Home / राष्ट्रिय समाचार (page 14)

राष्ट्रिय समाचार

प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुंगिने आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको भनाई

सप्तरङ्गी एफ.एम. दमक/भदौ २७/ प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिम्मत कार्कीले प्रदेशको नामाकरण र राजधानी राख्ने विषयमा निकट अवस्थामा पुगिएको बताउनु भएको छ । झापाको गौरादहमा आज पत्रकारहरु संग कुराकानी गर्दै मन्त्री कार्कीले प्रदेशले चाडै नामाकरण र राजधानीको स्थान पाउने वताउनुभयो । प्रदेशको नामको लागी कोशी, सगरमाथा, कञ्चनजङ्गा, किरात, मेचे, लिम्बुवान लगायतका नामहरु प्रस्ताववित भएकाले नाम ...

Read More »

प्रधानमन्त्री केपी ओलीले गत भदौ ५ गते मोरंगको विराटनगरमा उद्घाटन गरेको गोबर ग्याँस एक महिना पनि नपुग्दै बिग्रियो

सप्तरङ्गी एफ.एम. दमक/भदौ २७/ प्रधानमन्त्री केपी ओलीले गत भदौ ५ गते मोरंगको विराटनगरमा उद्घाटन गरेको गोबर ग्याँस एक महिना पनि नपुग्दै बिग्रिएको छ । घरमा पुगेको पाइपमा महिना दिन नपुग्दै ग्यास आउन छोडेको छ । गोबर ग्याँसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आज ३२ घरले सिलिन्डरका डल्ला फाले । अब केहि दिन पछि अरु सबैले फाल्छन् भन्नु भएको थियो तर चाडवाडको ...

Read More »

पसलको उधारो रकम उठाउन गएका दमकका एक व्यवसायीको झापाको गौरिगञ्जमा अपहरण पछि हत्या

सप्तरङ्गी एफ.एम. दमक/भदौ २६/ पसलको उधारो रकम उठाउन गएका दमकका एक व्यवसायीको झापाको गौरिगञ्जमा अपहरण पछि हत्या गरिएको छ । दमक वडा नम्बर ६ थाना पुर्व पट्टि कपडा व्यवसाय गर्दै आएका कमल गाउँपालिका–६ मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार हत्या गरी फालिएको पौडेलको शव ...

Read More »

अदातली प्रक्रिया जटिल हुनाले सबै नेपाली न्यायको पहँुचमा छैनन् : शुशिला कार्की

सप्तरङ्गी एफ.एम. दमक/भदौ २६/ पुर्व प्रधान न्यायाधिस शुशिला कार्कीले अदातली प्रक्रिया जटिल भएकोले सबै नेपाली नागरिकहरु अहिले न्यायको पहँुचमा नरहेको बताउनु भएको छ । युथ नेटवर्कले दमकमा आज आयोजना गरेको न्यायमा आम नागरिकको पहुँच शिर्षकको अन्तरसम्बाद कार्यक्रममा बोल्दै उहाँले झन्झटिलो र ढिलो न्यायीक प्रक्रियाका कारण नागरिकहरु भरसक अदातल जान नपरोस् भन्ने अवस्थामा रहेको बताउनु भयो । सरकार र अदालतले सहि ...

Read More »

कन्काईमाईले धार परिवर्तन गरेपछि झापामा बन्दै गरेको पुल काम नलाग्ने खतरा

सप्तरंगी एफएम , दमक /डिकेश लामा /  २२ भदौ २०७५ खोलाले धार परिवर्तन गरे पछि हुलाकी राजमार्ग अन्तर्गत झापा गाऊँपालिका वडा नं. २ स्थित सानोमाइ खोलामा निर्माणाधीन पुल छोटो हुने भएको छ । झापाको दक्षिणी क्षेत्रबाट संचालनमा ल्याउन लामो समय देखि शुरुवात गरिएको हुलाकी राजमार्ग अन्तर्गतको सानो माई खोलामा यस्तो समस्या आएको हो । सानोमाई खोलामा ११ मीटर चौडाई र ...

