Home / राजनीति (page 7)

राजनीति

आफ्नो पार्टि संबिधान संसोधनको लागी सरकारमा गएको संघिय समाजवादी फोरमका नेताहरुको भनाई

सप्तरङ्गी एफ.एम. दमक साउन १३ संघीय समाजबादी फोरम नेपाल पार्टी सरकारमा संविधान संशोधनका लागि प्रवेश गरेकाले संविधान संशोधन नभए सरकारबाट बाहिरिने बताइएको छ । संघीय समाजबादी पार्टीका पोलिट व्यूरो सदस्य प्रविन चाम्लिङ्गले आज दमकमा भएको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताउनु भएको हो । सरकारमा प्रवेश गर्दाको समय मा नै पहिलो सहमति आवश्यकता अनुसार संविधान संशोधन र दोस्रो पार्टी सरकारमा ...

Read More »

आगामी १५ गतेको बिरोधसभालाई सम्बोधन गर्न कांग्रेस नेता सिटौला र प्रवक्ता शर्मा झापा आउँदै

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/ नेपाली कांग्रेस झापाले केन्द्रिय कार्यक्रम अन्तर्गत आगामी १५ गते गर्ने बिरोध सभाको तयारी तिब्र पारेको जनाएको छ । वर्तमान सरकारले चर्को महंगी नियन्त्रण गर्न नसकेको, बिभिन्न क्षेत्रमा अनावस्यक कर बढाएर जनताको ढाड सेक्ने काम गरेको, प्राध्यापक डाक्टर गोविन्द केसीले चिकित्सा क्षेत्रको सुधारको माग राख्दै जुम्लामा अनसन बसेको अवस्थामा जबरजस्ती उठाउन खोज्दा अस्पतालमा प्रहरी लगाएर गोली चलाएको ...

Read More »

तरुणदल झापाले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

सप्तरङ्गी एफ.एम. दमक/साउन ६/ नेपाल तरुण तल जिल्ला कार्य समिति झापाले डा. गोविन्द केसीको समर्थनमा काठमाण्डौमा हिँजो भएको शान्तिपूर्ण जुलुसमा प्रहरीले गरेको दमनको विरोध गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । डा. गोविन्द केसीको माग पुरा गर्नुपर्ने, चर्को मुल्य वुद्धि फिर्ता लिनुपर्ने लगायतको विषयमा निकालिएको जुलुसमा प्रहरीले नेपाल तरुण तलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत लगायत अन्य कार्यकर्ता ...

Read More »

प्रदेशसभा १ को बैठक कांग्रेसद्वारा अवरुद्ध

सप्तरङ्गी एफ.एम. दमक/साउन ६/ नेपाली कांग्रेसले प्रदेशसभा १ को बैठक अवरुद्ध गरेको छ । आज दिउँसो बोलाइएको बैठक नेपाली कांग्रेसले अवरोध गरेको हो । बैठक सुरु हुने वित्तिकै नेपाली कांग्रेसका लोकप्रसाद संग्रौलाले भनाइ राख्दै गोविन्द केसीको माग पूरा नभएसम्म पार्टी केन्द्रको निर्णय अनुसार बैठक चल्न नदिने बताउनु भयो । उहाँले सरकार गैरजिम्मेवार बन्दै केसीका माग सुनुवाइ नगर्नु गलत भएको जिकिर ...

Read More »

प्रधानमन्त्री केपी ‘काका’ लार्इ भतिजको चिट्‍ठी

काकालाई भतिजको पत्र प्रिय ओली काका, प्रणाम । बालुवाटारमा पनि उत्तिसारो आनन्द छैन होला । तैपनि, बढ्दो उमेर र प्रतिकूल स्वास्थ्यका बाबजुत पनि तपाइँले जे गरिरहनु भएको छ, त्यो धरै कमले मात्रै गर्न सक्छन् । तर, चिकित्सा विधेयकको सम्बन्धमा तपाइँका आसेपासेहरुले वास्तविक जनमतलाई नजरअन्दाज गरेर तपाइँलाई वैचारिक रुपमा बन्धक बनाए कि भन्ने शंका लागेर यो पत्र लेख्दैछु । काकालाई व्यक्तिगत ...

