Home / राष्ट्रिय समाचार (page 5)

राष्ट्रिय समाचार

कर्मचारी समायोजन अध्यादेश बिरुद्ध दमक नगरपालीकाका कर्मचारी आन्दोलीत , भोली देखी नगरपालीका ठप्प पार्ने चेतावनी

सप्तरङ्गी एफ.एम. दमक/पुष १/ सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशले साविकको स्थानिय निकायले नियुक्त गरेका कर्मचारीहरुलाई बिभेद गरेको भन्दै स्थानियतहका कर्मचारीहरु आन्दोलीत भएका छन् । अध्यादेशका कारण आफुहरुको बृत्ति बिकाश रोकिएको र भविस्य असुरक्षित बनाएको भन्दै आज पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गरी अध्यादेशको बिरोध गरेका हुन् । स्थानीय तह ट्रेड यूनीयन संयुक्त आन्दोलन परिचालन समिति दमकले आज पत्रकार सम्मेलन गर्दै ...

Read More »

झापाको कमल गाउँपालीका ५ पाडाजुंगीमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ झापाको कमल गाउँपालीका वडा नम्बर ५ पाडाजुंगीमा आज दिउँसो भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । आज दिउँसो पौने २ बजे तिर कमल ५ पाडाजुंगी चौक पश्चिम पट्टि पुर्व बाट पश्चिम आउँदै गरेको मे १० प ७६२७ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा साईकल यात्री सोहि ठाउँका ५० बर्षिय ईन्द्रबहादुर ...

Read More »

झापाको कमल गाउँपालीकास्थित केर्खामा दुईवटा मोटरसाईकल ठोक्किँदा एकजनाको मृत्यु दुईजना घाईते

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २७/ झापाको कमल गाँउपालिकास्थित केर्खा सडकखण्डमा आज एकआपसमा मोटरसाइकल जुध्दा एक जनाको मृत्युभएको छ भने दुई जना घाईते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा तेहथुम जिल्ला जलजले गाँउपालिका वडा नम्बर १ का ३६ बर्षिय पूर्णराज लिम्बु रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार केर्खास्थित शहिद गेट सडकखण्डमा आज साँझ ६ ...

Read More »

निर्मला पन्त घटनामा पीडितलाई न्याय दिनुका सट्टा सरकारले पीडकको संरक्षण गरेको नेपाल महिला संघ झापाको आरोप

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/ बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त घटनामा पीडितलाई न्याय दिनुका सट्टा सरकारले पीडकको संरक्षण गरेको नेपाल महिला संघ झापाले आरोप लगाएको छ । महिला संघद्वारा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महिला संघले यस्तो आरोप लगाएको हो । पत्रकार सम्मेलनमा नेपाल महिला संघ झापाकी सभापति शुशिला ढकालले बलात्कार र हत्या ...

Read More »

कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रको भनाई

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रले बताउनु भएको छ । सोमबार विश्व मानव अधिकार दिवशको अवसरमा झापाको चन्द्रगढीमा भएको मानव अधिकार राष्ट्रिय सम्मेलनमा कानुन व्यवसायीलाई मुद्धा संख्या घटाउन सहयोग गर्नु पर्ने प्रधान न्यायधीस मिश्रले बताउनु भयो । मानव अधिकार प्रतिको हाम्रो ऐक्यवद्धता, न्यायिक सुसाशन र कानुनी ...

Read More »

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसन बसेका छन् । शरणार्थी शिविरमा विश्व मानव अधिकारको अवसर पारेर दातृ निकायको सहयोगमा शिविर व्यवस्थापन समितिले भुटानी शरणार्थि शिबिर बेल्डाँगीमा गरेको कार्यक्रमलाई लक्षित गरी कार्यक्रम गरिएको आयोजक समितिका संयोजक कृष्णविर तामाङले बताउनु भयो । शरणार्थीलाई स्वदेश फिर्ती तत्काल गर, मानव ...

Read More »

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय कार्यक्रम गरिएको छ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापको आयोजनामा भएको कार्यक्रममा बिहान प्रभात फेरी सहित अन्तत्र्रिmया कार्यक्रम समेत सम्पन्न भएको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष डाक्टर नविन चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ का सम्योजक मोहन देव जोशीले मानव ...

Read More »

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज दिउँसो स्कुल बसको ठक्करबाट एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमक तर्फआउदै गरेको दमकस्थित ग्लोवल एजुकेशन एकाडेमीको को १ क २३९० नम्बरको स्कुल वसले बाटो काट्ने क्रममा पैदलयात्री महिलालाई दिउँसो सँडे १२ वजे ठक्कर दिदाँ मृत्युभएको हो । इलाका प्रहरी कार्यालय दमकका ...

Read More »

नेपालको पहिचानको लागी हिन्दु राष्ट्र आवस्यक

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २२/ राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको हिन्दु राष्ट्र पुनः स्थापना जन जागरण कार्यक्रममा बोल्ने धार्मिक व्यक्ति तथा राप्रपाका शीर्ष नेताहरुले नेपालको पहिचानका लागि हिन्दु राष्ट्र पुनः स्थापना अनिवार्य भएको बताएका छन् । झापाको विर्तामोडमा आज आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै जगतगुरु मोहन शरण देवाचार्यले हिन्दु राष्ट्र पुनः स्थापनाको अभियानका लागि आफू राजनीतिक दलको कार्यक्रममा आएर बोलेको बताउनु ...

Read More »

अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई गौरादह नगरपालीकाको अभिनन्दन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २२/ अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई गृह नगरमा आज अभिनन्दन गरिएको छ । झापाको गौरादह नगरपालिका वडा नम्बर ९ स्थित बैगुनधुरामा आज एक कार्यक्रमबीच उहाँलाई नगरपालिकासहित अमर माध्यमिक विद्यालयले नागरिक अभिन्नदन गरेको हो । उहाँ बैगुनधुराका बासिन्दा हुनुहुन्छ । विद्यालयले आफनो स्वर्णमहोत्सवको अवसर पारेर आजदेखि शुरु श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सवको उद्घाटनमा अर्थमन्त्री खतिवडालाई देशको अर्थनीति र ...

Read More »