरबाट लगाइएको नदि तथा खोलाको ठेक्कामा अनुगमन नुहँदा चरम दोहन भईरहेको छ । संघीय संरचना अनुसार स्थानीय तहले ठेक्का लगाउने अधिकार पाए पछि भ्याट सहित गत बर्ष १३ करोड ३३ लाखमा लागेको ठेक्का यस बर्ष ७ स्थानीय तहबाट २१ करोड हाराहारीमा लागेको छ । हरेक बर्ष नदि तथा ...

Read More »

नियम बिपरित दशगजामा भारतीय बस्ति

सप्तरंगी एफएम, दमक / २४ माघ २०७५ / डिकेश लामा झापासँग सिमा जोडिएको भारतको बिहार राज्य अन्तर्गत किसनगञ्ज स्थित फत्तेपुर दश गजा क्षेत्रमा ६० घर परिवारको बस्ती रहेको छ । यस्ता बस्तीहरु अन्य क्षेत्रमा समेत बार्षिकरुपमा बढ्दै गईरहेका छन् । अन्तराष्ट्रिय नियम अनुसार दशजगा क्षेत्रमा दुवैले देशले उपभोग गर्न तथा भौतिक संरचना बनाउन नपाईने नियम भए पनि बार्षिकरुपमा बस्ती बढ्दै ...

Read More »

मुलुककै अब्बल मानिएको दमकको हिमाबिमा बिद्यालय प्रसासनको लापरवाहीका कारण ५ बर्षिय बालक विद्यालयको चर्पी कोठामा दुई घण्टा बढी थुनिए

सप्तरङ्गी एफ.एम.दमक/माघ १७/दमक २ मा रहेको मुलुककै अब्बल मानिएको हिमालय माध्यमिक बिद्यालय प्रसासनको लापरवाहीका कारण एक बालक विद्यालयको चर्पी कोठामा दुई घण्टा बढी थुनिएका छन् ।सोहि विद्यालयमा अध्ययनरत दमक २ डाकिनीका ५ वर्षिय चेतन अधिकारी प्रशासनको लापरवाहीका कारण अस्ति मंगलवार दुई घण्टा बढी चर्पी कोठामा थुनिएका हुन् । विद्यालय छुटेर छोरा घर नआएपछि खोजी गर्दा चर्पीमा थुनिएको पाईएको वुवा मोहन ...

Read More »