Home / राजनीति (page 4)

राजनीति

हिमावि दमकको अभिभावक भेला बिथोलीयो , आफ्नो अध्यक्ष आँपैंmले चुन्न पाउनु पर्ने अभिभावकको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयको आज बोलाईएको अभिभावक भेला बिथोलीएको छ । दमक नगरपालीकाले बनाएको नगरशिक्षा नियमावलीमा बिद्यालयका अभिभावकले आफ्नो अध्यक्ष चुन्न नपाउने नियम बनाएको बिरोधमा कांग्रेसले अभिभावक भेला बिथोलेको हो । शिक्षा नियमावली सार्वजनिक हुनासाथ बिरोध गरेको कांग्रेसले हिँजो नगरपालीकामै पुगेर नियमावली जलाउनुका साथै बोलाईएको अभिभावक भेला स्थागित नगरे बिथोल्ने चेतावनी दिएको थियो ...

Read More »

कांग्रेसले जलायो दमक शिक्षा नियमावली

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ अवैज्ञानिकरूपमा नगरवासीको ढाड सेक्ने गरी दमक नगरपालिकाले कर वृद्धि गरेको र आफ्ना आसेपासेलाई मात्रै खुशि पार्ने खालको शिक्षा नियमावली ल्याएको भन्दै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले आज नगरपालीका घेराउ गरेको छ । कांग्रेसका नेता कार्यकर्ता सहितको टोलीले नगरपालीका पुगेर ज्ञापनपत्र बुझाउनुका साथै शिक्षा नियमावली जलाएको हो । नगरपालीकाले जारी गरेको शिक्षा नियमावली बिद्यार्थि र अभिभवकमैत्री नभएको ...

Read More »

दमक नगरपालीकाले बिभिन्न क्षेत्रमा अस्वभाविक कर बढाएको र मुलुकका ऐन कानुनको खिल्ली उडाउँदै बिभिन्न निर्णयहरु गरेको भन्दै नेपाली कांग्रेस दमक आन्दोलीत : भोली नगरपालीका घेराउ गर्ने

सप्तरङ्गी एफ.एम. दमक/साउन ३०/ दमक नगरपालीकाले बिभिन्न क्षेत्रमा अस्वभाविक कर बढाएको र मुलुकका ऐन कानुनको खिल्ली उडाउँदै बिभिन्न निर्णयहरु गरेको भन्दै नेपाली कांग्रेस दमक आन्दोलीत भएको छ । नगरपालीकाले बनाएको शिक्षा ऐनको बिरुद्धमा सर्वोच्च अदातलमा मुद्धा बिचाराधिन रहेको अवस्थामा पुन नगरपालीकाले गतिबिधि बढाएको भन्दै कांग्रेस दमक नगर समितिले भोली नगरपालीका घेराउन गर्ने कार्यक्रम तय गरेको कांग्रेस दमक नगर सभापती रोशन ...

Read More »

दमकमा महिला संघ स्थापना दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/साउन २४/ नेपाली कांग्रेसको भगिनि संगठन नेपाल महिला संघले आज आफ्नो ७१ औं स्थापना दिवस मनाएको छ । सोही क्रममा महिला संघ दमक नगर समितिले पनि एक औपचारीक कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको हो । नेपाली कांग्रेस नगर समितिको हलमा आयोजीत कार्यक्रमका वक्ताहरुले मुलुको व्यवस्था परिवर्तनमा महिला संघको भुमिका उल्लेख्य रहेकोमा जोड दिएका छन् । मुलुकका हरेक ...

Read More »

प्रकाण्ड पक्राउपछि विप्लव आक्रोशित : नेपाल बन्दसहितका कार्यक्रम घोषणा

सप्तरङ्गी एफ.एम. दमक/साउन २३/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ । पछिल्लो पटक स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नै पक्राउ परेपछि विप्लव सरकारप्रति आक्रोशित बनेका हुन् । पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि महासचिव विप्लवले नेपाल बन्द सहितका साउन २५ देखि २९ सम्मका विरोधका कार्यक्रम घोषणा ...

