Home / राष्ट्रिय समाचार (page 10)

राष्ट्रिय समाचार

गाउँको विचमा खोल्नलागीएको सिमेन्ट फ्याक्ट्रिले प्रदुसण बढाउने भन्दै कमल १ तोपगाछीका स्थानियको बिरोध

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २९/ झापाको कमल गाउँपालिका १ का स्थानीयबासीले सिमेन्ट कारखाना अथवा इट्टाभट्टा सञ्चालन हुँदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने र गाउँ छाडेर विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने भन्दै सञ्चालन अनुमति नदिन माग गरेका छन् । साबिक तोपगाछी २ मा दमकका ब्यवसायी गुणराज थापाले सञ्चालनमा ल्याउन लागेको सिमेन्ट कारखाना घना बस्ती भित्र पर्ने भन्दै टोल बिकास समितिले कुनै पनि हालतमा ...

Read More »

पार्टिको वर्तमान नेतृत्वबाट कांग्रेस बलियो हुन सक्दैन : डा.मिनेन्द्र रिजाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २९/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले कांगे्रसको वर्तमान नेतृत्वबाट पार्टी बलियो हुन नसक्ने जिकीर गर्नुभएको छ । कांग्रेसलाई अव वलियो वनाउन सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका पाका नेताहरुले नेतृत्व गर्न नहुने उहाँको भनाई थियो । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले आज दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै पूर्वमन्त्री समेत रहनुभएका नेता ...

Read More »

झापाको गौरिगञ्जमा रहेको भन्सार कार्यालय स्तरोन्नति हुने

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ झापाको गौरिगञ्जमा रहेको भन्सार कार्यालय स्तरोन्नति हुने भएको छ । मेची भन्सार कार्यालय काकरभिट्टा कार्यालय प्रमुख टेक बहादुर अर्यालको नेतृत्वमा आएको टोलीले भन्सार कार्यालय राखिने ठाउँको स्थलगत अध्यन गरेको छ । गौरीगंजको खजुरगाछीमा रहेको भन्सार कार्यालय भवन सीमानाका बाट टाढा रहेकाले सीमाको नजिकमा कार्यालय राख्न आवश्यक रहेको भन्सार प्रमुख अर्यालले बताउनु भयो । भन्सार प्रमुख अर्यालले ...

Read More »

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय पथरीले बाबुलाई पक्राउ गरेको छ । उक्त व्यक्तिले आफ्ना १२ बर्षिय र १४ बर्षिय छोरीलाई पटक पटक जवरजस्ती करणी गरेको आरोपमा कात्तिक २० गते प्रहरीले पक्राउ गरेको हो । मामाको घर गएको बेला दुई बालीकाहरु घर फर्कन नमाने पछि ...

Read More »

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । त्यसैगरी चार वटा चौपाया समेत मरेका छन् । झापाको कन्काई नगरपालीकामा पिकअप भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । कनकाई नगरपालिका १ दुर्गापुरमा आज बिहान भएको दुर्घटनामा दोलखा डिबु गाउ“पालिका ४ की ५७ ...

Read More »

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले बताउनु भएको छ । झापाको विर्तामोडमा रहेको पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले तल्लो तहसम्म पार्टी एकिकरणलाई जतिसक्दो चाँडो पूर्णता दिने प्रकृयामा लाग्नु पर्ने बताउनु भयो । सरकार मुलुकको विकास निर्माण गर्ने काममा केन्द्रित भएर अगाडि बढेको ...

Read More »

भूटानी शरणार्थीको समस्या समाधानका लागि स्वदेश फिर्तीको माग गर्दै ज्ञापन पत्र

२० कार्तिक, २०७५ / डिकेश लामा भूटानी शरणार्थीको समस्या समाधानका लागि स्वदेश फिर्ती गराउँन माग गर्दै आज शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायमा ज्ञापन पत्र बुझाइएको छ । २६ बर्ष देखि पूर्वी नेपालमा बस्दै आएका भूटानी शरणार्थीहरु मध्ये घर फिर्ती चाहाने शरणार्थीहरुको माग कार्यन्वयन गराउँन राष्ट्रिय पुनर्मिलन केन्द्र भूटानले आज ज्ञापन पत्र बुझाएको हो । पत्र बुझाउँदै केन्द्रका अध्यक्ष ...

Read More »

ईलामको चुलाचुलीमा पहिलो पटक बिजुली बलेपछि गाउँलेहरु हर्षित

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २० / ईलामको चुलाचुली गाउँपालीका को दुई ३ र ४ नम्बर वडाका बिभिन्न गाउँहरुमा पहिलो पटक बिद्युत बालिएको छ । बर्सौं देखी अँध्यारोमा बस्दै आएको गाउँलेहरु तिहार संगै गाउँमा बिजुली बल्न थालेपछि हर्षित भएका छन् । गाउँपालीका, वडा कार्यालय र स्थानियबासीहरुको सहकार्यमा वडा नम्बर ३ का गिरी टोल, मिलन चौक साथै वडा नम्बर ४ का सातपत्रे, लोकमार्ग चौक ...

Read More »

झापाको गौरादह ९ बैगुन्धुरास्थित दहगाउँको सिमासार क्षेत्रलाई पर्यटन प्रवद्र्धनका रुपमा विकास गरिने

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/ झापाको गौरादह नगरपालिका वडा नं ९ बैगुन्धुरा बजारबाट करिब ३ किलोमिटर नजिकै पर्ने दहगाउँको सिमासार क्षेत्रलाई पर्यटन प्रवद्र्धनका रुपमा विकास गरिने भएको छ । सन्थालबस्ती क्षेत्रमा रहेको दहगाँउ खाली सिमसार क्षेत्रलाई आन्तरिक पर्यटन, प्रवद्र्धन गर्न स्थानीयहरुले तयारी थालेका छन् । स्थानीय राजनीतिक तथा सामाजिक अगुवा चन्द्र बहादुर खड्काले बर्षौं अघिदेखि दहका रुपमा रहेको त्यस स्थानमा पानीको ...

Read More »

राज्यको कमजोरीका कारण मुलुकमा बेथति बढ्दै गयो : मिन विश्वकर्मा

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन विश्वकर्माले राज्यका कमजोरीका कारण मुलुकमा बेथति बढ्दै गएको बताउनुभएको छ । आज दमकमा कांग्रेस नगर समितिले पार्टी कार्यालयमा शुभदीपावली तथा छठ पर्व –२०७५ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदानसहित चियापान कार्यक्रममा बोल्नुहुदै नेता विश्वकर्माले सरकारको कार्यशैलीले मुलुकमा चौतर्फी वेथति बढ्दै गएको आरोप लगाउनुभयो । दुई तिहाईको वर्तमान सरकार बाटोविहीन तर्फ ...

Read More »