Home / प्रदेश समाचार

प्रदेश समाचार

६ महिनाको अवधिमा झापामा साढे ६ सय बढी पक्राउ

सप्तरङ्गी एफ.एम. दमक / ३ फागुन २०७५ चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा झापामा विभिन्न घटनामा संलग्न ६ सय ५८ जना पक्राउ परेका छन् । विभिन्न घटनामा संलग्न भएर उजुरी परेका ७ सय ३ मध्ये हालसम्म १ सय ६ जना फरार रहेको रहेको झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले बताउनु भयो । ढकालले आफू झापा जिल्लाबाट अन्तै ...

Read More »

प्रदेश एक सरकारको “एनिभर्सरी”,बहुमत २ तिहाई उपलब्धि शुन्य

सप्तरंगी एफएम /३ फागुन २०७५  प्रदेश नम्बर १ मा सरकार गठन भएको हिँजो फागुन २ गते एक बर्ष पुगेको छ । मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा दुईतिहाई बहुमत प्राप्त सरकारको एक बर्षको उपलब्धी भने शून्य देखिएको छ । विडम्वना त के छ भने सरकार गठन भएको एक वर्ष पूरा हुँदासम्म प्रदेश मन्त्रिमण्डले पूर्णता समेत पाउन सकेको छैन भने प्रदेशको नाम र ...

Read More »

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन आज शुक्रबारदेखि ऐतिहासिक सैनिक महोत्सव सुरु हुँदैछ । बिर्तामोड नगरपालिका १० नम्बर वडा कार्यालयको आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । समितिले बिहीबार पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी दिएको हो । ...

Read More »

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ रिक्टर स्केलको भूकम्प गएको छ ।साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो परकम्प नभई भूकम्प हो । गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका ...

Read More »

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास गरिएको छ । आज मन्दिरमा एक कार्यक्रम गरि सामुदायिक भवनको वडाध्यक्ष बोधराज न्यौपानेले शिलान्यास गर्नु भयो । ज्येष्ठ नागरिकलाई दिवा आवास सेवा समेत उपलव्ध गराउने गरि भवन निर्माण शुरु गरिएको मन्दिर समितिका अध्यक्ष रमेश खत्रीले जानकारी दिनुभयो । स्नान, शौचालयसहितको तीन केठे पक्की सामुदायिक भवनको ...

Read More »

१ बर्ष भित्र निर्माण गरिसक्ने भन्दै शिलान्यास गरिएको दमकको रोज गार्डेन पार्कमा १ बर्ष पुग्दा शिलान्यासमा रोपिएकै गुलाफका बिरुवा वेपत्ता

सप्तरङ्गी एफ.एम. दमक/फागुन २/दमक नगरपालीकाले दमक वडा नम्बर ७ मा एक बर्ष भित्र बनाईसक्ने भनेर गत बर्ष शिलान्यास गरेको ‘रोज गार्डेन पार्क’ नगर प्रमुखले वाचा गरेको मिति गुज्रिसक्दा पनि काम सुरुवात हुन सकेको छैन । नगरपालीकाले गत बर्ष आजकै दिन प्रणय दिवसको अवसर पारेर तत्कालीन पञ्चायत रजत स्तम्भ रहेको स्थानमा ‘रोज गार्डेन पार्क’ शिलान्यास गरेको थियो । वडा नं. ७ ...

Read More »

सहमति पछि आन्दोलन फिर्ता

सप्तरङ्गी एफ.एम. दमक फागुन १सेवा सुविधामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनले सुनुवाई नगरेको भन्दै दश दिन देखि आन्दोलित प्रतिष्ठानका इन्टर्न विद्यार्थीहरुले सहमति पछि आन्दोलन फिर्ता लिएका छन् ।एमविविएस , विडिएस संकायमा इन्टर्न गर्दै गरेका विद्यार्थीहरुले राखेको माग सुुनुवाई हुने भन्दै प्रतिष्ठानका पदाधकारी र विद्यार्थीबीच सात सदस्यीय समिति बनेपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् । सात सदस्यीय समितिले ५ दिनभित्र ...

Read More »

ईलामको सन्दकपुरमा रेडपाण्डा प्रजनन केन्द्र स्थापना

सप्तरङ्गी एफ.एम. दमक / १ फागुन २०७५  ईलामको सन्दकपुर गाउँपालीकामा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को प्रजनन केन्द्र स्थापना गरिएको छ । सन्दकपुर गाउँपालिका १, २ र ३ मा पर्ने माईपोखरी–सुलुबुङ र माइमझुवाको सङ्गमस्थल टप्पुमा प्रजनन केन्द्रको स्थापना गरिएको हो । कुकुर र जङ्गली जनावरका सिकारको जोखिममा परेपछि गाउँपालिकाले रेडपान्डाको उत्पादन वृद्धि गराउने गरी प्रजनन केन्द्र स्थापना गरेको हो । विगतमा ...

Read More »

इलामका माइ र देऊमाई नगरपालिकामा बुधबार सार्वजनिक बिदा

सप्तरङ्गी एफ.एम. दमक / १ फागुन २०७५ इलामका माइ र देऊमाई नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख डम्बरकुमार नेम्बाङको गत शनिबार निधन भएकोले शोक विदा गरिएको हो । दुवै नगरपालिकाले माघ २९ गते एक सूचना जारी गरेर फागुन १ गते नगरपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शिक्षा शाखा, स्वास्थ्य शाखा, पशु शाखा र कृषि शाखा पूर्ण रुपमा ...

Read More »

कमल गाउँपालिकाको आयोजनामा वृहत साहित्यिक कार्यक्रम हुने

सप्तरङ्गी एफ.एम. दमक / १ फागुन २०७५ कमल / कमल गाउँपालिकाको आयोजनामा वृहत साहित्यिक कार्यक्रम हुने भएको छ ।आगामि फागुन ७ गते कमल गाउँपालिका ३ स्थित वाल्मिकी आश्रम तथा सिमसारक्षेत्रमा वाल्मिकी वृहत साहित्यिक कार्यक्रम गर्न लागिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रम सम्पन्न गठित मुलसमितीको बैठकले विभिन्न उपसमिती गठन गरेको छ । जस अनुसार कार्यक्रम स्थलको सरसफाई तथा मन्च व्यवस्थापनका लागि ...

Read More »