Home / प्रदेश समाचार (page 30)

प्रदेश समाचार

जिल्ला कारागार झापामा थुनामा रहेकै बेला बच्चा जन्माएकी युवती कारागारमुक्त

सप्तरङ्गी एफ.एम./साउन १८/ जिल्ला कारागार झापामा थुनामा रहेकै बेला बच्चा जन्माएकी एक युवती कारागारमुक्त भएकी छिन् । भद्रपुर–४ की २० वर्षीया सुस्मिता गुरुङलाई सरकारले कैद मिनाहा गरी कारागारमुक्त गरेको कारागार प्रमुख यज्ञराज निरौलाले जानकारी दिनुभयो । चार महिनाको गर्भवती अवस्थामा सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा पु¥याइएकी उनले मेची अञ्चल अस्पतालमा यही साउन १० गते छोरी जन्माएकी थिइन् । जिल्ला ...

Read More »

आमाकै सहयोगमा बिराटनगरमा एक बालिका माथि बलात्कार प्रयास

सप्तरङ्गी एफ.एम./साउन १८/ मोरंग विराटनगर महानगरपालीका वडा नम्बर १५ की एक १४ वर्षीया बालिकालाई उनकै आमाको सहयोगमा बलात्कारको प्रयास भएको उजुरी प्रहरीमा परेको छ । आफ्नी १४ वर्षीया छोरीलाई श्रीमतीकै सहयोगमा विराटनगर ५ बस्ने ४० वर्षीय शम्भु पाण्डेले बलात्कारको प्रयास गरेको भन्दै बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालय मोरङमा बिहीबार किटानी जाहेरी दिएका हुन् । बालिकाको बुबाले दिएको उजुरीमा पाण्डे र ...

Read More »

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न झापामा सरकारी लगानीमा ‘हात्ती कोरिडर’ परियोजना सञ्चालन हुने

सप्तरङ्गी एफ.एम./साउन १८/ मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न झापामा सरकारी लगानीमा ‘हात्ती कोरिडर’ परियोजना थालिएको छ । झापाको दक्षिणी गाउँपालिका कचनकबलदेखि उत्तरी बाहुनडाँगीसम्म १५२ किलोमिटर जङ्गल तथा खोलाको भूभागलाई समेटेर कोरिडर निर्माण गरिने भएको हो । हात्ती कोरिडर बनेपछि जङ्गली हात्तीले मानव वस्तीमा पसेर पहिलेजस्तो जनधनको क्षति नपु¥याउने आशा गरिएको छ । यसबाट त्यस भेगको जैविक विविधताको संरक्षण समेत हुनेछ । ...

Read More »

ईलाम नगरपालीका द्वारा डिजेल र पेट्रोलमा पनि कर

सप्तरङ्गी एफ.एम. दमक/साउन १७/ प्रदूषण नियन्त्रण शुल्क भन्दै इलाम नगरपालिकाले डिजेल र पेट्रोल खरिद गर्दा उपभोक्ताबाट अतिरिक्त ५० पैसा कर लिने भएको छ । नगरपालिकाले नेपाल आयल निगमलाई पत्र लेखेर उक्त कर लिइने भएकाले सहयोग गरिदिन भनेर अनुरोध समेत गरेको छ । नगरपालिकाको आर्थिक व्यवस्थापन ऐन, २०७५ मा प्रतिलिटर एक रुपैयाँ इन्धनमा कर लिने व्यवस्था गरिएको भए पनि हाललाई ५० ...

Read More »

झापाको गौरीगंजका जेष्ठ नागरिकलाई तिर्थयात्रामा लगियो

सप्तरङ्गी एफ.एम. दमक/साउन १७/ झापाको गौरीगंज गाउँपालिका वडा नं. ६ खजुरगाछी स्थित जेष्ठ नागरिक संघले वृद्धबृद्धाहरुलाई तिर्थयात्रा गराउन लिएर गएको छ । जेष्ठ नागरिक संघमा आवद्ध सदस्यहरु मध्ये वडा नं. ६ भित्र रहेका ५० जना सदस्यहरुलाई आज तिर्थयात्रामा लगेको संघका अध्यक्ष रामकृष्ण यादबले जानकारी दिनुभयो । गौरीगंज गाउँपालिका ६ भित्र रहेका जेष्ठ नागरिकहरुलाई भ्रमणको माध्यम बाट धरानको पिण्डेश्वरीमा जल चढाउन ...

