Home / प्रदेश समाचार (page 57)

प्रदेश समाचार

प्रदेश १ मा प्रहरी आचरण विपरीत कार्य गर्ने ३८ जना प्रहरी निलम्बनमा

सप्तरङ्गी एफ.एम. दमक/साउन १३/ प्रदेश १ मा प्रहरी आचरण विपरीत कार्य गर्ने ३८ जना प्रहरी निलम्बनमा परेका छन् । एक वर्षको अवधिमा उच्च प्रहरी अधिकृतदेखि जवानसम्म निलम्बनमा परेका हुन् । आर्थिक वर्ष ०७४÷७५ मा प्रदेशका १४ जिल्लाका ६५२ इकाईमा कार्यरत प्रहरी मध्ये ३८ जनालाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । प्रदेश प्रहरी कार्यालयले एक वर्षको अवधिमा कसुरको ...

Read More »

बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै कांग्रस द्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

सप्तरङ्गी एफ.एम. दमक/साउन १३/ प्रमुख विपक्षी नेपाली कांग्रेसका तीन सांसदले झापा बिर्तामोडमा रहेको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । डिला संग्रौला प्रस्तावक रहेको प्रस्तावको समर्थकमा लक्ष्मी परियार र प्रमिला राई हुनुहुन्छ । प्रसाईंले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुप्रति अपमानपूर्ण अभिव्यक्तिले दिएर संविधान र कानुनको उल्लंघन गरेको उनीहरुको दाबी ...

Read More »

नेपाल मानव धर्म सेवा समिति दमकको सम्मान कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/ नेपाल मानव धर्म सेवा समिति दमकले हिँजोको गुरु पुर्णिमाको सन्दर्भ पारेर दमकका सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ । समितिको हंस आश्रमको सत्संघ भवनमा आज एक कार्यक्रम गरी दमकका शिक्षा क्षेत्रका अगुवा छविलाल सिटौला, बिशिष्ट लोक गायक एल.पि. जोशी र दमक नगरका पुर्व उप प्रधानपञ्च तथा सामाजिक व्यक्तित्व भवानी प्रसाद मिश्रलाई सम्मान गरेको हो । दमक नगरपालीका ...

Read More »

भट्टराई कुल वंश प्रतिष्ठान दमक ९ को वडा समिति गठन

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/ भट्टराई कुल वंश प्रतिष्ठान दमक नगर समितिले नगर भित्र रहेका १० वटै वडामा वडा समिति गठनलाई तिब्रता दिएको छ । सोहि क्रममा आज वडा नम्बर ९ को वडा समिति गठन भएको छ । वडा नम्बर ९ का वडा सम्योजक कुवेर भट्टराईको अध्यक्षतामा भएको वडा भेलाले पदम भट्टराईको अध्यक्षतामा ८ सदस्सीय समिति गठन गरेको हो । गठित ...

Read More »

दुई मन्त्रालयका अलग अलग निर्देशनले अलमल

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/ संघियता लागु भएसगै जिल्लामा रहेका कार्यलय स्थानिय तहमा समायोजन भएका छन् भने कतिपय कार्यलय अझै पनि जिल्लामा रहेरनै काम गरीरहेका छन् । उद्योग, वाणिज्य र आपुर्ति तिन वटै मन्त्रालयको जिम्वेवारी लिएर काम गर्दै आएको घरेलु तथा साना उद्योग कार्यलय लाई स्थानिय तहमा समायोजन गर्ने हल्लाले कर्मचारी मात्रै नभएर सेवाग्राहि पनि अल्मलिएका छन् । समान्य प्रशासन मन्त्रालयले ...

Read More »

मापसे जाँचमा झापा ट्राफिक प्रहरी सक्रिय

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/ रातको समयमा मादक पदार्थ सेवनगरी सवारी चलाउदा दुर्घटना बढेको जनगुनासो आउन थाले पछि यति बेला जिल्ला ट्राफिक प्रहरी कार्यलयले रातिको समयमा चेकजाँच लाई तिब्रता दिएको छ । गएराति झापाको दमक देखी पुर्व काँकरभिट्टा सम्मको मुख्य राजमार्गमा चेक जाँच गर्दा मादक पदार्थ सेवनगरी सवरी चलाउने ट्रक ५ वटा, कार जिप ४ वटा, मोटरसाईकल १७ वटा र पिक ...

Read More »

झापाको कमल गाउँपालीकामा रहेको आदिवासी रंगशालाको नाम परिवर्तन गर्न नहुनेमा सरोकारवालाहरुको जोड

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/ झापाका जातिय संस्थासहित सरोकारवालाहरुले आदिवासीको परम्परागत समाधिस्थल नष्ट गरि निर्माण थालिएको आदिवासी रंगशालाको नाम परिवर्तन गर्न नहुने जोड दिएका छन् । जिल्लाको कमल गाउँपालिका–५ स्थित आदिवासी रंगशालालाई सरकारले मदन भण्डारी राष्ट्रिय रंगशाला बनाउने सार्वजनिक भईरहेको वेला झापाका जातिय संस्था तथा सरोकारवालाहरुले आदिवासी रंगशालाको विकल्प नभएको सुझाएका हुन् । आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले जातिय संस्था तथा ...

Read More »

धनकुटाको लेगुवामा चट्याङ लागेर एक जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/ धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–५ लेगुवामा हिँजो साँझ चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३० वर्षीय भिमबहादुर राई रहेको प्रहरीले जनाएको छ । घरमा बसिरहेका बेला करिब ६ बजेतिर हावाहुरीसँगै परेको चट्याङ लागेर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Read More »

संखुवासभाको चैनपुरमा पहिरोले पावर हाउस बगाउँदा ४५ लाख क्षति, १२३ घर बिजुलीविहीन

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/ संखुवासभाको चैनपुर नगरपालिका–१ को याङसीजुङमा पहिरोले निदुवा खोला लघुजलविद्युत् आयोजनाको पावर हाउस बगाएको छ । गत शुक्रबार दिउँसो ३ बजे वर्षासँगै गएको पहिरोले आयोजनाको १२ किलोवाट बिजुली उत्पादन गर्ने पावर हाउस बगाएको हो । पावर हाउस बगाउँदा करिब ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अयोजनाका पूर्वअध्यक्ष लक्ष्मीकुमार लिम्बुले जानकारी दिनु भयो । पावर हाउस बगाएसँगै १२३ ...

Read More »

आगामी १५ गतेको बिरोधसभालाई सम्बोधन गर्न कांग्रेस नेता सिटौला र प्रवक्ता शर्मा झापा आउँदै

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/ नेपाली कांग्रेस झापाले केन्द्रिय कार्यक्रम अन्तर्गत आगामी १५ गते गर्ने बिरोध सभाको तयारी तिब्र पारेको जनाएको छ । वर्तमान सरकारले चर्को महंगी नियन्त्रण गर्न नसकेको, बिभिन्न क्षेत्रमा अनावस्यक कर बढाएर जनताको ढाड सेक्ने काम गरेको, प्राध्यापक डाक्टर गोविन्द केसीले चिकित्सा क्षेत्रको सुधारको माग राख्दै जुम्लामा अनसन बसेको अवस्थामा जबरजस्ती उठाउन खोज्दा अस्पतालमा प्रहरी लगाएर गोली चलाएको ...

Read More »