Home / राजनीति (page 2)

राजनीति

दमकको हिमालय माध्यमिक बिद्यालयका प्रधान अध्यापक बिष्णुकान्त झालाई पदबाट हटाएर ओम आचार्य नियुक्त

सप्तरङ्गी एफ.एम. दमक/माघ ८/दमक २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झालाई पदबाट हटाईएको छ । काम चलाउ विद्यालय व्यवस्थापन समितिले झालाई प्रअको जिम्मेवारीबाट हटाएर सहायक प्रधानाध्यापक ओमप्रसाद आचार्यलाई प्रअका रुपमा जिम्मेवारी दिएको छ । वडाध्यक्ष प्रजापति सापकोटाको अध्यक्षतामा काम चलाउ तीन सदस्यीय उक्त समितिको निर्णयले प्रअ झालाई पद मुक्त गरेर नयाँ प्रअ आचार्यलाई हिँजो नियुक्त गरेको हो ।झालाई जिम्मेवारीवाट ...

Read More »

प्रयोगात्मक परीक्षामा विद्यार्थीलाई फेल गराएको भन्दै शुनसरीको धरानमा रहेको हात्तीसार क्यामम्पसमा स्ववियुको ताला

सप्तरङ्गी एफ.एम. दमक/माघ ६/व्यक्तिगत प्रतिशोधका कारण विद्यार्थीहरूलाई प्रयोगात्मक विषयमा फेल गराएको भन्दै शुनसरीको धरानमा रहेको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा स्ववियुले ताला लगाएको छ ।लिखित परीक्षामा राम्रो अङ्क ल्याए पनि प्रयोगात्मक परीक्षामा प्रतिप्रश्न गरेकै आधारमा ५ जना विद्यार्थीलाई फेल गराएको भन्दै भौतिकशास्त्र विभागका प्रमुख चण्डेश्वर साहको कार्यकक्षमा ताला लगाइएको हो ।स्ववियुले भौतिकशास्त्र विभागका प्रमुख परिवर्तन गर्नुपर्ने र पीडित विद्यार्थीको परीक्षा पुनः ...

Read More »

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल विजयी भएको छ । संस्थाको कुल ९ सदस्यमा ६ स्थान लोकतान्त्रीक गठबन्धनले जित हासिल गरेको हो । कांग्रेससहितको प्यानलले खुल्ला महिला सदस्यमा २ र क्षेत्रगतमा ४ स्थानमा जित हासिल गरेको छ ।यसअघि पटक पटक नेकपाले आफनो वर्चश्व कायम गरिआएको खानेपानीमा यसपटक भने लज्जास्पद रुपमा ...

Read More »

आफुहरुलाई विकास निर्माणमा परिचालन गर्न पुर्व जनमुक्ति सेनाको माग

सप्तरङ्गी एफ.एम. दमक/पुष २१/पूर्व जनमुक्ति सेना नेपालका नेताहरुले आफूलाई विकास निर्माणमा परिचालन गर्न सरकारसँग माग गरेका छन् । लोकतन्त्र ल्याउन आफूहरुले युद्ध गरे पनि कम्युनिस्ट सरकारले नै बेवास्ता गरेको भन्दै उनीहरुले चिन्ता प्रकट गरे । आज झापाको बिर्तामोडमा पत्रका सम्मेलन गर्दै पूर्व जनमुक्ति सेना नेपालका पदाधिकारीहरुले यस्तो बताएका हुन् ।गणतान्त्रिक योद्धाको परिचयपत्र, भरणपोसण, शिक्षा र स्वास्थ्य आफूहरुको मुख्य माग रहेकाले ...

Read More »

झापाको कमल गाँउपालिकाको आदिवासी रंगशाला निर्माणमा राज्यपक्षले उदासिनता देखाएको सरोकारवालाहरुको गुनासो

सप्तरङ्गी एफ.एम. दमक/पुष २१/झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित आदिवासी रंगशाला निर्माणमा राज्यपक्षले उदासिनता देखाएको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् । उनीहरुले रंगशालाको नाम फेर्न तथा अन्य बिकल्पमा जान नहुने सुझाव पनि दिएका छन् ।आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले आज स्थानीय रेडक्रस सभाहलमा आयोजना गरेको सरोकारवालाहरुका प्रतिनिधि तथा प्रतिष्ठानका सल्लाहकारहरुवीच भएको छलफलमा सहभागिहरुले आफ्ना पूर्खाहरुको चिहान उत्खनन गरेर थालिएको ...

