Home / प्रदेश समाचार (page 50)

प्रदेश समाचार

प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरुलाई मुख्यमन्त्री शेरधन राईको निर्देशन

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनु भएको छ । मुख्यमन्त्री कार्यालयले हिँजो आयोजना गरेको कार्यक्रममा उहाँले सबै विभागीय मन्त्री तथा सचिवहरुलाई भर्खरै प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिनु भएको हो । यदि यो बजेट कार्यान्वयनमा सफल हुन नसकेमा नागरिकका सपना पूरा ...

Read More »

मलेसियामा मेसिनले च्यापिएर खोटाङ दिक्तेलका एक युवकको मृत्यु

खोटाङ / ११ साउन २०७५ मलेसियामा मेसिनमा च्यापिँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका सुवास आचार्यको मृत्यु भएको छ । पानीको बोतल भर्ने र प्याक गर्ने कम्पनीमा कार्यरत २२ वर्षीय आचार्यको मेसिनमा च्यापिएर हिँजो मृत्यु भएको सुरक्षित आप्रवासन परियोजना (सामी)को दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेवी विश्वकर्माले जानकारी दिनुभयो । तिन बर्ष अगाडि मलेसियास्थित डियु फिडर कम्पनीमा फ्याक्ट्री वर्करका रुपमा ...

Read More »

लायन्स क्लव अफ दमक वेलसिटी र श्रीअन्तुले गुरुलाई सम्मान गरि गुरु पुर्णिमा मनाए

सप्तरङ्गी एफ.एम. दमक/साउन ११/ गुरुपूर्णिमाका अवसर पारेर दमकमा आज अग्रज गुरुहरुलाई सम्मान गरिएको छ । लायन्स क्लव अफ दमक वेलसिटी र श्रीअन्तुले दमक बहुमुखी क्याम्पसमा संयुक्त एक कार्यक्रम गरि क्याम्पसका पूराना अध्यापकसहित कर्मचारीलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन । क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको व्यवस्थापनमा भएको गुरुपूर्णिमा विशेष कार्यक्रममा क्याम्पस प्रमुख उत्तम भट्टराई, पूर्व क्याम्पस प्रमुख सन्त भगत, अखिलेश्वर दाश र ...

Read More »

गौरादह नगरापालीकाको चालु आर्थिक बर्षका निति तथा कार्यक्रम र बजेट सार्वजनिक

सप्तरङ्गी एफ.एम. दमक/साउन ११/ झापाको गौरादह नगरपालीकाले दोश्रो नगरसभाले चालु आर्थिक वर्ष ०७५÷०७६ का लागी पारित गरेको निति कार्यक्रम तथा वजेट आज सार्वजनिक गरेको छ । गौरादह नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी प्रवक्ता नगेन्द्र भण्डारीले निति कार्यक्रम तथा वजेट सार्वजनिक गर्नु भएको हो । त्यस अवसरमा नगरपालिका प्रमुख रोहित कुमार साहले पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिनु भएको थियो । गौरादह ...

Read More »

ईलाका प्रसासन कार्यालय दमकद्वारा गत आर्थिक बर्षमा छ हजार भन्दा बढी नागरिकता वितरण

सप्तरङ्गी एफ.एम. दमक /साउन १० दमकस्थित इलाका प्रशासन कार्यालयले गएको वर्ष ६ हजार बढी नागरिकता वितरण गरेको छ । कार्यालयका अनुसार आर्थिक बर्ष २०७४÷०७५ को अवधिमा वंशजका आधारमा ६ हजार ८ सय ७ वटा नागरिकता वितरण गरेको जनाएको छ । त्यस्तै, वैबाहिक अंगीकृतबाट ३८, प्रतिलिपी २ हजार ६ र १ सय ५१ वटा नावालक परिचयपत्र नागरिकता जारी गरिएको कार्यालयका शाखा ...

