Home / प्रदेश समाचार (page 10)

प्रदेश समाचार

झापा गौरिगञ्जको छोटी भन्सार कार्यालय सहयोगीको भरमा , कर्मचारी नहुँदा राजस्व गुम्दै

सप्तरङ्गी एफ.एम./जेठ ३१ दमक/ झापाको गौरीगंज गाउँपालीका मा रहेको आठमौजा छोटी भन्सार कार्यालय सहयोगी को भरमा चल्ने गरेको छ । भन्सारमा एकजना नासु सहित दुइजना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । केही वर्ष पहिले दरबन्दी अनुसारका कर्मचारीहरु बसेर भन्सार काट्ने गरे पनि पछिल्लो समयमा पालै पालो कार्यालय सहयोगीहरु मात्र बस्ने गरेका छन् । भन्सार पुर्जी समेत काट्न नसक्ने केही कार्यालय ...

Read More »

नेपालबाट दैनिक १५ सय युवा वैदेशीक रोजागरीको लागि बाहिरिँदै , नेपालमा निर्माणहुने संरचनामा भारतिय मजदुरको भर

सप्तरङ्गी एफ.एम./जेठ ३१ दमक/डिकेश लामा/ नेपालमा निर्माण हुने भौतिक संरचनाहरुमा भारतीय मजदुरहरुको भर पर्नु परेको छ । खासगरी पुल, भवन, घर, सडक लगायतका काममा भारतीय मजदुरहरुको भर पर्नु परेको हो । दैनिक सरदर नेपालबाट १ हजार ५ सय भन्दा धेरै यूवाहरु बैदेशिक रोजगारका लागि खाडी मुलुक गइरहेको अवस्थामा नेपालमा हुने अधिक निर्माणको काममा भारतीय नागरिकहरु नै सहभागीता रहने गरेको निर्माण ...

Read More »

वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशन को सहकार्यमा विपन्न परिवारका २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा

जेठ ३० / दमक / सप्तरंगी एफ.एम. : वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशन को सहकार्यमा विपन्न परिवारका २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा आजबाट शुरु भएको छ । वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशनले बुधबार संयुक्तरुपमा बिर्तामोडमा गरेको समारोहकाबीच प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीले निःशुल्क कम्प्युटर शिक्षा कक्षाको उद्घाटन गरे । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा ...

Read More »

दमकमा जैविक सेन्टर संचालन , तरकारी तथा फलफूलमा प्रयोग गरिने विषादीबाट मानव स्वास्थ्यमा पर्ने प्रभाव न्यूनिकरण गर्ने उद्देश्य

जेठ ३० / दमक / सप्तरंगी एफएम / डिकेश लामा पछिल्लो समय मानिसहरुले दैनिक उपभोग गर्ने तरकारी तथा फलफूलमा प्रयोग गरिने विषादीबाट मानव स्वास्थ्यमा पर्ने प्रभाव न्यूनिकरण गर्ने उद्देश्यले आज देखि दमकमा जैविक सेन्टर संचालनमा ल्याइएको छ । सेन्टरमा कृषकले प्रयोग गर्ने मल, विषादी, भिटामिन देखि दैनिक उपभोग गरिने तरकारी र फलफुल समेत विक्री वितरण गर्न शुरु गरिएको छ । ...

Read More »

दमकमा निर्माण हुँदै आएको रिङ्ग रोडको केही भाग कालोपत्रे भएको एक बर्ष नपुग्दै भत्कन सुरु,५ करोड बजेटको काम फलदायी बन्न नसकेको उपभोक्ताको गुनासो

जेठ ३० / दमक / सप्तरंगी एफएम / डिकेश लामा : झापाको दमकमा निर्माण हुँदै आएको रिङ्ग रोड अन्तर्गतका केही भाग कालोपत्रे सडक निर्माण भएको एक बर्ष नपुगी नै भत्कन थालेको छ । वर्तमान प्रधानमन्त्री केपी ओलीले निर्वाचन क्षेत्र सडक अन्तर्गत सांसद कोषबाट विनियोजित ५ करोड बजेटको काम फलदायी बन्न नसकेको स्थानीय सडक उपभोक्ताहरुले बताएका छन् ।   दमक क्षेत्र ...

