Home / प्रदेश समाचार (page 4)

प्रदेश समाचार

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको केन्द्रीय अध्यक्षमा नरेन्द्र कुमार अधिकारी चयन ।

सप्तरङ्गी एफ.एम. दमक/जेठ २७ कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको केन्द्रीय अध्यक्षमा नरेन्द्र कुमार अधिकारी चुनिनु भएको छ । झापाको सुरुङास्थित प्रतिष्ठानको केन्द्रीय कार्यालयमा हिँजो सम्पन्न छैठौ महाधिबेशनले नरेन्द्र अधिकारीको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत चयन गरेको हो । निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा भिमप्रसाद, महासचिव शेखरनाथ, सचिवमा नित्यानन्द र कोषाध्यक्षमा निमेस अधिकारी चुनिनु भएको छ् । सचिव पाँचथरका बाहेक अन्य ...

Read More »

आर्जुनधारा नगरपालीका खुल्ला दिसामुक्त क्षेत्र घोषणा ।

सप्तरङ्गी एफ.एम./दमक जेठ २७ झापाको अर्जुनधारा नगरपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । नगर स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति अर्जुनधारा नगरपालिकाले आयोजना गरेको समारोहमा खानेपानी तथा ढल विकास विभागका उप–महानिर्देशक मनोज घिमिरेले हरियो रङको झण्डा फहराउँदै नगरपालिका क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्नु भएको हो । खुल्ला दिशामुक्त नगर समारोहलाई सम्बोधन गर्दैे उप–महानिर्देश्क घिमिरेले नागरिकको स्वस्थ रहन ...

Read More »

गर्मीमा पढ्न वीरता जेसीजले दियो विद्यार्थीलाई पंखा लगायतका सामग्री।

सप्तरङ्गी एफ.एम./दमक जेठ २७ झापाको बिर्तामोडस्थित वीरता जेसीजको आयोजनामा आज अर्जुनधारा–५ बैसाबाडीस्थित नवज्योति आधारभूत विद्यालयलाई विभिन्न सहयोग सामग्री हस्तान्तरण गरिएको छ । चर्को गर्मीमा विद्यार्थीलाई कक्षा कोठामा बस्न र पठन–पाठन गराउन समस्या भएपछि विद्यालयको आग्रहमा पंखा (सिलिङ फेन) लगायतका सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा विद्यार्थीका लागि कापी, फुटबल, भविबल, प्लाष्टिक कुर्सी तथा प्रधानाध्यापक बस्ने कुर्सी प्रदान गरिएको हो । ...

Read More »

सुनशरीको ईटहरीमा अध्याधुनिक मल्टिप्लेक्स सिनेमाहल सञ्चालन ।

सप्तरङ्गी एफ.एम./दमक जेठ २७ । सुनशरीको ईटहरीमा अध्याधुनिक मल्टिप्लेक्स सिनेमा हल तयार भएको छ । सिनेमाकै क्षेत्रमा कृयासिल छबिराज ओझा, प्रदीप उदय, चैतन्य बराल, कुबेर शर्मा, राजकुमार पोखरेल, दिनेश पोखरेल, बिक्रम पराजुली, नरेन्द्र महर्जन र चिर िञ्जवि बस्नेत गरी ९ जना व्यवसायीको टिमले एलाइट सिनेमा हल नामको मल्टिप्लेक्स सिनेमा हल तयार गरेको हो । ईटहरी उप महानगरपालीका वडा नम्बर ४ ...

Read More »

महिना दिन अघि सम्पन्न दमक गोल्डकप फुटबलको हिसाब अझै सार्वजनिक नहुँदा चौतर्फी आलोचना ।

सप्तरङ्गी एफ.एम. दमक/जेठ २७ दमकमा महिना दिन अघि सम्पन्न भएको दमक गोल्डकप फूटबल प्रतियोगिताको आयव्यय अझै सार्वजनिक भएको छैन । प्रतियोगिता नाफामा गएको भनिएपनि यथार्थ आयव्यय सार्वजनिक नगरिदाँ आयोजकमाथि यतिखेर चौतर्फी लाञ्छना लाग्न थालेको छ । प्रतियोगिता सम्पन्न भएको सातादसदिनमा नै यथार्थ हिसाव किताव सार्वजनिक गरिने अभ्यास हुने गरेको भएपनि आयोजकले यतिका दिन वित्दा पनि त्यसतर्फ चासो देखाएको छैन् । ...