Read More »

गएको वर्ष दमक आसपासका क्षेत्रमा भएका विभिन्न सडक दुर्घटनामा २२ जनाले ज्यान गुमाए

सप्तरङ्गी एफ.एम. दमक /१० साउन  ०७५ दमक आसपासका क्षेत्रमा भएका विभिन्न सडक दुर्घटनामा परेर गएको वर्ष २२ जनाले ज्यान गुमाएका छन् । इलाका ट्राफिक कार्यालय दमकका अनुसार गत आर्थिक बर्ष २०७४÷०७५ को अवधिमा भएका १४५ वटा सवारी दुर्घटनामा परेर ४ महिला र १८ पुरुषको ज्यान गएको छ । ती सवारी दुर्घटनाबाट ६६ जना र सामान्य ९९ जना घाईते भएका ट्राफिकको ...

Read More »

अशोक दर्जी सम्बन्धि बिबाद समाधान , अभिभावकले जिम्मा लिएर अशोकलाई काठमाण्डौंमा पढाइने

सप्तरङ्गी एफ.एम. दमक/साउन ९/ पछिल्लो समय यूट्यूव मार्फत चर्चामा आएको अशोक दर्जीको विवाद आज दमक नगर पालिकाको छलफलले मिलाएको छ । हिजो दमक नगर पालिका वडा नं. २ को कार्यालयमा अशोकलाई गत असार २३ गते देखि लगेर स्कूलमा नल्याएकोले उपस्थित गराउँन गरेको निवेदनको आधारमा आज मुद्धा मिलाइएको दमक नगर पालिकाका उपप्रमुख तथा न्यायिक समितिका प्रमुख गीता अधिकारीले बताउनु भयो । ...

Read More »

अनसनरत डाक्टर गोबिन्द केसी र सरकारी वार्ता टोली वीच जारी वार्तालाई परिमाणमुखी बनाउन माग राख्दै दमकमा आजदेखि रिले अनसन शुरु

सप्तरङ्गी एफ.एम. दमक/साउन ९/ अनसनरत डाक्टर गोबिन्द केसी र सरकारी वार्ता टोली वीच जारी वार्तालाई परिमाणमुखी बनाउन माग राख्दै झापाको दमकमा स्वतन्त्र युवा अभियानले आजदेखि रिले अनसन शुरु गरेका छन् । स्थानीय गणतन्त्र चौकमा भेला भएर विहानैदेखि अनिश्चकालीन रिले अनसन शुरु गरिएको अभियानका संयोजक मोहन ढुंगानाले जानकारी दिनुभयो । उहाँले सरकार र डा. केसीका प्रतिनिधिबीच वार्ता सुरु भएको र त्यसलाई ...

Read More »

झापाका १५ वटै स्थानीय तहका अधिकाशं न्यायिक समिति प्रभावकारी

सप्तरङ्गी एफ.एम. दमक/साउन ९/ स्थानीय तहको सरकार गठन भएसँगै नागरिकहरुले मुद्धामामिलासम्बन्धीको काम कामकार्वाहीलाई स्थानीय क्षेत्रबाटै प्रयोग गर्न थालेका छन् । झापामा रहेका १५ वटा स्थानीय तहका अधिकाशं न्यायिक समितिले प्रभावकारी रुपमा कामा गरिरहेका छन् । अधिकांश क्षेत्रमा आएका विभिन्न प्रकृृतिका मुद्धा, विवादहरु मध्ये ६० देखि ८० प्रतिशतसम्म समाधान भएको पाईन्छ । दमक नगर पालिकामा गएको आर्थिक बर्षमा आएका १ सय ...

Read More »

जनताको गुनासो ‘सडक स्तरीय भएन’ : हातैले उक्किन्छ कालोपत्रे

सप्तरङ्गी एफ.एम./८ साउन २०७५ /अनिल वाग्ले बुधबारे – हालै निर्माण सम्पन्न भएको चारपाने–नारायण चोक– जयपुर सडक खण्ड स्तरीय ढंगले निर्माण नभएको स्थानीयले गुनासो गरेका छन् । निर्माण सम्पन्न भए लगत्तै सो सडक ठाउँठाउँमा भत्किएको बताउँदै स्थानीयले सम्बन्धित पक्षलाई जानकारी गराउने बताइरहँदा तत्काल सडकको कमसल तथा भत्किएको ठाउँमा मर्मत गरेको स्थानीयको दावी छ । मंगलबार उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधीहरु स्थलगत ...

Read More »