Read More »

सहमति पछि युवासंघले शिव निर्माण सेवाको अलकत्रा उद्योगमा लगाएको ताला खुल्यो

सप्तरंगी एफएम / कन्काई / २८ असार २०७५ कन्काइ १ मा सन्चालित अलकत्रा उद्योगमा लागेको तालाबन्दी खुलेको छ ।युवा सघ झापाले गुणस्तरहिन निर्माण सामाग्री उत्पादन गरेको भन्दै कन्काइ नगरपालिकामा १ मा सन्चालनमा रहेको शिव निर्माण सेवामा गत असार २२गते तालाबन्दी गरेको थियो । झापाका विभिन्न सडक निमार्णमा कालोपत्रे गर्ने क्रममा अलकत्रा गाुण्स्तरहीन भएका कारण सडक उक्किन थालेपछि युवा सघ भापाले ...

Read More »

सरकारले राज्य आतंक सुरुगर्यो : कांग्रेस नेता कृष्ण प्रसाद सिटौला

सप्तरंगी एफएम  दमक /२७ असार २०७५ नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सरकारले राज्य आतंक सुरु गरेको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस जिल्ला पार्टि कार्यालय झापामा आज जिल्ला स्तरिय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पार्टिका पुर्व महामन्त्री समेत रहनु भएका नेता सिटौलाले राज्यले सुरु गरेको आतंकले बिद्रोही पक्षलाई मात्रै फाईदा हुने बताउनु भयो । अहिलेको सरकार निरंकुश हुने ...

Read More »

प्रदेश नम्बर ४ को नामाकरणले आदिवासी जनजातिलाई आघात हुने भन्दै सच्याउन माग

  सप्तरंगी एफएम  दमक /२७ असार २०७५ तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद प्रदेश नम्बर १ ले आज दमकमा पत्रकार सम्मेलन गर्दै प्रदेश नम्बर ४ को नामाकरणले समृद्ध नेपालका लागि समृद्धि नभई आघात हुने बताएको छ । ऐतिहासिक पृष्ठभूमि र जनआन्दोलनको मर्मलाई आत्मासाथ गरी तत्काल नाम प्रति पुर्नबिचार गरेर सुधार्न माग  पनि गरेको छ । परिषदका प्रदेश नम्बर १ ...

Read More »

सांसदहरुलाई पानिजहाजको भाडा १५ रुपैयाँ मात्रै , पानिजहाज चढेरै संसद भवन बानेस्वर पुग्न थाले

सप्तरङ्गी एफ.एम.दमक/असार १९/ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले सधैं पानी जहाज चढेरै संसद भवन पुग्ने गरेको बताउनु भएको छ । सामान्य पानी पर्दा समेत काठमाडौंका अधिकांश सडक पानीले जलमग्न हुने तर, सरकारले पानी जहाँज र रेलकै सपना बांडिरहेको प्रति व्यङ्ग गर्दै रसाइलीले यस्तो व्यङ्ग गरेका हुन् । हिँजो सोमबार संसदमा विशेष समय लिएर बोल्दै उहाँले आफु लगायत ...

Read More »

विप्लवका कार्यकर्ताले चलाए गाउँसभा, मागे विकास बजेट

सप्तरङ्गी एफ.एम. दमक/असार १३/ अर्धभूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कालिकोटको एक गाँउपालिकाको आर्थिक वर्ष २०७५∕२०७६ को प्रथम गाँँउसभा सञ्चालन गरेको छ । पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमको अध्यक्षता र जिल्ला समन्वय समिति कालिकोटका प्रमूख अनिपाल शाहीको प्रमुख आतिथ्यतामा भएको गाँँउसभाको सञ्चालन भैरहेको बेला नेकपाका नेता अनरुप बिकले गाँँउसभामा आफ्ना प्रस्ताव पेश गर्नु भएको छ । ...

Read More »