Home / प्रदेश समाचार (page 13)

प्रदेश समाचार

हिमावि दमकको अभिभावक भेला बिथोलीयो , आफ्नो अध्यक्ष आँपैंmले चुन्न पाउनु पर्ने अभिभावकको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयको आज बोलाईएको अभिभावक भेला बिथोलीएको छ । दमक नगरपालीकाले बनाएको नगरशिक्षा नियमावलीमा बिद्यालयका अभिभावकले आफ्नो अध्यक्ष चुन्न नपाउने नियम बनाएको बिरोधमा कांग्रेसले अभिभावक भेला बिथोलेको हो । शिक्षा नियमावली सार्वजनिक हुनासाथ बिरोध गरेको कांग्रेसले हिँजो नगरपालीकामै पुगेर नियमावली जलाउनुका साथै बोलाईएको अभिभावक भेला स्थागित नगरे बिथोल्ने चेतावनी दिएको थियो ...

Read More »

सामुदायिक प्रहरी दमकद्धारा परिचयात्मकसहित अन्तरकृया

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ सामुदायिक प्रहरी सेवा केन्द्रले आज इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आउनुभएका डिएसपी श्यामल सुब्बासंग परिचयात्मकसहित अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी परिषरमा भएको सो कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो । केन्द्रका अध्यक्ष रोशनकुमार गौतमका अनुसार भर्खरै सरुवा भएर आउनुभएका डिएसपी सुब्बासहित प्रहरी निरिक्षकद्धय खगेन्द्र एक्तेन र सन्तोष राईसंग प्रहरी सेवा ...

Read More »

गुरुकुलका बटुकले धान्दै नाग पञ्चमी पर्व

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ आज नाग पञ्चमी नागको पुजा गरी मनाईएको छ । पछिल्लो समय आधुनिकताले गर्दा नाग टांस्ने प्रथा भने कम हुँदै गएको छ । ब्राम्हण पुरोहीतहरुले घर घरमा गएर नाग टांस्ने प्रचलन अहिले त्यति देखिन छाडेको छ । तर पछिल्लो समय बिभिन्न ठाउँमा रहेका गुरुकुलमा अध्ययनरत बटुकहरुले नाग टाँस्ने परम्परालाई धान्दै आएका छन् । आज दिनभर कमल र ...

Read More »

दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीद्वारा बृक्षरोपण

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीले बृक्षरोपण गरेको छ । अघिल्ला वर्षझै यसपटक समेत संस्थाले स्थानीय हनुमान मन्दिर सडक मार्गमा बृक्षरोपण गरेको हो । संस्थाका अध्यक्ष दिपक खरेलका अनुसार वडा कार्यालयको समन्वयमा वृक्षरोपण गरिएको हो । त्यहाँ जालीसहितका ४० वटा स्वामीका विरुवाहरु रोपिएका अध्यक्ष खरेलले बताउनुभयो । उहाँले ...

Read More »

लखनपुरका जुरेशलाई अभिमुखीकरण तालिम

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ रेडक्रस अभियानलाई थप सक्रिय बनाउने उद्देश्यले नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखा झापाले आज जुनियर तथा युवा रेडक्रस सर्कललाई परिमार्जित प्रकृयाका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । कमल गाउँँपालिका–५ स्थित स्टार अंग्रेजी बोर्डिङ स्कुलमा आयोजना गरिएको सो अभिमुखीकरण कार्यक्रममा रेडक्रस झापा शाखाका उपमन्त्री प्रकाश खरेलले रेडक्रसमा जुनियर तथा युवा रेडक्रस सर्कलको परिमार्जित गठन प्रकृया, भूमिका बारेमा ...