Read More »

मोरङको पथरीशनिश्चरेमा कालोपत्रे सडक बनेको ३ दिनमै उप्कियो

सप्तरङ्गी एफ.एम. दमक/साउन १७/ मोरङको पथरीशनिश्चरे १ शिखरचौक देखि हनुमान चौक सम्म २ सय ४० मिटरको कालोपत्रे सडक बनेको ३ दिनमै उप्किएको छ । नगरको ४८ घनमिटर काम ठेक्का मार्फत हिवा निर्माण सेवाक प्रोपाईटर खुम बहादुर थापालाई जिम्मा दिएको थियो । असार मसान्तमा हतारहतार नगरले पथरशनिश्चरे नगरको पथरीबजार बाट बहुमुखी र शिखर चौकबाट हनुमान चौकमा बिग्रिएको बाटो बनाउन भनेर ९ ...

Read More »

दश वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा तेह्रथुममा एक व्यक्ति पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/साउन १७/ दश वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा तेह्रथुमको आठराई गाउँपालिका–२ खाम्लालुङका ५४ वर्षीय चक्रबहादुर लिम्वुलाई प्रहरीले पक्राउ गरेको छ । जंगलमा गोठालो गएकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा लिम्वुलाई प्रहरीले पक्राउ गरेको हो । लिम्वुले गत साउन ५ गते बालिकालाई बलात्कार गरेपनि घटना साउन ११ गते मात्र सार्वजनिक भएको थियो । आफु बलात्कृत भएको बारे बालिकाले ...

Read More »

मालपोत कार्यालय दमकको राजस्व संकलन वर्सेनी बृद्धि

सप्तरङ्गी एफ.एम. दमक/साउन १७/ दमकस्थित मालपोत कार्यालयको राजस्व संकलन वर्सेनी बृद्धि हुदै गएको छ । कार्यालयको गएको दुई वर्षको तथ्यांकलाई हेर्दा राजस्व संकलन कार्य बृद्धि हुदैगएको पाईएको हो । कार्यालयका प्रमुख देवीबहादुर भण्डारीका अनुसार गतवर्ष २०७४÷०७५ मा जग्गा रजिष्टे«शन वापत २२ करोड १५ लाख ५४ हजार ३२७ रुपैयाँ राजस्व संकलन भएको छ । सो राजस्व लक्ष्यभन्दा १३७ प्रतिशत बढी भएको ...

Read More »

रतुवा माई वृक्षरोपण आयोजनाद्वारा पहिलोपटक कार्ययोजना बनाउन शुरु , आयोजना दिनानुदिन अतिक्रमणको चपेटामा

सप्तरङ्गी एफ.एम. दमक/साउन १७/ सरकारले सञ्चालन गर्दैआएको झापाको रतुवा माई वृक्षरोपण आयोजनाले चारदशकपछि पहिलोपटक कार्ययोजना बनाउन शुरु गरेको छ । २०३५ सालमा स्थापित सो आयोजनाले एकवर्ष यता दश बर्सेकार्य योजना बनाउने कार्य गरिरहेको आयोजना प्रमुख खेमलाल विश्वकर्माले बताउनुभयो । आयोजना स्थापना भए पनि विस्तृत कार्ययोजना बन्न सकेको थिएन । कार्ययोजना विनै आयोजना सञ्चालन हुदैआएको थियो । आयोजना प्रमुख विश्वकर्माका अनुसार ...

Read More »

ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक(डिएसपि) दिपक गिरीको सरुवा

सप्तरङ्गी एफ.एम. दमक/साउन १७/ ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक(डिएसपि) दिपक गिरीको सरुवा भएको छ । गत बर्षको साउनमा दमक आउनु भएका गिरीको एक बर्ष पछि दमकबाट सरुवा भएको हो । गिरीको जिल्ला प्रहरी कार्यालय काभ्रेमा सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयले हिँजो ४८ जना प्रहरी उपरिक्षक(एसपि) र ९५ जना प्रहरी नायव उपरिक्षक(डिएसपि)को सरुवा गरेको हो । ...

Read More »