Home / राष्ट्रिय समाचार (page 21)

राष्ट्रिय समाचार

प्रदेश १ सरकारले सार्वजनिक बिदाको घोषणा गरे पनि संघीय सरकार अन्तर्गतका कार्यालय भने खुल्लै ,केन्द्रीय सरकार र प्रदेश सरकारबीच तालमेल नमिल्दा संघियताको अभ्यासमा समस्या ।

सप्तरङ्गी एफ.एम. / गौरादह /साउन २४ ,२०७५ विश्व आदिवासी दिवसको अवसरमा आज प्रदेश १ सरकारले सार्वजनिक बिदाको घोषणा गरे पनि संघीय सरकार अन्तर्गतका कार्यालय भने खुलेका छन् । गृह मन्त्रालयले बिदाको सूचना नपठाएपछि संघीय सरकार अन्तरगतका जिल्ला प्रशासन, प्रहरी, मालपोत, नापी लगायतका कार्यालय खुलेका हुन । कसको आदेश मान्ने अन्योलमा रहेका संघीय सरकार अन्तर्गतका कर्मचारी विदाको विषयमा खुलेर बोल्न सकेका ...

Read More »

प्रकाण्ड पक्राउपछि विप्लव आक्रोशित : नेपाल बन्दसहितका कार्यक्रम घोषणा

सप्तरङ्गी एफ.एम. दमक/साउन २३/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ । पछिल्लो पटक स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नै पक्राउ परेपछि विप्लव सरकारप्रति आक्रोशित बनेका हुन् । पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि महासचिव विप्लवले नेपाल बन्द सहितका साउन २५ देखि २९ सम्मका विरोधका कार्यक्रम घोषणा ...

Read More »

नेकपाको प्रवक्ताबाट दिएको राजिनामा फिर्ता लिन आग्रह गर्दा केपि ओली र प्रचण्डलाई नारायणकाजीले दिए यस्तो जवाफ

सप्तरङ्गी एफ.एम. दमक/साउन २३/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवक्ताबाट राजीनामा दिनु भएका नारायणकाजी श्रेष्ठले पार्टी नेतृत्वले राजीनामा फिर्ता लिन गरेको आग्रहलाई अस्वीकार गर्नु भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालले गरेको आग्रहलाई उहाँले अस्वीकार गर्नु भएको हो । बैठकमा सहभागि एक सचिवालय सदस्यले, दुबै अध्यक्षबाट राजीनामा फिर्ता लिन प्रस्ताव आएको ...

Read More »

श्रीमतीलाई बलात्कार गरेको आरोपमा झापाको बिर्तामोडबाट एक व्यक्ति पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/साउन २१/ इच्छाविपरीत श्रीमतीसँग यौन सम्बन्ध राखेको आरोपमा प्रहरीले झापाको बिर्तामोड बाट एक व्यक्तिलाई पक्राउ गरेको छ । २२ वर्षीया श्रीमतीले २७ वर्षीय श्रीमान्माथि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । श्रीमान्ले चाहना विपरीत जबरजस्ती यौनसम्पर्क गरेको भन्दै ती महिलाले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरी वैवाहिक बलात्कार मुद्दा दर्ता ...

Read More »

आगामी ४ बर्षमा गौरादहबाट फुस्को छाना बिस्थापित हुने

सप्तरङ्गी एफ.एम. दमक/साउन २०/ झापाको गौरादह नगरपालीकाले आगामी ४ बर्ष भित्रमा नगर भित्र बाट फुसको छाना बिस्थापित गर्ने भएको छ । नगरपालीकाले यसै आर्थिक बर्षमा नगर भित्र रहेका २ सय परिवारको घरमा भएको फुसको छाना हटाएर जस्ता पाता खरिद गर्न बजेट बिनियोजन गरेको नगर प्रमुख रोहित कुमार शाहले जानकारी दिनुभयो । नगरपालीकाले चालु आर्थिक बर्षमा नगर भित्र रहेका बिपन्न समुदायको ...