Read More »

गौरादहमा एकल महिलालाई उन्नत जातका बाख्रा बितरण

सप्तरङ्गी एफ.एम.जेठ ३० दमक युवा एकल महिला समुह झापाले एकल महिलाहरुलाई उन्नत जातका बाख्रा बितरण गरेको छ । झापाको गौरादह नगरपालिका पशु सेवा शाखाको कार्यलयमा हिँजो एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख रोहितकुमार शाहाले प्रत्यक वडाबाट तीन जनालाई २७ वटा बाख्रा बितरण गर्नु भएको हो । बाख्रा बितरण गर्दै नगर प्रमुख शाहाले एकल महिलाहरु लाई आत्मनिर्भर बनी अयआर्जन गर्न सहज ...

Read More »

पिडित परिवार संग सहमती भएपछि मोरंगको पथरीशनिश्चरेमा रहेको पथरी अस्पतालको बिबाद समाधान

सप्तरङ्गी एफ.एम./जेठ २९ दमक/ पिडित परिवार संग सहमती भएपछि मोरंगको पथरीशनिश्चरेमा रहेको पथरी अस्पतालको बिबाद समाधान भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालीका–१ स्थीत पथरी हस्पिटलको लापारवाहीले १८ महिने बालकको ज्यान गएको भन्दै आन्दोलीत आफन्त संग आज दिउँसो सहमती भए संगै वच्चाको शब उठाएर दाहासंस्कार गरिएको छ । मृतक वच्चाका अभिभावकलाई अस्पतालले क्षतिपुर्ति दिने र वच्चाको उपचारमा संलग्न चिकित्सकको अन्यत्रै सरुवा ...

Read More »

ताप्लेजुङमा गाईलाई सुत्केरी भत्ता

सप्तरङ्गी एफ.एम./जेठ २९ दमक/ मान्छे मात्रै नभएर स्थानीय सरकारले पशुचौपायका लागि पनि सुत्केरी भत्ताको व्यवस्था गर्न थालेको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले यस्तो अभ्यास सुरु गरेको हो । सात वटा वडा रहेको सिदिङ्वाले पाँच वटा वडामा गाईलाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ । भारतसँग सिमाना जोडिएको यो गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन उद्देश्यले यो योजना लागू गरेको हो । योजना ...

Read More »

गोरस दुध डेरी दमकका सञ्चालक सोमनाथ घिमिरे डेरि एसोसिएसन झापाको अध्यक्ष चयन

सप्तरङ्गी एफ.एम./जेठ २९ दमक/ झापामा नेपाल डेरि एसोसिएसनको जल्ला स्तरिय समिति गठन गरिएको छ । झापा को कन्काईनगरपालीका स्थित सुरुङ्गामा भएको डेरि ब्यबासाईहरु को एक भेलाले दमकका सोमनाथ घिमिरेको अध्यक्षतामा एसोसिएसनको जिल्ला समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मेचिनगरका सुमन चिमरिया, सचिब कन्काईका भरत ओलि, सहि सचिव दमकका गंगा खड्का र कोषाध्यक्षमा बिर्तामोडका शंकर बिष्ट चयन हुनु भएको छ ...

Read More »

बाढीपीडितको राहतमा कमिशन लिएको आरोप लगेका कचनकवल गाउँपालीकाका वडाध्यक्षद्वारा वडासदस्यसहित ११ जना विरुद्ध मानहानीको मुद्धा दायर

सप्तरङ्गी एफ.एम.जेठ २९ दमक भ्रष्टाचारको आरोप खेपिरहेका झापा कचनकवल गाउँपालिका–१ वडाध्यक्ष लक्ष्मीनारायण यादवले आफूलाई आरोप लगाउने ११ जनाबिरुद्ध मुद्दा दायर गरेका छन् । बाढीपीडितका लागि आएको राहत रकममा भ्रष्टाचार गरेको आरोप लागेका यादवले आफ्नै वडाका दुई वडा सदस्यसहित ११ जनाबिरुद्ध झापा जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । बाढीपीडित घरपरिवारका सदस्यबाट वडा अध्यक्ष यादव र घरधुरी संकलन गर्न करारमा नियुक्त ...

Read More »