Read More »

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको निर्वाचन कार्यक्रम सुरु , ९ सदस्यको लागी २० जनाको उम्मेद्वारी

सप्तरङ्गी एफ.एम. दमक/पुष १८/ दमकस्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन कार्यक्रम सुरु भएको छ । आगामी २८ गते हुने मतदानका लागी आज मनोनयन गरिएको छ । ६ वटा क्षेत्र गत र तिन जना खुल्ला महिला सदस्य गरी ९ सदस्यको लागी २० जनाको उम्मेद्वारी मनोनयन भएको निर्वाचन समिति सदस्य लिला गुरागाईंले जानकारी दिनुभयो । जस मध्य क्षेत्रगत आधारमा वडा नं ...

Read More »

वर्तमान सरकार असफल भैसकोको कांग्रेस केन्द्रिय सदस्त तथा पुर्व मन्त्री महेन्द्र यादवको आरोप

सप्तरङ्गी एफ.एम. दमक/पुष १८/नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री महेन्द्र यादवले वर्तमान सरकार असफल भैसकेको आरोप लगाउनु भएको छ ।दमकमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता यादवले वाइडवडी खरिद प्रकरण, कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या काण्ड लगायतका घटनालेनै सरकार असफल भैसकेको प्रमाणित गरेको दाबी गर्नु भयो । सरकार चौतर्फी असफल भईसके पनि प्रधानमन्त्रीले रमिता ...

Read More »

दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको लागी लोकतान्त्रीक समुहको उम्मेद्वारी घोषणा

सप्तरङ्गी एफ.एम. दमक/पुष १७/दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यहि पुष २८ गते हुन लागीरहेको निर्वाचनमा लोकतान्त्रिक समूहले आप्mनो उम्मेद्वारहरु घोषणा गरेको छ । नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, संघीय लिम्बुवान मञ्च र नेकपा क्रान्तिकारीले आज संयुक्त पत्रकार सम्मेलन गरि सबै सदस्य पदका उम्मेद्वार सार्वजनिक गरेको हो । गठबन्धनलाई जिताउन सार्वजनिक गरिएका दलीय गठबन्धन बाहेक ...

Read More »

कार्यकक्षका टेबुल कुर्सी हटाइए पछि कार्यालय जान पाएनन श्रम कार्यालय बिराटनगरका प्रमुख प्रेम सञ्जेल

सप्तरङ्गी एफ.एम. दमक/पुष १६/श्रम कार्यालय बिराटनगरका प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलको कार्यकक्षका टेबुल कुर्सी हटाइएको छ । आफ्नो सरुवाको विरोध गर्दै आएका सञ्जेलको कार्यकक्षबाट तत्कालीन निमित्त प्रमुख मणिनाथ गोप टेबुल कुर्सी हटाइदिनु भएको हो ।गत सोमबार आफ्नो सरुवाको विरुद्ध पत्रकार सम्मेलन गरी कार्यालय पुगेका सञ्जेलसँग गोपको विवाद भएको थियो । भष्ट्राचारीका रुपमा आफ्नो नाम लिएको भन्दै गोपले सञ्जेलको कार्यकक्षका टेबल कुर्सी ...

Read More »

नेविसंघ झापा औपचारिक रुपमा विभाजित , दुईओटै समुहद्वारा आधिकारीकताको दाबी ।

सप्तरङ्गी एफ.एम. दमक / पुष १३ , २०७५ नेपाल विद्यार्थी संघ झापा औपचारिक रुपमा विभाजित भएको छ । विर्तामोडमा हिँजो सम्पन्न संघको १२ औ अधिवेशनले समानान्तर दुई वटा जिल्ला समिति गठन गरेपछि संघ विभाजित भएको हो । संघको एउटा प्यानल मेची वहुमुखी क्याम्सका स्ववियु सभापति भुवन वुढाथोकी र अर्को प्यानलको नेतृत्व राजेन्द्र उप्रेतीले गरेको घोषणा गरिएको छ । वुढाथोकी प्यानलबाट ...

Read More »