Read More »

मोरङको पथरीशनिश्चरेमा कालोपत्रे सडक बनेको ३ दिनमै उप्कियो

सप्तरङ्गी एफ.एम. दमक/साउन १७/ मोरङको पथरीशनिश्चरे १ शिखरचौक देखि हनुमान चौक सम्म २ सय ४० मिटरको कालोपत्रे सडक बनेको ३ दिनमै उप्किएको छ । नगरको ४८ घनमिटर काम ठेक्का मार्फत हिवा निर्माण सेवाक प्रोपाईटर खुम बहादुर थापालाई जिम्मा दिएको थियो । असार मसान्तमा हतारहतार नगरले पथरशनिश्चरे नगरको पथरीबजार बाट बहुमुखी र शिखर चौकबाट हनुमान चौकमा बिग्रिएको बाटो बनाउन भनेर ९ ...

Read More »

युएईमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफी , नेपालीले पनि फाइदा लिन सक्ने

साउन १६, २०७५ ,युएई – युएईले विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ । आममाफी बुधबारदेखि सुरु भएको छ । अगष्ट १ देखि अक्टोबर ३१ सम्ममा युएईले दिएको यस अवसरमा अवैधानिक रुपमा युएईमा बसिरहेका अरु विदेशी नागरिक सहित नेपालीले पनि फाइदा लिन सक्नेछन् । अवैधानिक रुपमा रहेका नेपालीलाई आममाफीमा सहभागी हुन नेपाली दूतावास युएईले ...

Read More »

बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै कांग्रस द्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

सप्तरङ्गी एफ.एम. दमक/साउन १३/ प्रमुख विपक्षी नेपाली कांग्रेसका तीन सांसदले झापा बिर्तामोडमा रहेको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । डिला संग्रौला प्रस्तावक रहेको प्रस्तावको समर्थकमा लक्ष्मी परियार र प्रमिला राई हुनुहुन्छ । प्रसाईंले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुप्रति अपमानपूर्ण अभिव्यक्तिले दिएर संविधान र कानुनको उल्लंघन गरेको उनीहरुको दाबी ...

Read More »

झापाको कमल गाउँपालीकामा रहेको आदिवासी रंगशालाको नाम परिवर्तन गर्न नहुनेमा सरोकारवालाहरुको जोड

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/ झापाका जातिय संस्थासहित सरोकारवालाहरुले आदिवासीको परम्परागत समाधिस्थल नष्ट गरि निर्माण थालिएको आदिवासी रंगशालाको नाम परिवर्तन गर्न नहुने जोड दिएका छन् । जिल्लाको कमल गाउँपालिका–५ स्थित आदिवासी रंगशालालाई सरकारले मदन भण्डारी राष्ट्रिय रंगशाला बनाउने सार्वजनिक भईरहेको वेला झापाका जातिय संस्था तथा सरोकारवालाहरुले आदिवासी रंगशालाको विकल्प नभएको सुझाएका हुन् । आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले जातिय संस्था तथा ...

Read More »

संखुवासभाको चैनपुरमा पहिरोले पावर हाउस बगाउँदा ४५ लाख क्षति, १२३ घर बिजुलीविहीन

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/ संखुवासभाको चैनपुर नगरपालिका–१ को याङसीजुङमा पहिरोले निदुवा खोला लघुजलविद्युत् आयोजनाको पावर हाउस बगाएको छ । गत शुक्रबार दिउँसो ३ बजे वर्षासँगै गएको पहिरोले आयोजनाको १२ किलोवाट बिजुली उत्पादन गर्ने पावर हाउस बगाएको हो । पावर हाउस बगाउँदा करिब ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अयोजनाका पूर्वअध्यक्ष लक्ष्मीकुमार लिम्बुले जानकारी दिनु भयो । पावर हाउस बगाएसँगै १२३ ...

Read More »