Read More »

माटो र मानव स्वास्थ्य जोगाउँन झापामा अर्गानिक मल उत्पादन गरिदैं

सप्तरङ्गी एफ.एम./जेठ २६ दमक रासायकिन मल र विषादीको कारणले माटो तथा मानव स्वास्थमा परेको असर कम गर्न झापामा किसानहरुले अर्गानिक मल उत्पादनलाई जोड दिन थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना क्षेत्रमा संचालित कृषि सहकारी संस्थाहरुले प्राङगरिक मलको उत्पादनलाई प्राथमिकता दिएको वरिष्ठ कृषि अधिकृत मेघराज तिम्सिनाले बताउनु भयो । प्राङगरिक मल उत्पादनका लागि आवश्यक सेट बनाउन लाग्ने २ लाख रकम ...

Read More »

किसानलाई पिरैपिर ,धानको भाऊ छैन , बिक्रि गर्न पनि गाह्रो

सप्तरङ्गी एफ.एम./जेठ २६ ,गौरादह किसानहरुले लगाउने गरेको चैते धानको मूल्य दिन प्रति दिन घट्दै जाँदा किसानहरु मारमा परेका छन् । किसानहरुले दोहोरो आम्दानी गर्नका लागी हिउँदे धान जतिकै लगाउने गरेको बर्खे धान सुरुवाती समयमा फाट्ट फुट्ट मात्रमा निस्कदा धानको मूल्य उच्च रहेपनि अधिकांश किसानहरुको धान पाकिसके पछि बिक्रि गर्ने समयमा एका एक मूल्य घटेपछि किसानहरु निरास भएका छन् । शुरुमा ...

Read More »

दमक बहुमुखी सहकारी संस्था द्वारा हम्सेदुम्से सामुदायीक बनमा बृक्षारोपण

सप्तरङ्गी एफ.एम./जेठ २६ दमक दमक वडा नम्बर ६ मा रहेको दमक बहुमुखी सहकारी संस्थाको आयोजनामा आज बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर सहकारीले आज दमक वडा नम्बर ३ मा रहेको हम्सेदुम्से बन क्षेत्रमा टिक प्रजाजिका ५ सय बिरुवाहरु रोपेको सहकारीका लेखा समिति सदस्य चैतन्य बरालले जानकारी दिनुभयो । बृक्षा रोपण कार्यक्रमका सम्योजक लिला गुरागाईंको सम्योजनमा ...

Read More »

अन्तर संस्था बहुउद्देस्सीय कृषी सहकारी संस्था लिमिटेड दमकको अध्यक्षमा पुनः काँशिनाथ पौडेल चयन ।

सप्तरङ्गी एफ.एम. /जेठ २६ दमक अन्तर संस्था बहुउद्देस्सीय कृषी सहकारी संस्था लिमिटेड दमकको आज भएको अधिवेसनले पुनः काँशिनाथ पौडेललाई अध्यक्षमा चयन गरेको छ । मेचि सहकारी संस्थाको सभाहलमा आज भएको अधिवेसनले आगामी ४ बर्षको लागी पौडेललाई पुनः अध्यक्षमा चयन गरेको मेचि सहकारी संस्थाका व्यवस्थापक खोम प्रसाद बगालेले जानकारी दिनुभयो । संस्थाको आज भएको आठौं साधारणसभा बाट उपाध्यक्षमा होम बहादुर थापा, ...

Read More »

दमकमा महिला संघको स्वास्थ्य शिबिर , ७ सय ६३ जनाले प्रत्यक्ष सेवा लिए ,९७ जनाको निशुल्क भिडियो एक्सरे

सप्तरङ्गी एफ.एम./जेठ २६ दमक नेपाल महिला संघ झापा क्षेत्रीय समिति क्षेत्र नम्बर ५ को आयोजनामा आज निशुल्क स्वास्थ्य शिबिर दमकमा सम्पन्न भएको छ । बिर्तामोड स्थित बि एण्ड सि अस्पताल, एड्भान्स अस्पताल दमक र निम्स नेश्नल अस्पताल दमकको प्राबिधिक सहयोगमा स्वाथ्य शिबिर सम्पन्न भएको हो । शिविरमा ७ सय ६३ जनाले प्रत्यक्ष सेवा लिएका र  म्याक्स मेडिकेयर दमकको सहयोगमा ९७ जनाको ...

Read More »