Read More »

नेकपाको प्रवक्ताबाट दिएको राजिनामा फिर्ता लिन आग्रह गर्दा केपि ओली र प्रचण्डलाई नारायणकाजीले दिए यस्तो जवाफ

सप्तरङ्गी एफ.एम. दमक/साउन २३/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवक्ताबाट राजीनामा दिनु भएका नारायणकाजी श्रेष्ठले पार्टी नेतृत्वले राजीनामा फिर्ता लिन गरेको आग्रहलाई अस्वीकार गर्नु भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालले गरेको आग्रहलाई उहाँले अस्वीकार गर्नु भएको हो । बैठकमा सहभागि एक सचिवालय सदस्यले, दुबै अध्यक्षबाट राजीनामा फिर्ता लिन प्रस्ताव आएको ...

Read More »

१ नम्बर प्रदेशमा प्रदेशसभा गठन भएको ६ महिना लागिसक्दा पनि संसदीय समितिले नेतृत्व पाउन सकेनन्

सप्तरङ्गी एफ.एम. दमक/साउन १४/ प्रदेश नम्बर १ को प्रदेशसभा संसद् गठन भएको ६ महिना लागिसक्दा पनि संसदीय समितिले भने अभैm नेतृत्व पाएका छैनन् । संसदीय समितिले नेतृत्व नपाएको मात्र हैन सभामुख र प्रदेशसभाले संसदीय समितिलाई सक्रिय बनाउन चासो समेत दिएका छैनन् । प्रदेशसभा नियमावलीमा प्रदेश १ को सभामा सातवटा विभिन्न विषयगत समिति निर्माण गरिएको छ । समितिहरू पनि निर्माण भएको ...

Read More »

आफ्नो पार्टि संबिधान संसोधनको लागी सरकारमा गएको संघिय समाजवादी फोरमका नेताहरुको भनाई

सप्तरङ्गी एफ.एम. दमक साउन १३ संघीय समाजबादी फोरम नेपाल पार्टी सरकारमा संविधान संशोधनका लागि प्रवेश गरेकाले संविधान संशोधन नभए सरकारबाट बाहिरिने बताइएको छ । संघीय समाजबादी पार्टीका पोलिट व्यूरो सदस्य प्रविन चाम्लिङ्गले आज दमकमा भएको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताउनु भएको हो । सरकारमा प्रवेश गर्दाको समय मा नै पहिलो सहमति आवश्यकता अनुसार संविधान संशोधन र दोस्रो पार्टी सरकारमा ...

Read More »

आगामी १५ गतेको बिरोधसभालाई सम्बोधन गर्न कांग्रेस नेता सिटौला र प्रवक्ता शर्मा झापा आउँदै

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/ नेपाली कांग्रेस झापाले केन्द्रिय कार्यक्रम अन्तर्गत आगामी १५ गते गर्ने बिरोध सभाको तयारी तिब्र पारेको जनाएको छ । वर्तमान सरकारले चर्को महंगी नियन्त्रण गर्न नसकेको, बिभिन्न क्षेत्रमा अनावस्यक कर बढाएर जनताको ढाड सेक्ने काम गरेको, प्राध्यापक डाक्टर गोविन्द केसीले चिकित्सा क्षेत्रको सुधारको माग राख्दै जुम्लामा अनसन बसेको अवस्थामा जबरजस्ती उठाउन खोज्दा अस्पतालमा प्रहरी लगाएर गोली चलाएको ...

Read More »

तरुणदल झापाले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

सप्तरङ्गी एफ.एम. दमक/साउन ६/ नेपाल तरुण तल जिल्ला कार्य समिति झापाले डा. गोविन्द केसीको समर्थनमा काठमाण्डौमा हिँजो भएको शान्तिपूर्ण जुलुसमा प्रहरीले गरेको दमनको विरोध गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । डा. गोविन्द केसीको माग पुरा गर्नुपर्ने, चर्को मुल्य वुद्धि फिर्ता लिनुपर्ने लगायतको विषयमा निकालिएको जुलुसमा प्रहरीले नेपाल तरुण तलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत लगायत अन्य कार्यकर्ता ...

Read More »