Read More »

ताप्लेजुङ्गमा एक महिलाले आफ्नै जुम्ल्याहा छोरीलाई चर्पिमा हालेर हत्या गरिन

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ ताप्लेजुङ्गमा एक महिलाले आफ्ना जुम्ल्याहा छोरीलाई चर्पिमा हालेर हत्या गरेकी छन् । ताप्लेजुङ्गको पाथिभरा याङवरक गाउँपालीका वडा नम्बर २ की २० बर्षिय कमला वि.क.ले एक बर्षिय जुम्ल्याहा छोरीहरु गंगा र जमुनाको चर्पिमा डुबाएर हत्या गरेकी हुन् । कमलाले कच्ची शौचालयभित्र दिशामा डुबाइएकी जमुनाको उपचारका क्रममा मृत्यु भएको छ भने गंगाको शव सेफ्टी ट्यांकीमा फेला परेको थियो ...

Read More »

कांग्रेसले जलायो दमक शिक्षा नियमावली

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ अवैज्ञानिकरूपमा नगरवासीको ढाड सेक्ने गरी दमक नगरपालिकाले कर वृद्धि गरेको र आफ्ना आसेपासेलाई मात्रै खुशि पार्ने खालको शिक्षा नियमावली ल्याएको भन्दै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले आज नगरपालीका घेराउ गरेको छ । कांग्रेसका नेता कार्यकर्ता सहितको टोलीले नगरपालीका पुगेर ज्ञापनपत्र बुझाउनुका साथै शिक्षा नियमावली जलाएको हो । नगरपालीकाले जारी गरेको शिक्षा नियमावली बिद्यार्थि र अभिभवकमैत्री नभएको ...

Read More »

भारतिय स्वतन्त्रता दिवसमा रेडक्रस झापालाई एम्बुलेन्स उपहार

सप्तरङ्गी एफ.एम. दमक/साउन ३०/ छिमेकी देश भारतले आफ्नो ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर रेडक्रस झापालाई दुईवटा एम्बुलेन्स दिएको छ । आज अगष्ट १५ तारिक भारतिय स्वतन्त्रता दिवसको अवसरमा दुतावास मार्पmत भारत सरकारले झापा रेडक्रसलाई दुई वटा एम्बुलेन्स उपलब्ध गराएको रेडक्रस झापा सभापती लोकराज ढकालले जानकारी दिनुभयो । झापा रेडक्रसलाई उपब्ध गराएका दुई वटा एम्बुलेन्स राजधानीको लैनचौरमा रहेको भारतिय राजदुतावासमा ...

Read More »

उदयपुरमा जंगली हात्तिको आक्रमण बाट एकजनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/साउन ३०/ उदयपुरको बेलका नगरपालिका–३ धौरिटप्पुमा जंगली हात्तीको आक्रमण बाट आज बिहान एक युवकको मृत्यु भएको छ । समुहमा आएको हात्तिले घरमा सुतिरहेको आवस्थामा ३५ वर्षीय कुमार सार्कीलाई घर बाट उठाएर करिब ५० मिटर जतिको दुरिमा लगेर च्यापेर मारेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक नवीनकुमार सिंहले जानकारी दिनुभयो । बिहान साढे ४ बजे हात्तीले घरको टाटी ...

Read More »

दमक वडा नम्बर ४ ताराबारीमा रहेको होटल वन्डरल्याण्ड आगामी भदौ १ गते बाट पुनः सन्चालनमा आउने

सप्तरङ्गी एफ.एम. दमक/साउन ३०/ दमक वडा नम्बर ४ ताराबारीमा रहेको होटल वन्डरल्याण्ड आगामी भदौ १ गते बाट पुनः सन्चालनमा आउने भएको छ । होटलमा केहि प्राबिधि उपकरण जडान गर्नु पर्ने भएकोले गत साउन ६ गते देखी होटल बन्द गरिएको होटलका प्रबन्ध निर्देशक बिदुर लामाले जानकारी दिनुभयो । बन्द होटल पर्सि भदौ १ गते सुक्रबार बाट पुनः सञ्चालन हुने गरि तयारी ...

Read More »