Read More »

दमक जेसीजको ३८औं बार्षिकउत्सव मा डष्टविन वितरण

सप्तरङ्गी एफ.एम. दमक/भदौ २२/ दमक जेसीजले आज आफ्नो ३८ औ बार्षिकोत्सब विभिन्न कार्यक्रम गरि मनाएको छ । जेसीज सचिवालयमा भएको सो कार्यक्रममा जेसीज परिवारवीच शुभकामना आदनप्रदान गर्नुका साथै फोहोर ब्यबस्थापनका लागि जेसिज टोलका बासिन्दाहरुलाई डस्बिन बितरण गरिएको छ । बार्षिकोत्सक कार्यक्रमका अवसर पारेर जेसीजले टोलका २२ परिवारलाई फोहोर व्यवस्थापन गर्न डस्बिन बितरण गरेको कार्यक्रम संयोजक सन्दिप चापागाईंले जानकारी दिनुयभो । ...

Read More »

दमक नगरपालीका र प्रतिपक्षि दलहरु विच बिबाद समाधानको सहमति

सप्तरङ्गी एफ.एम. दमक/भदौ २२/ दमक नगरपालीका र प्रतिपक्षि दलहरु विच नगरपालीका बिभिन्न बिबादहरु समाधान गर्ने बिषयमा सहमती भएको छ । नगरपालीकाले जनताको ढाड सेक्ने गरी कर बृद्धि गरेको, आफ्ना आसेपासेलाई मात्रै खुशी पार्ने गरी शिक्षा ऐन ल्याएको, बिकास निर्माणको काममा अन्य दलहरुको कुरा नसुनी एकलौटी गरेको भन्दै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको अगुवाईमा दमकमा क्रियासिल दलहरुले पटक पटक बिरोध गर्दै ...

Read More »

करलाई व्यवहारिक र विवादरहीत बनाउनुपर्नेमा जोड

सप्तरंगी एफ एम / बिर्तामोड, २० भदौ २०७५ जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका अगुवाहरुले स्थानीय तहको करलाई व्यवहारिक र विवादरहीत बनाउनुपर्नेमा जोड दिएका छन् । स्थानीय तहले निर्धारण गरेको करका कारण पछिल्लो समय विभिन्न क्षेत्रमा विरोध र विवाद बढेको भन्दै बुधबार उनीहरुले करको दर घटाउन र दायरा बढाउन सुझाव दिएका छन् । नागरिकलाई बाध्यताले होइन, रहरले कर तिर्ने ...

Read More »

दमकको हिमालय माध्यमिक बिद्यालयका प्रधान अध्यापक बिष्णुकान्त झा प्रवल जनसेवा श्री पुरस्कारबाट सम्मानीत

सप्तरङ्गी एफ.एम. दमक/भदौ १९/ दमकको वडा नम्बर २ मा रहेको मुलुककै उत्कृष्टमा पर्ने हिमालय माध्यमिक बिद्यालयका प्रधान अध्यापक बिष्णुकान्त झा प्रवल जनसेवा श्री पुरस्कारबाट सम्मानीत हुनु भएको छ । नेपाल सरकारको शिफारिसमा प्रत्येक बर्ष बिभिन्न क्षेत्रमा बिषिष्ट गोगदान गर्ने व्यक्तिलाई यो पुरस्कार राष्ट्रपतिबाट प्रदान गरिँदै आएको छ । आज शितलनिवासमा आयोजीत एक कार्यक्रमका विच प्रधान अध्यापक झा पुरस्कृत हुनु भएको ...

Read More »

दमकमा बृहत रथ यात्रा निकालीयो (फोटो फिचर)

सप्तरङ्गी एफ.एम. दमक/भदौ १८/ दमकमा आज बृहत रथ यात्रा निकालीएको छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा बिगतका बर्षहरु देखि निकालिंदै आएको रथ यात्रालाई यस बर्ष पनि निरन्तरता दिईएको हो । दिउँसो १ बजे राधामाधव समितिको राधे राधे मन्दिर बाट निकालीएको रथ यात्रा नगरबासीको ठुलो उपस्थिति रहेको थियो । मुख्य चौकबाट फर्निचरलाईन हुँदै संखधर साख्वा चौकबाट भृकुटी चौक हुँदै फाल्गुनन्द चौक ...

Read More »