Home / राष्ट्रिय समाचार (page 3)

राष्ट्रिय समाचार

कोशी नदीमा स्काभेटर बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु

सप्तरङ्गी एफ.एम./असार ६ दमक/ कोशी नदीमा स्काभेटर बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । को १ क १०४३ नम्बरको स्काभेटर बोकेर पश्चिम बाट पूर्व आउंदै गरेको ना ४ ख ३५६ नम्बरको ट्रक कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिकबाट नदिमा खसेको हो । लोड बढी भएको कारण पुलबाट ट्रक खस्दा ट्रक चालक सुनसरी बराह ...

Read More »

यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्न अझै पाँच-सात दिन लाग्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्न अझै पाँच-सात दिन लाग्ने जनाएको छ । यसअघि आजै बुधबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी अगाडि बढाएको बोर्डले जानकारी दिएको थियो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले नतिजा सार्वजनिकका लागि उत्तरपुस्तिका ‘इन्ट्री र रुजु’ गर्ने काम भइरहेकाले त्यो काम सकेपछि मात्रै नतिजा सार्वनिक हुने ...

Read More »

न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन

४ असार / सप्तरंगी एफएम / न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन भएको अस्पतालले जनाएको छ पित्तथैलीको क्यान्सरबाट पीडित वहाको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा सोमबार साझ ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले बिज्ञप्ति मार्फत जनाएको हो । देवकोटा ६५ बर्षको हुनुहुन्थ्यो ।

Read More »

अरुण तेस्रो आयोजनाको सुरुङ खन्ने क्रममा पुरिएका ४ जनाको जीवितै उद्धार , ३९ घण्टापछि उद्धार गरिएकाको अवस्था सामान्य ।

संखुवासभा / असार ३ संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ खन्ने क्रममा पुरिएका ४ जनाको आज जीवितै उद्धार गरिएको छ । मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पुरिएका उनीहरुको ३९ घण्टा पछि जीवितै उद्धार गरिएको हो । सुरुङको प्रवेशद्वारामा पहिरो झरेपछि उनीहरु गत शुक्रबार राति पौने ९ बजेबाट सम्पर्कविहीन थिए । सुरुङमा गरिएको व्लास्टिङ सफा गर्ने क्रममा उनीहरु पहिरोमा पुरिएका थिए । सुरुङभित्र २ ...

Read More »

नेपालबाट दैनिक १५ सय युवा वैदेशीक रोजागरीको लागि बाहिरिँदै , नेपालमा निर्माणहुने संरचनामा भारतिय मजदुरको भर

सप्तरङ्गी एफ.एम./जेठ ३१ दमक/डिकेश लामा/ नेपालमा निर्माण हुने भौतिक संरचनाहरुमा भारतीय मजदुरहरुको भर पर्नु परेको छ । खासगरी पुल, भवन, घर, सडक लगायतका काममा भारतीय मजदुरहरुको भर पर्नु परेको हो । दैनिक सरदर नेपालबाट १ हजार ५ सय भन्दा धेरै यूवाहरु बैदेशिक रोजगारका लागि खाडी मुलुक गइरहेको अवस्थामा नेपालमा हुने अधिक निर्माणको काममा भारतीय नागरिकहरु नै सहभागीता रहने गरेको निर्माण ...

Read More »

विश्वकप फुटबलबारे २० रोचक कुरा

एजेन्सी ।जेठ ३१ आजदेखि रुसमा विश्व फुटबलको महाकुम्भ शुरु हुँदैछ । बिहिबार हुने उद्घाटन खेलमा आयोजक रसियाले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्दैछ । समूह ए अन्तरगतको खेल नेपाली समयअनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा मस्कोको लुझिन्की रंगशालामा खेलाइनेछ । विश्वकप शुरु हुनअघि यहाँ केही तथ्यहरु प्रस्तुत गर्न गइरहेका छौँ जसले तपाईंलाई यो विश्वकपबारे बुझ्न मद्दत गर्नेछ । १. ...

Read More »

सरकारले माग पूरा नगरे सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

सप्तरङ्गी एफ.एम.जेठ २४ दमक चिकित्साशिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले गर्नुपर्ने भनिएको अनिवार्य सरकारी सेवाको अवधि पाँच वर्षबाट घटाइ दुई वर्ष कायम गर्न माग गर्नु भएको छ । डाक्टर केसीले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले तयार पारेको छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधिमा शिक्षा मन्त्रालयले हचुवाको भरमा पाँच वर्ष सेवा गर्नुपर्ने व्यवस्था थप गरेको ...

Read More »

नेकपाको दल दर्तामा छैन आयुक्त ईला शर्माको हस्ताक्षर ।

सप्तरङ्गी एफ.एम. /जेठ २५ /दमक नेपाल कम्युनिष्ट पार्टी (ने क पा) निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको हिँजो बुधबार बसेको बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपा दर्ता गरेको हो । आयोगको दल दर्ता गर्ने निर्णयमा आयुक्त इला शर्माले भने हस्ताक्षर गर्नु भएको छैन । आयोगको बैठकमा केहीबेर सहभागी भए पनि उहाँ निर्णय हुनु ...

Read More »

सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धि बिरुद्ध नेविसंघद्वारा बिरोधका कार्यक्रम घोषणा ।

सप्तरङ्गी एफ.एम. /जेठ २५/ दमक नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने भएको छ । जसअन्तरगत, संघले हिँजो बुधबार थप संघर्षका कार्यक्रम घोषणा गरेको हो । जेठ २७ गते सबै जिल्ला सदरमुकाममा सिठ्ठी जुलुस गर्ने, २९ गते मसाल जुलुस र ३१ गते पुत्ला दहन गर्ने कार्यक्रम रहेको नेविसंघका सभापति नैनसिंह ...

Read More »

धान सुपर जोन घोषणा भएपछी झापाको कचनकवलमा बर्खे धानको उत्पादन बढ्यो , किसानलाई धान थन्क्याउने चटारो

धान सुपर जोन घोषणा भएपछी झापाको कचनकवलमा बर्खे धानको उत्पादन बढेको छ । पुरानै प्रविधिमा रोपाइँ गर्दा प्रति कठ्ठाको तिन देखि चार मन मात्र फाल्ने गर्थ्यो तर यो पालि भने प्रतिकठ्ठा छ देखि सात मन सम्म फलाएको किसानहरु बताउछन । सरकारले प्रधानमन्त्री कृषिअाधुनिककरण परियोजना अन्तर्गत धान सुपरजोन घोषणा गरेपछि उन्नत बिउ ,आधुनिक प्रविधिको प्रयोग,भूमिगत सिंचाइको व्यवस्था, कृषक तालिम र निरन्तर ...

Read More »